• २३ वैशाख २०८३, बुधबार

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु

blog

वासिङ्टन, वैशाख २३ गते । अमेरिकाको टेक्सासस्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । 

एक जना  व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ ।

संदिग्धले योजनाबद्ध रूपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले  जनाएको छ 

पीडितहरू र आक्रमणकारी एक अर्कामा परिचित व्यक्ती भएको उल्लेख गर्दै प्रहरीले संदिग्धलाई पक्राउ गरी सकिएको जनाएको छ । रासस,क्युएनए