शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काबुल (अफगानीस्तान), वैशाख ३१ गते । एकै दिनमा पाँच हजार २०० जनाभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्केको जनाइएको छ । स्वदेश फर्केका मध्ये एक हजार १७८ जनालाई उनीहरूको गृह प्रान्तमा सारिएको जनाइएको छ ।
उनीहरु स्वदेश पर्कने क्रममा सीमा नाकामै आवश्यक सहायता प्राप्त गरी सकेको उल्लेख गर्दै बाँकीलाई पनि उनीहरूको आफ्नै प्रान्तमा लगिने बख्तार समाचार एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार गत हप्ता करिब चार हजार जना अफगानी शरणार्थी आफ्नो देश फर्केका छन् ।
गत वर्षको सुरुदेखि हालसम्म २५ लाखभन्दा बढी अफगान शरणार्थी आफ्नो देश फर्किएको जनाइएको छ । फर्कने मध्य अधिकाशं अफगान पाकिस्तान र इरानबाट, आफ्नो मातृ भूमिमा फर्केको जनाइएको छ भने यी देशले कानुन बमोजिम कागजात नभएका शरणार्थीलाई आफ्नो देश छोड्न आग्रह गरेका छन् । रासस/सिन्ह्वा