दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण श्वासप्रश्वास जन्य रोगको जोखिम उच्च
दिल्लीमा वायु प्रदुषका कारण श्वासप्रश्वास जन्य रोग जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगबाट पीडित बिरामीको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको दिल्लीका चिकित्सकले बिहीबार बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मिसनद्वारा अफगानिस्तानमा सीमा सेवा स्थगित
अफगानिस्तानमा महिला कर्मचारीलाई कार्य अनुमती नदिएको कारण संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले हेरात प्रान्तको इस्लाम काला सीमामा आप्रवासीका लागि निर्धारित सबै सेवा स्थगित गरेको घोषणा गरेको छ ।
गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेब्रेयससले गाजा पट्टीमा युद्धविराम सम्झौता कायम राख्न आवाश्यक रहेको बताउनु भएको छ ।
आरसिबीलाई दुई अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी)का मालिकले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीररूपमा विचार गर्न थालेका छन् ।
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’
भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राजनीतिक ‘लोकप्रियताको परीक्षा’ का रूपमा हेरिएको छ ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
मध्य फिलिपिन्समा आएको विनाशकारी टाइफुन ‘कलमेगी’ ले कम्तीमा १४० जनाको ज्यान लिएको छ भने १२७ जना अझै बेपत्ता रहेको पुष्टि गरिएको छ । देशका विभिन्न भागमा आएको अभूतपूर्व बाढी र भूस्खलनका कारण ठूलो जनधनको क्षति भएको छ ।
ममदानीको विजयले नयाँ तरङ्ग
अमेरिकाको न्युयोर्क सहरको मेयरमा जोहरान ममदानी निर्वाचित हुनुभएको छ । ३४ वर्षीय ममदानीको विजयले अमेरिकी राजनीतिमै नयाँ तरङ्ग ल्याएको छ । विश्वभर चर्चा चुलिएको छ ।
लुटिएका हतियार फिर्ता गर्नेलाई बंगलादेशले पुरस्कार दिने
बङ्गलादेशले बुधबार चुनावअघि सयौँं महत्त्वपूर्ण हतियार सङ्कलन गर्ने आशामा गत वर्ष विद्रोहको क्रममा लुटिएका मेसिन गन, राइफल र पेस्तोलसहित आत्मसमर्पण गर्न आग्रह गरेको छ। यसरी प्रशासनलाई हतियार बुझाउनेलाई नगद पुरस्कारको घोषणासमेत सरकारले गरेको छ।
दोहामा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल
संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धि सत्रको आयोजना गरिएको छ ।
फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता
आइतवार देखि फिलिपिन्समा आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेहरुको सङ्ख्या ६६ पुग्नुका साथै, थप २६ जना बेपत्ता भएको फिलिपिन्सकोे नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधबार जनाएको छ ।
पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमणमा दुई जनाको मृत्यु
पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागुऔषध ओसार-पसार गर्ने डुङ्गालाई लक्षित गरी अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको रक्षा सचिव पीट हेग्सेथले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।
जापानमा घातक भालु आक्रमणपछि सेना तैनाथ
यस वर्ष रेकर्ड स्तरमा पुगेको घातक भालु आक्रमणबाट प्रभावित जापानको उत्तरी क्षेत्रमा जापानी सरकारले बुधबारदेखि सेना तैनाथ गर्न थालेको छ ।
जलवायु वार्तामा विश्व नेता प्रवेश गर्दा, गरिब समुदाय सबैभन्दा बढी जोखिममा
ब्राजिलमा हुन लागेको आगामी जलवायु वार्ताको सन्दर्भमा विश्वका नेता एकत्रित हुँदै गर्दा जलवायु सङ्कटको सबैभन्दा ठुलो मूल्य तिर्ने गरिब र सीमान्त समुदाय हुने प्रष्ट हुँदै गएको छ ।
चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित
चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
न्युयोर्कमा ऐतिहासिक विजय : वामपन्थी जोहरान ममदानी मेयर निर्वाचित, डेमोक्रेटको मनोबल उकासियो
अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय हासिल गर्नु भएको छ ।
मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन
मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दुःखद निधन भएको छ । दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो ।
क्यानाडाका प्रधानमन्त्री कार्नीको पहिलो बजेटबाट अमेरिकामाथिको निर्भरता घटाउने लक्ष्य
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मङ्गलबार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ ।
अनिल अम्बानीको सम्पत्ति जफत
भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी) ले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीबाट ८४ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी (करिब ७५ अर्ब भारतीय रुपियाँ) बराबरको सम्पत्ति जफत गरेको जनाएको छ ।
दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नु भएको छ ।
विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु
भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।
जर्मनीको ‘माइक्रोफोन कूटनीति’प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
चीनका शीर्ष कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले आफ्ना जर्मन समकक्षीलाई बर्लिनले ‘माइक्रोफोन कूटनीति’ अपनाउन नहुने चेतावनी दिनुभएको छ ।
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद’ का पूर्व प्रमुख तथा नाममात्रको राष्ट्र प्रमुखका रूपमा दुई दशकभन्दा बढी समयसम्म सेवा गर्नुभएका किम योङ नामको ९७ वर्षको उमेरमा निधन भएको छ ।
भारतद्वारा मतदाता सूची सुधार अभियान प्रारम्भ, मताधिकार खोसिने जोखिमबारे मानव अधिकारवादीको चेतावनी
भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको सामूहिक संशोधन प्रक्रिया प्रारम्भ गरेको छ । यो अभ्यासलाई “विशेष गहन संशोधन (स्पेसल इन्टेन्सिभ रिभिजन-एसआइआर) भनिएको छ ।
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनबिच बेइजिङमा भेटवार्ता
चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा रूसी प्रधान मन्त्री मिखाइल मिसुस्टिनसँग भेटवार्ता गरी बहु पक्षिय सहयोग र विकास रणनीतिको समन्वयका लागि आह्वान गर्नु भएको छ ।