१. ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार विसं २०९२ भित्र नेपालमा कुल विद्युत् कति उत्पादन गर्ने लक्ष्य रहेको छ ?
२८,५०० मेगावाट
मुख्य लक्ष्य :
– कुल विद्युत् उत्पादन : २८,५०० मेगावाट
– आन्तरिक खपत : १३,५०० मेगावाट
– निर्यात लक्ष्य : १५,००० मेगावाट
– प्रतिव्यक्ति ऊर्जा खपत : १,५०० किलोवाट/आवर (हाल ४५० युनिट)
प्रमुख जलविद्युत् आयोजना (१० वर्षभित्र सम्पन्न गर्ने) :
– बुढीगण्डकी : १,२०० सय मेगावाट
– अप्पर अरुण : १,०६१ मेगावाट
– दुधकोशी : ६७० मेगावाट
– अन्यसहित कुल १५ वटा मुख्य आयोजना
सौर्य ऊर्जा :
– आगामी दुई वर्षभित्र विद्युत् प्राधिकरणबाट १,००० मेगावाटभन्दा बढी ।
– १० वर्षभित्र निजी क्षेत्रसहित कुल १४,००० मेगावाटको लक्ष्य ।
पूर्वाधार विकास :
– प्रसारण लाइन : अन्तरदेशीयसहित थप २४ वटा उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने ।
– सबस्टेसन क्षमता : आगामी १० वर्षमा ४०,००० एमभिए पु¥याउने ।
– प्रमुख प्रसारण लाइन : ढल्केवर–मुजफ्फरपुर, बुटवल–गोरखपुर, चिलिमे हब–केरुङ (चीनतर्फ) ।
२. म्याराथन इतिहासमै सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गरी कीर्तिमान कायम गर्ने धावक को हुन् ?
सेबास्टियन सावे (३१ वर्षीय, केन्या)
– समय : १ घण्टा ५९ मिनेट ३० सेकेन्डमा ४२.१९५ किमी दुरी पार गरेका
– प्रतियोगिता : लन्डन म्याराथन (२६ अप्रिल २०२६)
– द्वितीय : योमिफ केजेल्चा (इथियोपिया) – १:५९:४१
– तृतीय : ज्याकब किप्लीमो (युगान्डा) – २:००:२८
महिलातर्फका विजेता :
– पहिलो : टिग्स्ट असेफा (इथियोपिया), २ घण्टा १५ मिनेट ४१ सेकेन्ड
– दोस्रो र तेस्रो स्थान : हेलेन ओबिरी (२:१५:५३) र जोयसिलिन जेप्कोसगेई (२:१५:५५), दुवै केन्याका धाविका
३. नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३ अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
२५.२ प्रतिशत
वर्तमान आर्थिक अवस्था
– आर्थिक वृद्धि : पछिल्लो एक दशकको वार्षिक औसत वृद्धिदर ४.२ प्रतिशत मात्र
– लगानीमा गिरावट : कुल लगानी जिडिपीको ३९.५ प्रतिशतबाट घटेर २८.१ प्रतिशतमा सीमित । निजी क्षेत्रको लगानी पनि १९.६ प्रतिशतबाट १४.७ प्रतिशतमा ओर्लिएको
– बेरोजगारी दर : समग्र बेरोजगारी दर १२.६ प्रतिशत र युवा बेरोजगारी दर २२.७ प्रतिशत रहेको । (आव २०८१÷८२ मा मात्र आठ लाख ३९ हजारले वैदेशिक श्रम स्वीकृति लिएका)
जिडिपीमा क्षेत्रगत योगदान
– कृषि : २५.२ प्रतिशत
– सेवा क्षेत्र : ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको
– उद्योग : १४.१ प्रतिशतबाट घटेर १२.८ प्रतिशतमा झरेको
– विद्युत् पहुँच : एक दशकमा विद्युत् उत्पादन ८२९ मेगावाटबाट ३,३८० मेगावाट पुगेको
– रेमिट्यान्स : कुल विप्रेषणको योगदान २७.४ प्रतिशत रहेको
४. विसं २०८३ वैशाख शुक्ल पूर्णिमाका दिन कति औँ बुद्धजयन्ती मनाइयो ?
२५७० औँ
– इपू ५६३ मा रुपन्देहीको लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन राजा शुद्धोधन र माता मायादेवीको सन्तानका रूपमा सिद्धार्थ गौतमको जन्म भएको,
– दरबारिया सुखसयल त्यागेर कठोर तपस्यापश्चात् ३५ वर्षको उमेरमा भारतको बोधगयामा (वैशाख पूर्णिमाकै दिन) उहाँले ‘बुद्धत्व’ प्राप्त गर्नुभएको,
– ‘चार आर्य सत्य’ (दु:ख, दु:खको कारण, दु:खको निवारण र निवारणको मार्ग) तथा ‘अष्टाङ्गिक मार्ग’ को प्रतिपादन गर्दै विश्वभर अहिंसा, करुणा र शान्तिको सन्देश फैलाउनु उहाँको अमूल्य योगदान हो ।
– आजीवन मानवकल्याण र शान्तिको मार्गमा समर्पित रहेर ८० वर्षको उमेरमा भारतको कुशीनगरमा इपू ४८३ वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले महापरिनिर्वाण
प्राप्त गर्नुभएको ।
५. प्रज्ञा पुरस्कार २०८२ (समालोचना विधातर्फ) कसलाई प्रदान गरियो ?
