४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
कम्तिमा ४९१ जना अफगान कैदीसहित चार हजार ७७२ जना अफगान शरणार्थी छिमेकी मुलुक पाकिस्तानबाट आफ्नो मातृ भूमिमा फर्केको अधिकारीहरूले बिहीबार घोषणा गरेका छन् ।
मध्यपूर्व सङ्कटको प्रभावबिच सेबुमा आसियान बैठक सुरु
दक्षिण-पूर्व एसियाली राष्ट्रको सङ्घ (आसियान)को शिखर सम्मेलन फिलिपिन्सको सेबु सहरमा सुरु भएको छ, जहाँ क्षेत्रीय नेता मुख्यरूपमा मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न गम्भीर आर्थिक प्रभावबारे छलफल गर्न भेला भएका छन् ।
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गर्नुभएको छ ।
वैश्विक ऊर्जा सङ्कटबिच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
अस्ट्रेलियाले ऊर्जा अभावको जोखिम कम गर्नका लागि ठूला ग्यास निर्यात कम्पनीलाई आफ्नो उत्पादनको केही हिस्सा घरेलु बजारका लागि छुट्याउन बाध्य पार्ने घोषणा गरेको छ ।
पाकिस्तानविरुद्ध भारतको कडा सन्देश
भारत र पाकिस्तानबिच गत वर्ष भएको भीषण सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचनाविरुद्ध भारतको अभियान अझै कठोररूपमा जारी रहने बताउनुभएको छ ।
तेलको मूल्य घट्दा अमेरिकी शेयर बजार सुधार
मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्साह देखिएको हो । अमेरिकाको प्रमुख औद्योगिक शेयर सूचक ६१२ दशमलव ३४ अङ्कले बढेर ४९ हजार ९१० दशमलव ५९ बिन्दुमा पुगेको छ ।
होर्मुज जलमार्गबारे अमेरिकी रणनीतिमा अस्पष्टता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसँगको द्वन्द्व र मध्यपूर्वको सुरक्षा अवस्थाबारे पछिल्ला दिनमा विभिन्न फरक-फरक अभिव्यक्ति दिएपछि केही अन्योल उत्पन्न भएको देखिएको छ ।
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, फिर्ता सुरु
अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनीले अमेरिकामा करिब दुई लाख १८ हजार ८६८ सवारी फिर्ता बोलाउने घोषणा गरेको छ । सवारीको पछाडिको दृश्य देखाउने क्यामेरामा समस्या देखिएपछि कम्पनीले यस्तो निर्णय गरेको हो ।
पश्चिम बङ्गालमा चुनावी हिंसा, भाजपाका सहयोगीको हत्या
भारतको पश्चिम बङ्गालमा सत्ता परिवर्तनपछि बढ्दो राजनीतिक तनावबिच सत्तारूढ बन्न लागेको भारतीय जनता पार्टी (भाजपा)का एक प्रभावशाली राजनीतिक सहयोगीको गोली हानी हत्या गरिएको छ ।
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ ।
ऊर्जा सङ्कटले विश्व अर्थतन्त्रमा चुनौती, पेट्रोलको मूल्य अत्यधिक बढ्यो
इरानसँगको युद्ध सुरु भएपछि विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताका कारण अमेरिकामा पेट्रोलको मूल्य अत्यधिक रूपमा बढेको छ ।
ऊर्जा संकटसँग जुध्न अष्ट्रेलियाको नयाँ रणनीति
अष्ट्रेलियाली सरकारले देशको इन्धन सुरक्षालाई सुदृढ बनाउन आगामी संघीय बजेटमार्फत १० अर्ब अष्ट्रेलियाली डलरभन्दा बढी रकम विनियोजन गर्ने घोषणा गरेको छ ।
रुसले युद्धविराम उल्लङ्घन गरेको युक्रेनको आरोप
रुसले युक्रेनले प्रस्ताव गरेको एकपक्षीय युद्धविरामलाई उल्लङ्घन गर्दै रातभरि ठूला स्तरका ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनी अधिकारीहरूले आरोप लगाएका छन् । किएभका अनुसार उक्त आक्रमणले शान्ति प्रयासलाई पुनः कमजोर बनाएको छ ।
