• २३ वैशाख २०८३, बुधबार

प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक आह्वान

blog

प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौँ, वैशाख २३ गते । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। 

संवैधानिक परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन अनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्र अनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ। बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाका उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।