इरानी जहाजमा अमेरिकी आक्रमण, छ घाइते छ जना वेपत्ता
ओमानको बन्दरगाह सहर खसाब नजिकै छ वटा इरानी कार्गो र माछा मार्ने जहाजमा अमेरिकी लडाकू जेटले गरेको आक्रमणमा कम्तिमा छ जना घाइते भएको र अन्य छ जना बेपत्ता भएको मेहर समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।
मृत्यु-उत्सव कविता कृति लोकार्पण
कवि शेखर ढुङ्गेलको कविता कृति मृत्यु-उत्सवको लोकार्पण भएको छ । साहित्यिक पत्रकार संघले आज काठमाडौँमा मृत्यु-उत्सवको सामूहिकरूपमा लोकार्पण गरेको हो ।
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र अमेरिकाबिचको व्याप्त गोलीबारी बारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ्न नदिन संयमता अपनाउन आह्वान गर्नु भएको छ ।
रूस-युक्रेन युद्धविराम बिस्तार हुने ट्रम्पको अपेक्षा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबिच शनिबारदेखि सुरु हुन लागेको तीन दिने युद्धविराम सम्झौता बिस्तार हुने अपेक्षा व्यक्त गर्नुभएको छ । वासिङ्टनमा पत्रकारसँगको साक्षतकारमा बोल्दै राष्ट्रपति ट्रम्पले युद्धविरामको विस्तार हेर्न चाहेको र यसको बलियो सम्भावना रहेको बताउनुभएको हो ।
मानवीय सहायता प्रस्तावबारे अमेरिका र क्युबाबिच मतभेद
क्युबाले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले व्यक्त गर्नुभएको मानवीय सहायता प्रस्तावसम्बन्धी दाबीलाई अस्वीकार गरेको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकाले क्युबालाई १० करोड अमेरिकी डलर बराबरको सहायता प्रस्ताव गरेको भन्ने अभिव्यक्ति तथ्यसँग मेल नखाने बताउनुभएको छ ।
विश्व तापक्रम वृद्धि तीव्र, समुद्री सतह लगातार बढ्दै
युरोपेली सङ्घ अन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही तापक्रम हालैका दिनमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ ।
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
संयुक्त राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ताले मानवीय मामिला समन्वय कार्यालयलाई उद्धृत गर्दै पछिल्ला तीन दिनमा इटुरी र उत्तर किभु क्षेत्रमा कम्तीमा ३४ जना सर्वसाधारणको ज्यान गएको जानकारी दिनुभएको छ ।
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी-इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल ट्याङ्करलाई निशाना बनाई ‘निष्क्रिय’ पारेको जनाएको छ । यस घटनापछि मध्यपूर्वमा तनाव झनै बढेको छ । अमेरिकी सेनाका अनुसार शुक्रबार इरानी सेनासँग भएको गोली हानाहानपछि उक्त ट्याङ्करलाई नियन्त्रण बाहिर जान नदिन कारबाही गरिएको हो ।
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
रुस र साउदी अरबका विदेशमन्त्रीले होर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे छलफल गर्नुभएको छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदबीच शुक्रबार टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ ।
विकासको नयाँ परिभाषातर्फ विश्व समुदाय : राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले विश्वका देशको विकासलाई अझ समावेशी, सन्तुलित तथा दिगोरूपमा मूल्यांकन गर्न नयाँ विश्वव्यापी प्रस्ताव गरेको छ ।
क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बन्द कोठामा भएको भेटवार्तापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकाले तत्काल क्युबामाथि आक्रमण गर्ने कुनै योजना नभएको आफूले बुझेको दाबी गर्नुभएको छ ।
अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य कारबाही गर्ने तयारीमा नरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई लक्षित गर्दै बारम्बार कडा चेतावनी दिइरहेका छन् ।
ड्रोन आक्रमणका कारण रुसका १३ विमानस्थल ठप्प
दक्षिणी रुसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनी ड्रोन आक्रमण हुँदा दक्षिणी रुसका १३ वटा विमानस्थल अवरुद्ध भएका छन् । साे जानकारी रुसी यातायात मन्त्रालयले शुक्रबार दिएकाे हाे ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी
इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो” ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएको उद्धार अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै
संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने प्रयासका क्रममा इरानी शक्तिमाथि कारबाही गरेको जनाएको छ । यस घटनाले क्षेत्रीय तनावलाई थप बढाएको छ भने संयुक्त अरब इमिरेट्स (यूएई) पनि आक्रमणको चपेटामा परेको बताइएको छ ।
स्ट्रेट अफ होर्मुज बन्द,पन्ध्र सय भन्दा बढी जहाज समुन्द्रमै ठप्प
गत फेब्रुअरी-२८ देखि स्ट्रेट अफ होर्मुजको समुन्द्रीक नाका बन्द भएको कारण करिब एक हजार ५०० भन्दा बढी माल–बाहाक जहाज खाडी क्षेत्रका समुन्द्रमै ठप्प भएको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आइएसओ)ले जनाएको छ ।
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्युएचओको चेतावनी, थप केस आउन सक्ने
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हान्ताभाइरस प्रकोप अझ फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ, यद्यपि समयमै कडा स्वास्थ्य सावधानी अपनाइएमा यो प्रकोप सीमित स्तरमै नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ ।
हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रियाः स्थिति नजिकबाट निगरानीमा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीन वटा अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’ सुरक्षित रहेको र कुनै क्षति नभएको जानकारी दिनुभएको छ । ती युद्धपोत हालै हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा रहेका थिए ।
इरान-अमेरिका तनाव फेरि चर्कियो
वासिङ्टन, वैशाख २५ गते । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबिच फेरि गोलाबारी भएपछि केही साताअघि कायम गरिएको युद्धविराममाथि गम्भीर प्रश्न उठेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अझै कायम रहेको दाबी गर्नुभएको भए पनि दुवै पक्षले एक अर्कामाथि आक्रमण सुरु गरेको आरोप लगाएका छन् । यसले मध्यपूर्वमा फेरि ठुलो द्वन्द्व भड्किने चिन्ता बढाएको छ ।अमेरिकी सेनाका अनुसार इरानी सैन्य बलले हर्मुज जलघाँटी क्षेत्रमा गस्तीमा रहेका तीन अमेरिकी विध्वंसक युद्धपोतलाई लक्षित गर्दै मिसाइल, ड्रोन तथा साना डुङ्गामार्फत आक्रमण गरेको थियो । अमेरिकी सेनाले सबै आक्रमण विफल पारिएको दाबी गर्दै त्यसको जवाफमा इरानका सैन्य संरचना र सुविधामाथि कारबाही गरिएको जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको विवरणमा अमेरिकी जहाजमा कुनै क्षति नभएको उल्लेख गरिएको छ ।सेन्टकमले आफू तनाव बढाउने पक्षमा नरहेको तर अमेरिकी सैनिक र सामरिक सम्पत्तिको सुरक्षाका लागि आवश्यक कदम चाल्न बाध्य भएको जनाएको छ । यद्यपि तेहरानले भने अमेरिका स्वयंले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ । इरानको केन्द्रीय सैन्य कमान्डले अमेरिकी पक्षले तेल ट्याङ्कर तथा अन्य जहाजमाथि आक्रमण गरेपछि प्रतिशोध स्वरूप अमेरिकी युद्धपोतलाई निशाना बनाइएको जनाएको छ ।अप्रिल ८ देखि लागु भएको युद्धविरामले केही समयका लागि अमेरिका-इजरायल र इरानबिचको प्रत्यक्ष तनावलाई रोक्ने आशा जगाएको थियो । तर पछिल्लो भिडन्तले त्यो सहमति अत्यन्त कमजोर अवस्थामा पुगेको सङ्केत दिएको विश्लेषण गरिएको छ । युद्धविराम अघि अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा आणविक पूर्वाधारमाथि संयुक्त आक्रमण गरेका थिए । त्यसपछि इरानले रणनीतिक महत्त्व बोकेको हर्मुज जलघाँटी क्षेत्रमा आफ्नो नियन्त्रण कडा बनाएको थियो ।संयुक्त अरब इमिरेट्स (युएई)ले शुक्रबार आफ्नो हवाई सुरक्षा प्रणालीले इरानबाट आएको मिसाइल र ड्रोन आक्रमणलाई रोक्ने प्रयास गरिरहेको जनाएको छ । यस घटनाले खाडी क्षेत्रका अन्य मुलुक पनि प्रत्यक्षरूपमा द्वन्द्वको प्रभावमा पर्न थालेको देखिएको छ । वासिङ्टनमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले युद्धविराम अझै जीवित रहेको दाबी गर्नुभयो । उहाँले इरानले अमेरिकासँग ‘झुट बोलेको’ आरोप लगाउँदै अमेरिकी सेनाले त्यसको जवाफ दिएको बताउनुभयो ।ट्रम्पले यो घटनालाई ‘तुच्छ उक्साहट’को संज्ञा दिनुभएको थियो । तर त्यसलगत्तै उहाँले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत इरानले सम्झौतामा हस्ताक्षर नगरे अझ कडा सैन्य कारबाही गरिने चेतावनी दिनुभयो । उहाँले भविष्यमा ‘अझ तीव्र र हिंसक प्रतिक्रिया’ दिन सकिने उल्लेख गर्नुभएको थियो । यसबिच इरानले अझै अन्तिम निर्णय नगरेको सङ्केत दिएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानले आफ्नो धारणा अन्तिम रूप दिएपछि मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानलाई आधिकारिक जानकारी गराइने बताउनुभयो । पाकिस्तानले अमेरिका र इरानबिचको तनाव कम गर्न केही सातायता सक्रिय पहल गर्दै आएको छ ।पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियामा रूपान्तरण हुन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो । तर त्यसको केही घण्टामै समुद्री क्षेत्रमा फेरि भिडन्त सुरु भएपछि कूटनीतिक प्रयास कमजोर बनेको देखिएको छ । इरानभित्र पनि सर्वसाधारणमा गहिरो निराशा देखिएको छ । तेहरानका ४२ वर्षीय फोटोग्राफर सेरभिनले एएफपीसँग कुरा गर्दै कुनै पनि पक्ष वास्तविक सम्झौतामा पुग्ने मनस्थितिमा नरहेको टिप्पणी गर्नुभयो । उहाँले अमेरिकी सैन्य गतिविधि निरन्तर बढिरहेको अवस्थामा वार्ताको वातावरण विश्वासयोग्य नरहेको धारणा व्यक्त गर्नुभयो । इरान-अमेरिका तनावको असर लेबनानसम्म फैलिएको छ । दक्षिणी बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाहका एक कमान्डर मारिएपछि त्यहाँको युद्धविराम पनि फेरि सङ्कटमा परेको छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले इजरायल र लेबनानबिच नयाँ चरणको वार्ता मे १४ र १५ मा हुने पुष्टि गरेका छन् । पछिल्ला महिनामा ती दुई देशबिच हुने यो तेस्रो औपचारिक वार्ता हो ।अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल-लेबनान शान्ति सम्झौता सम्भव रहेको बताउँदै हिजबुल्लाह नै सबैभन्दा ठुलो अवरोध बनेको टिप्पणी गर्नुभएको थियो । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएपछि हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि लेबनान प्रत्यक्षरूपमा युद्धमा तानिएको थियो । युद्धविराम विस्तार गरिए पनि इजरायलले दक्षिणी लेबनानका केही क्षेत्रमा सैन्य उपस्थिति कायम राख्दै आएको छ । इजरायली सेनाले आफ्ना सैनिकमाथि आक्रमण गरेको आरोप लगाउँदै हिजबुल्लाहका संरचनामाथि आक्रमण जारी राखेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । फेब्रुअरी २८ मा सुरु भएको अमेरिका-इजरायल र इरानबिचको युद्धपछि हर्मुज जलघाँटी क्षेत्र विश्वव्यापी व्यापार र ऊर्जा आपूर्तिका लागि सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा परिणत भएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव आर्सेनियो डोमिंगेजका अनुसार द्वन्द्वका कारण करिब एक हजार ५०० जहाज र २० हजारभन्दा बढी अन्तर्राष्ट्रिय चालक दल खाडी क्षेत्रमा अलपत्र परेका छन् । व्यापारिक जहाजको आवागमन सहज बनाउन अमेरिकाले केही समयअघि जलघाँटी खुला राख्ने उद्देश्यसहित सीमित नौसैनिक अभियान सुरु गरेको थियो । ट्रम्प प्रशासनले इरानसँगको सम्भावित सम्झौतालाई आधार बनाएर समुद्री मार्ग सुरक्षित बनाउने प्रयास गरिरहेको जनाएको छ ।यसैबिच ट्रम्पले इरानविरुद्धको अभियानमा युरोपले पर्याप्त समर्थन नगरेको भन्दै आलोचना गर्नुभएको छ । तर उहाँले युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनसँग भएको पछिल्लो कुराकानी ‘उत्कृष्ट’ रहेको उल्लेख गर्दै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिने विषयमा दुवै पक्ष एकमत रहेको बताउनुभएको छ । रासस/एएफपी
युद्ध जोखिम बढ्दै, तेल मूल्य उकालो, शेयर बजार ओरालो
अमेरिका र इरानबिच हर्मुज जलडमरूमध्य क्षेत्रमा भएको नयाँ सैन्य झडपपछि विश्व बजारमा ठुलो असर परेको छ । शुक्रबार तेलको मूल्य तीव्र रूपमा बढेको छ भने विश्वका प्रमुख शेयर बजारहरू घटेका छन् ।
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ ।
इजरायली आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु
इजरायली सेनाले दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा गरेको हवाई तथा स्थल आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलले लागु गरेको विवादास्पद मार्सल ल प्रकरणसँग सम्बन्धित मुद्दामा पूर्वप्रधानमन्त्री हान डक-सूमाथि सुनाइएको जेल सजाय उच्च अदालतले घटाएको छ ।
साइबर अपराध विरुद्धको कारबाहीमा २३१ जना विदेशी नागरिक पक्राउ
श्रीलङ्काका प्रहरीले सप्ताहन्तदेखि राजधानीमा जारी गरेको पछिल्लो साइबर अपराध विरोधी काबाहीमा अधिकांश चिनियाँ र भियतनामीसहित २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको अधिकारीहरूले बिहीबार बताएका छन् ।