अमेरिका र इरानबिच भोलि पाकिस्तानमा वार्ता हुने
अमेरिका र इरानबिच शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने भएको छ । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनुभएको छ ।
तमिम इकबालको नेतृत्वमा बङ्गलादेश क्रिकेटको गौरव पुनः स्थापना यात्रा
बङ्गलादेशका अन्तरिम क्रिकेट प्रमुख तमिम इकबालले बोर्ड बर्खास्त भएपछि देशको क्रिकेट प्रतिष्ठा सुधार गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले यसलाई आफ्नो पहिलो र सबैभन्दा महत्त्वपूर्ण कर्तव्यको रूपमा लिनुभएको छ ।
मध्यपूर्व युद्धको प्रभाव मूल्याङ्कन गर्दै भारतद्वारा ब्याज दर स्थिर
भारतको केन्द्रीय बैँकले मध्यपूर्वमा भइरहेको युद्धको संभावित प्रभाव मूल्याङ्कन गर्दै बुधबार ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) का गभर्नर सञ्जय मल्होत्राले ५.२५ प्रतिशतको बेन्चमार्क पुनः खरिद दर अपरिवर्तित रहने जानकारी दिनुभयो ।
मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुनः आक्रमण
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताउनुभएको छ ।
अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु
पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा एउटै परिवारका सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार बताएका छन् । सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कुरीसी बद्लोनका अनुसार मङ्गलबार राति सेरजाद जिल्लामा उक्त दुर्घटना हुँदा पीडितको घटनास्थलमै मृत्यु भएको थियो ।
तनावबिच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार
दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर कोरियाले लगातार दोस्रो दिन समुद्रतर्फ छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । कूटनीतिक कटुता बढिरहेका बेला भएको यस कदमले कोरियाली प्रायद्वीपमा तनाव थप चर्किने सङ्केत दिएको छ ।
अमेरिका-इरान युद्धविराम निर्णायक वार्ता पाकिस्तानमा
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मध्यपूर्व युद्धविरामको घोषणापछि यस हप्ताको अन्त्यमा पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनुभएको छ ।
मध्यपूर्व युद्धविरामः विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा
संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा सहमति जनाएपछि दुवै पक्षले आफूलाई विजयकर्ता घोषणा गरेका छन् । यस घटनापछि विश्वभरबाट आएका प्रतिक्रियाले मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्ने चुनौतीको गम्भीरतालाई उजागर गरेका छन् ।
अमेरिका-इरान युद्धविराममा इजरायलको साथ
अन्तिम क्षणमा टरेको ठुलो युद्धपछि अमेरिका र इरानबिच भएको दुई हप्ताको अस्थायी युद्धविरामलाई इजरायलले समर्थन जनाएको छ, तर लेबनान यस सहमतिबाट बाहिर रहेको स्पष्ट पार्दै क्षेत्रीय तनाव अझै कायमै रहने सङ्केत दिएको छ ।
अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत, ट्रम्पद्वारा धम्की फिर्ता
अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबिच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी आक्रमणको चेतावनी फिर्ता लिएपछि भएको यस सहमतिले तत्कालका लागि तनाव घटाएको भए पनि क्षेत्रीय अवस्था अझै अस्थिर देखिएको छ ।
अमेरिका–इरान अन्तिम क्षणमा युद्धविराम, दुवै पक्षद्वारा जीतको दाबी
एक महिनाभन्दा बढी समयदेखि चलेको भीषण द्वन्द्वपछि अन्तिम घडीमा अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । तर गोलीबारी रोकिए पनि दुवै पक्षले आफूलाई विजेता घोषणा गरेकाले तनावको मूल कारण अझै समाधानतर्फ नपुगेको सङ्केत देखिएको छ ।
इरान–अमेरिकाबिच दुई साताको युद्धविराम
संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सम्पूर्ण सभ्यता नष्ट हुने’ चेतावनी सहित दिएको समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो।
