• २२ चैत २०८२, आइतबार

महान्यायाधिवक्तामा डा. कँडेल नियुक्त

blog

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल। फाइल तस्बिर

काठमाडौँ, चैत २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायणदत्त कँडेललाई नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बागलुङ निवासी कँडेललाई सो पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सो नियुक्तिका बारेमा जानकारी दिएको हो।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार नवनियुक्त महान्यायाधिवक्ता कँडेलको नियुक्ति आइतबार भएको हो।