• ३१ वैशाख २०८३, बिहिबार

लागुऔषधसहित चौध जना पक्राउ

blog

काठमाडौँ,  वैशाख ३१ गते ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।

 केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन, तीन, मोरङ र चितवनबाट दुई/दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन् ।

 लागुऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरूका साथबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन, नाइट्राभेट, ट्रामाडोल, एलएसडी नियन्त्रित औषधी बरामद गरेको छ । रासस