प्राडा अभि सुवेदी
– प्रज्ञा पुरस्कार–२०८२ (राशि : जनही रु. एक लाख)
– समालोचना : प्राडा अभि सुवेदी
– दर्शन : ईश्वरचन्द्र ज्ञवाली
– गद्य साहित्य : आहुति
– पद्य साहित्य : शैलेन्द्र साकार
– भाषा : प्रा. मुकुन्दशरण उपाध्याय
– सामाजिक शास्त्र : डा. डम्बर चेम्जोङ
– संस्कृति : प्राडा सोमप्रसाद खतिवडा
– बालसाहित्य : सुशीला प्रधानाङ्ग
– अनुवाद : डा. सर्वोत्तम श्रेष्ठ
– अन्तर्देशीय : नरेश काङमाङ राई (बेलायत)
– मातृभाषा (हिमाली पहाडी) : बुद्ध योन्जन
– मातृभाषा (मैथिली) : अमरेन्द्र यादव
– प्रज्ञा प्रादेशिक पुरस्कार–२०८२ (राशि : जनही रु. ५० हजार)
– १. कोशी : मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्वाङ)
– २. मधेश : मुना चौधरी
– ३. बागमती : शान्तिप्रिय वन्दना
– ४. गण्डकी : अनिल श्रेष्ठ
– ५. लुम्बिनी : क्षितिज मगर
– ६. कर्णाली : रमानन्द आचार्य
– ७. सुदूरपश्चिम : कर्ण दयाल ‘सोडारी’
६. नेपाल सरकारले विसं २०६२/६३ देखि हालसम्म सार्वजनिक पदमा रहेका उच्चपदस्थ पदाधिकारीको सम्पत्ति छानबिन गर्न कसको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ?
सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी
– आयोग गठन : विसं २०८३ वैशाख २
– सरकारले पहिलो चरणमा २०६२÷६३ देखि हाल (२०८२÷८३) सम्मका र दोस्रो चरणमा २०४६ देखि २०६१÷६२ सम्मका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिको सम्पत्ति विवरण प्रमाणीकरण र छानबिन गर्ने लक्ष्य राखेको,
– पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित छ सदस्यीय आयोगमा पूर्वन्यायाधीश, पूर्वडिआइजी र चार्टर्ड एकाउन्टेन्ट विज्ञहरू समावेश । यो आयोग सरकारको शासकीय सुधार कार्यसूचीबमोजिम गठन गरिएको,
– ‘जेनजी’ आन्दोलनमा भएको दमन र त्रुटिबारे छानबिन गर्न पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा अर्को छुट्टै तीन सदस्यीय समिति (२०८३ वैशाख २) बनाइएको छ, जसले कारबाही सिफारिस भएका सुरक्षा अधिकारीको हकमा थप अनुसन्धान गर्ने छ ।
७. नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुमा आयोजित कार्यक्रममा योगेश्वर वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ?
पूर्ण ओली (रुकुम)
– त्यसै गरी ग्रेगरी कलासंस्कृति पुरस्कार सोलुखुम्बुका मनुहाङ किराँतीलाई प्रदान गरिएको,
– मुलुकका विभिन्न जिल्लामा पुगेर बर्सेनि गरिँदै आएको कला साहित्य यात्रा यसपटक (१९ औँ संस्करण) सोलुखुम्बुको सल्लेरीमा आयोजना (२०८२ चैत) भएको ।
८. टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा ९ विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी को हुन् ?
लाउरा कार्डोसो (ब्राजिलकी महिला क्रिकेटर)
– २१ वर्षीय लाउरा कार्डोसोले लेसोथोविरुद्धको खेलमा ९ विकेट लिँदै टी–२० अन्तर्राष्ट्रिय (पुरुष र महिला दुवैतर्फ) ९ विकेट लिने विश्वकै पहिलो बलर बनेकी,
– उनले मात्र ३ ओभर बलिङ गर्दै ४ रन खर्चिएर ९ विकेट हात पारेकी थिइन्, जसले गर्दा विपक्षी टोली लेसोथो १३ रनमै समेटिएको,
– यसअघि सन् २०२५ मा भुटानका सोनाम येसीले म्यानमारविरुद्ध ७ रन दिएर ८ विकेट लिएको कीर्तिमानलाई लाउराले पछि पारेकी,
– महिलातर्फको रेकर्डमा कार्डोसोले सन् २०२४ मा ७ विकेट लिएकी इन्डोनेसियाकी रोहमालियाको बलिङ रेकर्डलाई तोडेर नयाँ उचाइ कायम गरेकी ।
९. सन् २०२६ मार्चमा अस्ट्रेलियामा सम्पन्न एएफसी महिला एसियन कपको उपाधि विजेता टोली कुन हो ?