इरानमाथि भीषण आक्रमण
अन्तिम समयसीमा सकिएसँगै अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेका छन् । अमेरिकी टेलिभिजन संस्था सिएनएन, अमेरिकी समाचार संस्था एपी, अलजजिरालगायतले इरानको खर्ग टापु, पुल, रेल सञ्जाल, ऊर्जा पूर्वाधारलगायतमा आक्रमण भइरहेको जनाएका छन् । इजरायलले तेहरानसहित विभिन्न क्षेत्रमा इरानी ‘सैन्य पूर्वाधार’ लक्षित गर्दै नयाँ हवाई आक्रमणको लहर सुरु गरेको जनाएको छ । इरानी सञ्चार माध्यमका अनुसार तेहरान र नजिकको कराज क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् ।
अमेरिका–इजरायल आक्रमणमा इरानका अधिकांश संरचना क्षति
इरानका अधिकारीहरूले मङ्गलबार अमेरिका–इजरायलद्वारा गरिएका हवाई आक्रमणका क्रममा देशका महत्वपूर्ण पूर्वाधारहरूमा क्षति पुगेको बताएका छन् ।
इरान–अमेरिका तनाव : 'सम्पूर्ण सभ्यता नै समाप्त हुने' ट्रम्पको चेतावनी
अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कठोर हमलाको चेतावनी दिनुभएको छ ।
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव
इरानको रिभोलुसनरी गाड्र्सले होर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने महत्वपूर्ण समुद्री मार्ग इरानका ‘शत्रु’ सँग सम्बन्धित बन्दरगाहतर्फ जाने र त्यहाँबाट आउने जहाजका लागि बन्द गरिएको घोषणा गरेको छ ।
मध्यपूर्व द्वन्द्वको असरः भारतले मल आयात बढाउँदै
मध्यपूर्व क्षेत्रमा उत्पन्न परिस्थितिका कारण आपूर्ति अवरोध भएपछि भारतले २५ लाख मेट्रिक टन युरिया आयात गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ । सरकारी स्वामित्वको इन्डियन पोटाश लिमिटेडले यस सम्बन्धी टेन्डर जारी गरिसकेको छ, जसका लागि आवेदन दिने अन्तिम मिति अप्रिल १५ तोकिएको छ ।
अफगानिस्तानमा युद्व अपराध गरेको आरोपमा पूर्व अस्ट्रेलियाली सैनिक पक्राउ
अफगानिस्तानमा युद्ध अपराध गरेको को आरोपमा पूर्व अस्ट्रेलियाली सैनिक पक्राउ परेको जनाइएको छ । अस्ट्रेलियन प्रहरी (एएफपी)ले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाली रक्षा बलका पूर्व सदस्यलाई सिड्नी एयरपोर्टमा पक्राउ गरिएको जनाएको छ ।
खाडी राष्ट्रलाई त्रासदी रोक्न इरानको आह्वान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरानलाई सम्झौता गर्न वा नागरिक पूर्वाधारमा आक्रमणको चेतावनी दिने समय सीमा नजिकिँदै गर्दा कुवेतका लागि इरानका राजदूत मोहम्मद तौतुनजीले खाडी राष्ट्रलाई यस क्षेत्रमा ‘त्रासदी’ हुनबाट रोक्न आफ्ना सबै कूटनीतिक र राजनीतिक प्रयास प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
मध्यपूर्व युद्धका कारण बढ्दो ऊर्जा लागतबाट प्रभावित परिवारलाई सहायता गर्न श्रीलङ्का सरकारले मङ्गलबार ३२ करोड डलरको राहत प्याकेज घोषणा गरेको छ । यस अन्तर्गत किसान, माछा मार्ने तथा कम आय भएका नागरिकलाई सिधैँ नगद अनुदान दिइनेछ ।
ढाकामा पूर्वसभामुख शिरिन शर्मिन चौधरी पक्राउ
ढाका मेट्रोपोलिटन पुलिसको डिटेक्टिभ शाखाले (डिबी) बङ्गलादेश राष्ट्रिय संसद्की पूर्वसभामुख शिरिन शर्मिन चौधरीलाई सोमबार राति ढाकाको धानमन्डीस्थित निवासबाट पक्राउ गरेको अधिकारीले मङ्गलबार पुष्टि गरेका छन् ।
भियतनाम : कम्युनिस्ट पार्टी प्रमुख टो लाम राष्ट्रपतिमा चयन
भियतनामले कम्युनिस्ट पार्टीका महासचिव टो लामलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ । यसले उहाँलाई पार्टी र राज्य दुवैमा आफ्नो अधिकार सुदृढ गर्न पाँच वर्षको कार्यकालका लागि सशक्त बनाएको छ ।
एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको पुष्टि गर्नुभएको छ ।
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गरेको छ र आफ्ना युवालाई सुरक्षाका लागि सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ ।