थाई सेनाद्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार
थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रबिचको प्रमुख सिमा नाका हो जहाँ हाल दुई पक्षबिच झडपमा भइरहेको छ ।
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता
विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्य विस्तार गर्ने उद्देश्यले भारतले आगामी केही महिनाभित्र विभिन्न स्वतन्त्र व्यापार सम्झौता (एफटिए)लाई अन्तिम रूप दिन प्रयास तीव्र बनाएको छ ।
इजरायलद्वारा लेबनानमा श्रृङ्खलाबद्ध आक्रमण
इजरायली सेनाले सैन्य परिसरसहित हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी लेबनानमा आक्रमण गरेको लेबनानको सरकारी मिडियाले जनाएको छ ।
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको उहाँ आबद्ध क्लबले जानकारी दिएको छ ।
सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु
सुडानको आन्तरिकरूपमा विस्थापित व्यक्ति(आइडिपी)को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ)ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
परम्परागत चिकित्सामा सहयोग बढाउन भारत-अफगानिस्तान छलफलमा
अफगानिस्तानका जनस्वास्थ्यमन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबिच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्रतापराव जाधवसँग छलफल गरेको जनाइएको छ ।
डोपिङ सूचीमा भारत फेरि पहिलो
विश्व एन्टी-डोपिङ एजेन्सी (वाडा)ले लगातार तेस्रो वर्ष भारतलाई विश्वव्यापी खेलकुद डोपिङ ठगीको सूचीमा सबैभन्दा खराब प्रदर्शन गर्ने देशका रूपमा घोषणा गरेको छ ।
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्टबाहकलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नु भएको छ ।
रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिबद्धता
रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको इरानको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ ।
बोन्डी अभियुक्तलाई अस्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप
सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ ।
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु : मन्त्रालय
कम्बोडियाले सीमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ ।
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्याङ्कर’अवरुद्ध गर्ने आदेश जारी गर्नु भएको छ ।
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल
पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ ।
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
गत हप्ता, सीमा प्रहरी र सैनिकले अवैध प्यालेस्टिनी बासिन्दा पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेको प्रयास रोक्न देशका विभिन्न क्षेत्रमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दालाई पक्राउ गरेको जनाइएको छ ।
श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु
श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालय मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले बताउनु भएको छ ।
विजय दिवस मनाउन भारत-बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान
भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा विजय दिवस समारोहलाई विशेष बनाउँदै हरेक वर्ष एक अर्काका युद्धका दिग्गज तथा सेवारत अधिकारीलाई सहभागिताका लागि आमन्त्रण गर्ने परम्परा कायम राख्दै आएका छन् ।
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेस वेमा मङ्गलबार बाक्लो कुहिरोको बिचमा सात वटा बस एक अर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।
ट्रम्पपछि इयुको नयाँ यथार्थ
सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर आएको छ । दशकौँदेखि सबैभन्दा भरोसा योग्य सहयोगी मानिँदै आएको संयुक्त राज्य अमेरिकाबाट युरोपेली सङ्घ (इयु)को एकता, अर्थतन्त्र, सुरक्षा र प्रजातान्त्रिक मूल्यमाथि दबाब बढ्दै गएको छ ।
ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्नुभएको छ ।
धार्मिक सहिष्णुता र शान्ति संरक्षणमा अन्तर्राष्ट्रिय एकता आवश्यक : महासचिव गुटेरेस
संयुक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटेरेसले अष्ट्रेलियाको सिड्नीमा हनुक्का पर्वको अवसरमा भएको आतङ्कवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्नु भएको छ ।
थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय
थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ ।
थाई सेनाको हवाई आक्रमणमा १२ जनाको मृत्यु
थाई सेनाले कम्बोडियामा आक्रमण विस्तार गर्दा कम्बोडियाको सार्वभौम क्षेत्रमा प्रभाव पर्नुका साथै १२ जा नागरिकको मृत्यु भएको कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।
एआई र डिजिटल प्रविधिले अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउँदै
चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीको लागि अभूतपूर्व सहयोग पुर्याइरहेको छ ।
पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की
युक्रेनले पश्चिमा सहयोगीबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारसँगको प्रमुख बैठक अघि व्यक्त गर्नु भएको छ ।