जापान
– आयोजना मिति : सन् २०२६ मार्च १–२१
– सहभागी टोली : १२
– बेस्ट प्लेयर : अलन्ना केन्नेडी (अस्ट्रेलिया)
– बेस्ट गोलकिप्पर : आयका यामासिता (जापान)
– बेस्ट गोलकिप्पर : आयका यामासिता (जापान)
– फेयरप्ले अवार्ड : जापान
– जापानले आयोजक अस्ट्रेलियालाई १–० गोल अन्तरले हराउँदै तेस्रो पटक एएफसी महिला एसियन कपको उपाधि चुमेको । रोचक कुरा के छ भने जापानले जितेका तिनै वटा फाइनलमा अस्ट्रेलियालाई नै समान १–० को नतिजामा पराजित गरेको ।
१०. ‘रन फर नेपाल’ नाराका साथ सन् २०२६ अप्रिलमा सम्पन्न १४ औँ कान्तिपुर हाफ म्याराथनको उपाधि विजेता धावक को हुन् ?
पुरुषतर्फ : त्रिभुवन आर्मीका राजन रोकाया र महिलातर्फ : धादिङकी सन्तोषी श्रेष्ठ, दुवै विजेताले जनही एक लाख ५० हजार रुपियाँ नगद र ट्रफी प्राप्त गरेका ।
११. बेइजिङमा आयोजित २१ किलोमिटरको हाफ म्याराथनमा चिनियाँ स्मार्ट फोन निर्माता ‘अनर’ द्वारा विकसित मानवाकृति रोबोटले कति समयमा दौड पूरा गरी मानव विश्व कीर्तिमान तोडेको छ ?
५० मिनेट २६ सेकेन्ड
– सो रोबोटले ५० मिनेट २६ सेकेन्डमा हाफ म्याराथन पूरा गर्दै युगान्डाका धावक ज्याकोब किप्लिमोको करिब ५७ मिनेटको मानव विश्व कीर्तिमानलाई तोडेको ।
१२. सरकारले जलाशययुक्त जलविद्युत् आयोजनाको अनुमतिपत्र अवधि कति वर्ष कायम गर्ने निर्णय गरेको छ ?
५० वर्ष (विसं २०८३ वैशाख)
– निजी क्षेत्रलाई जलविद्युत् आयोजना निर्माणमा आकर्षित गर्ने उद्देश्यले सो निर्णय गरिएको सरकारले जनाएको ।
१३. नेपालमा राष्ट्रिय याक दिवस कहिले मनाउने गरिन्छ ?
वैशाख ७
– विसं २०८३ को नारा : याक (चौँरी) पालन पेसाको सम्मान : हिमाली संस्कृतिको पहिचान, सुरक्षित हिमाल, समृद्ध किसान,
– पहिलो याक दिवस २०८२ वैशाख ७ मा मनाइएको ।
१४. ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ द्वारा सार्वजनिक गरिएको ‘विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२६’ मा नेपाल कति औँ स्थानमा पर्न सफल भएको छ ?
८७ औँ स्थानमा (यो दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा उत्कृष्ट स्थान हो),
– नेपाल ५४.८० अङ्कका साथ १८० राष्ट्रमध्ये ८७ औँ स्थानमा रहेको,
– शीर्ष स्थानमा रहेका प्रमुख पाँच राष्ट्र : नर्वे, नेदरल्यान्ड, इस्टोनिया, डेनमार्क, स्विडेन,
– अन्तिम स्थानमा रहेका पाँच राष्ट्र : इरिट्रिया, उत्तर कोरिया, चीन, इरान, साउदी अरब ।
सार्क राष्ट्रको अवस्था :
– नेपाल : ८७ औँ
– श्रीलङ्का : १३४ औँ
– भुटान : १५० औँ
– बङ्गलादेश : १५२ औैँ
– पाकिस्तान : १५३ औँ
– भारत : १५७ औँ
– अफगानिस्तान : १७५ औँ
१५. अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ ?
मे १
– सन् २०२६ (१३७ औँ) को नारा : एन्स्युरिङ अ हेल्थी साइकोसोसियल वर्किङ इन्भाइरनमेन्ट,
– यो दिवस सन् १८८९ देखि मनाउन थालिएको ।
प्रस्तुतकर्ता : टङ्क केसी