इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
इरान युद्धका कारण विश्व आपूर्ति शृङ्खलामा परेको असर अब जापानका दैनिक उपभोग्य वस्तुहरूमा समेत देखिन थालेको छ ।
इरान युद्धमा अमेरिकाको खर्च १० खर्ब डलरतर्फ
इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानको लागत तीव्र गतिमा बढ्दै गएको छ ।
इरानले हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन : कतार
मध्यपूर्व युद्ध सुरु भएदेखि नै अवरुद्ध गरेको ‘स्ट्रेट अफ होर्मुज’ लाई खाडी मुलुकलाई ब्ल्याकमेल गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने कतारका उच्च अधिकारीले मङ्गलबार बताउनुभएको छ ।
इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान
पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान उपस्थित भएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारको पाकिस्तानले मङ्गलबार खण्डन गरेको छ ।
इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाइनेः इरान
इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीले बताएका छन् ।
पाकिस्तानमा तीन महिनामा ३७० जनाभन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ
चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबिचको द्वन्द्वमा कम्तिमा ३७२ जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
हमासले गाजा युद्वका बन्दकमाथि चरम यौन हिंसा गरेको छ : इजरायली रिपोर्ट
हमास र यसका सहयोगीले सन् २०२३ अक्टोबर-७ मा भएको आक्रमण पछि गाजामा बन्धक बनाएका बन्दक विरुद्ध चरम यौन हिंसा गरेको स्वतन्त्र इजरायली अनुसन्धान आयोगले मङ्गलबार जारी गरेको रिपोर्टमा उल्लेख गरेको छ ।
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित गरी गरिएको वम विस्फोटमा दुई जना प्रहरीसहित सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।
हान्टाभाइरस-प्रभावित क्रूज जहाज नेदरल्यान्डमा अवतरण
हान्टाभाइरसबाट प्रभावित क्रूज जहाज एमभी होन्डियसमा सवार यात्रु र चालक दलका सदस्य बोकेका दुई वटा उडानहरू मङ्गलबार नेदरल्यान्ड्सको आइन्डहोभेन सन्य एअरपोर्टमा अवतरण गरेको जनाइएको छ ।
लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु
युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेइजिङले सोमबार पुष्टि गरेको छ ।
थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा हुनुभएको छ । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाउनुभएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसक्नुभएको छ।
अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको भनाइ
इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धको पालना गर्ने देशले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ ।
श्रीलङ्कामा ऊर्जा सङ्कटबिच बिजुली महसुल वृद्धि
मध्यपूर्वमा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । सार्वजनिक उपयोगिता आयोगका अनुसार सोमबारदेखि लागु हुने नयाँ दरअनुसार मासिक १८० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्ताले १८ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।
होर्मुज क्षेत्रमा तनावबिच कूटनीतिक प्रयास जारी
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले यदि इरानी ट्याङ्कर तथा व्यापारी जहाजलाई आक्रमण गरिएमा क्षेत्रीयरूपमा रहेका अमेरिकी लक्ष्यमा कडा प्रतिक्रिया दिन सकिने चेतावनी दिएको छ ।
लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु
लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षीया बालिका पनि रहेको जनाइएको छ ।
युद्धको प्रभावले ऊर्जा बजारमा ठुलो उतारचढाव
मध्यपूर्वमा जारी युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्यमा तीव्र वृद्धि भएपछि युरोपका ठुला तेल तथा ग्यास कम्पनीले पहिलो त्रैमासिकमा ठूलो नाफा कमाएका छन् । यससँगै लन्डनदेखि पेरिससम्म उनीहरूको ‘असामान्य नाफा’मा थप कर लगाउनुपर्ने माग पुनः उठ्न थालेको छ ।
पाकिस्तानको उत्तर-पश्चिममा प्रहरी चौकीमा आक्रमण, १२ जना प्रहरीको मृत्यु
पाकिस्तानको उत्तर/पश्चिमी क्षेत्रमा शनिबार राति भएको कार बम आक्रमण र त्यसपछि भएको गोलीबारीमा कम्तीमा १२ जना प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
“क्षेत्रीय शान्तिका लागि संवाद आवश्यक”
इजिप्ट र कतारले अमेरिका तथा इरानलाई वर्तमान संवेदनशील क्षेत्रीय परिस्थितिमा धैर्यता, जिम्मेवारी र विवेकपूर्ण व्यवहार अपनाउन आग्रह गरेका छन् । शनिबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलअत्ती र कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान जासिम अल-थानीबिच टेलिफोन संवाद भएको थियो ।
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
न्यूयोर्क, वैशाख २७ गते । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा विस्फोटमा कम्तीमा ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उक्त जानकारी दिएका हुन् ।बिस्केन खाडी क्षेत्रमा रहेको हलओभर स्यान्डबार नजिक यात्रु बोकेको एक चार्टर डुङ्गामा अचानक विस्फोट भएको हो । फ्लोरिडा वन्यजन्तु तथा जलस्रोत संरक्षण आयोगकी प्रवक्ता मेलिसा ब्रेभिकका अनुसार विस्फोट डुङ्गामै भएको थियो ।मियामी–डेड अग्नि उद्धार विभागले दिउँसो १२ बजेर ४८ मिनेटमा ‘सम्भावित डुङ्गा विस्फोट’ भएको सूचना प्राप्त गरेको जनाएको छ । घटनास्थल मियामी बिच नजिकको लोकप्रिय पर्यटकीय क्षेत्र रहेको बताइएको छ ।उद्धार टोली घटनास्थलमा पुग्दा धेरै घाइतेहरूलाई तत्काल उपचार आवश्यक परेको थियो । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको अधिकारीहरूले बताएका छन् ।विस्फोटको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ । रासस/सिन्ह्वा
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
स्पेनको क्यानरी टापुतर्फ गइरहेको ‘हान्टाभाइरस’ प्रभावित पानीजहाजका विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको छ ।
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जना जिहादी लडाकूको मृत्यु
नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा यसै हप्ता भएको झडपमा कम्तीमा ५० जिहादी विद्रोहीको मृत्यु भएको जनाएको छ । सन् २००९ देखि देशले बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको छ ।
इरानले विश्वकप खेल्ने, अघि सार्यो दश सर्त
इरानको फुटबल सङ्घले सन् २०२६ को विश्वकपमा पुरुष राष्ट्रिय टोलीले भाग लिने शनिबार बताएको छ । इरानी टोलीले मध्यपूर्वमा रहेको युद्धलाई सङ्केत गर्दै आयोजकलाई आफ्ना केही सर्तलाई सम्बोधन गर्न तयार हुनुपर्ने पनि बताएको छ ।