इजरायली सेनाद्वारा दक्षिणी लेबनानका दर्जनौँ गाउँमा निकासी आदेश जारी
युद्धविरामको बाबजुद इजरायली सेनाले इरान हेजबुल्लाहसँगको लडाइँ रोक्ने उद्देश्यले गर्ने आक्रमण अघि दक्षिण लेबनानका दर्जनौ गाउँमा नयाँ निकासी आदेश जारी गरेको छ ।
दक्षिणी लेबनानमा भएको इजरायली आक्रमण, तीन जनाको मृत्यु
दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको लेबनानका मिडियाले जनाएका छन् । बिन्ट जेबिल जिल्लाको देइर किफा सहरमा भएको इजरायली हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको तथा अर्को एक जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
दक्षिण कोरिया : सजाय बढाउने न्यायाधीश मृत फेला
पूर्व प्रथम महिला सम्बन्धी उच्च-प्रोफाइल मुद्दामा जेल सजाय दोब्बरभन्दा बढी गर्ने निर्णय गरेका दक्षिण कोरियाली न्यायाधीश मृत अवस्थामा फेला परेका छन् । घटनाले न्यायिक वृत्तमा चासो र चिन्ता दुवै बढाएको छ ।
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
जलवायु परिवर्तनका कारण तीव्ररूपमा पग्लिदै गएको अन्टार्कटिकातर्फ आकर्षण बढेसँगै त्यहाँको नाजुक वातावरणमा प्रदूषण, रोग र पारिस्थितिकीय क्षतिको जोखिम पनि उल्लेखनीयरूपमा बढ्दै गएकोमा विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
मध्यपूर्वमा बढ्दो तनावबिच चीनले तत्काल र पूर्णरूपमा लडाइँ अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ ।
उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज
दक्षिण कोरियासँगको सम्बन्धलाई थप टकरावपूर्ण दिशातर्फ मोड्दै उत्तर कोरियाले आफ्नो संविधानबाट एकीकरण सम्बन्धी सबै उल्लेख हटाएको छ । सार्वजनिक गरिएको नयाँ संवैधानिक कागजातले प्योङयाङले अब सियोलसँग मेलमिलापभन्दा टकरावलाई प्राथमिकता दिएको स्पष्ट सङ्केत दिएको छ ।
बेइजिङ भेटमा इरान-चीन संवाद तीव्र
पश्चिम एसियामा बढ्दो अस्थिरता र विश्व शक्ति सन्तुलनको बदलिँदो समीकरणबिच इरानले आफ्नो कूटनीतिक सक्रियता तीव्र बनाएको छ ।
हर्मुजमा इरानको नयाँ नियन्त्रण नीति
विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुजमा इरानले आफ्नो नियन्त्रण थप कडा बनाउँदै जहाजको आवागमनमा नयाँ ‘सार्वभौम’ नियम लागु गरेको छ ।
चिप उद्योगमा भारतको तीव्र विस्तार
विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति शृङ्खलामा आफ्नो स्थान मजबुत बनाउने लक्ष्यसहित भारतले ४१ करोड ४० लाख डलर बराबरका दुई नयाँ सेमिकन्डक्टर परियोजनालाई स्वीकृति दिएको छ ।
हुयोन प्रकरणमा प्रधानमन्त्रीका आफन्तको ३० प्रतिशत हिस्सेदारी स्वीकार
कम्बोडियामा साइबर ठगी, मनी लन्ड्रिङ र डिजिटल भुक्तानी प्रणालीसँग जोडिएको विवाद चर्किँदै जाँदा प्रधानमन्त्री हुन मानेटका एक भाइ (काकाका छोरा)ले सम्बन्धित कम्पनीमा आफ्नो प्रत्यक्ष हिस्सेदारी रहेको स्वीकार गरेका छन् ।
टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु
अमेरिकाको टेक्सासस्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।