अमेरिकी आक्रमण भए अमेरिका-इजरायल लक्ष्य हुने इरानको चेतावनी
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य हस्तक्षेपको सङ्केत गरेपछि कडा चेतावनी दिएको छ ।
अमेरिकी सम्झौता अनिश्चित बन्दा भारतको वैकल्पिक बजार खोजी
अमेरिकासँगको व्यापार सम्झौता अनिश्चित बनेपछि भारतले निर्यातकका लागि नयाँ बजार खोल्ने र कडा अमेरिकी शुल्कको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले आक्रामक रूपमा वैकल्पिक व्यापार सम्झौता खोजिरहेको छ ।
इरानमा सरकारविरोधी आन्दोलन तीव्र
इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताले जनाएका छन् ।
म्यान्मामा दोस्रो चरणको मतदान
म्यान्मामा सत्तारूढ सैन्य जुन्ताले आइतबार दोस्रो चरणको चुनावका लागि मतदान प्रक्रिया सुरु गरेको छ । लोकतन्त्र निगरानी समूहले भने यसलाई सेनाले नागरिक शासनको आवरणमा आफ्नो सत्ता लम्ब्याउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
ड्रोन आरोपमा सियोलसँग उत्तर कोरियाको स्पष्टीकरण माग
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ-उनकी प्रभावशाली बहिनी किम यो जोङले आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन भएको दाबी गर्दै दक्षिण कोरियासँग विस्तृत ‘स्पष्टीकरण’ माग गर्नु भएको छ ।
सुडानमा दुई करोड भन्दा बढी मानिस गम्भीर खाद्य असुरक्षाको सामना गर्दै : संयुक्त राष्ट्रसङ्घ
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का प्रवक्ता जेन्स लार्केले जनवरी-९ मा सुडानमा द्वन्द्व सुरु भएको एक हजार दिन बितिसकेको चेतावनी दिँदै हाल दुई करोड १० लाख भन्दा बढी मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको जनाएको छ ।
भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीले शनिबार बताएका छन् ।
अलेप्पोलाई नियन्त्रणमा लिएको सिरियाली सेनाको दाबी, कुर्द सेनाद्वारा खण्डन
सिरियाको सेनाले शनिबार अलेप्पोको एक छिमेकमा कुर्द सेनासँग भिडन्त भएको र आत्मसमर्पण गर्ने आह्वानलाई बेवास्ता गरे पनि उसले यस क्षेत्रमा नियन्त्रण गुमाएको बताएको छ ।
हामी अमेरिकी बन्न चाहदैनौँ : ग्रीनल्याण्डका राजनीतिक दल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज पदार्थको लागि धनी डेनिस स्वायत्त क्षेत्र ग्रीनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिएपछि ग्रीनल्याण्डका राजनीतिक दलले यसको विरोध गरेका छन् ।
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
भेनेजुएलाले शुक्रबार अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि वार्ता सुरु गरेको जनाएको छ ।
पाकिस्तानले पोलियो विरोधी अभियान अन्तर्गत चार करोड ५० लाख भन्दा बढी बालबालिकालाई खोप दिँदै
पाकिस्तानले सन् २०२६ फेब्रुअरी २-८ सम्म चल्ने राष्ट्रव्यापी पोलियो उन्मूलन अभियान अन्तर्गत चार करोड ५० लाख भन्दा बढी बालबालिकालाई खोप लगाउने तयारी गरेको स्वास्थ्य अधिकारीले शनिबार बताएका छन् ।
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्ने छ : राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त आर्कटिक टापु ग्रनिल्याण्डमा डेनमार्कको सार्वभौमिकतालाई बेवास्ता गर्दै शुक्रबार फेरि ग्रिनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिनु भएको छ ।
जापानका प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा
जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी सातामा आम निर्वाचन गराउने विचार गरिरहेकोे शनिबार केही जापानी सञ्चार माध्यमले आफ्नो समाचारमा जनाएका छन् ।
अफगानिस्तानमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण चार जना मजदुरको मृत्यु
अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको खास जिल्लाको बहुमूल्य र ढुङ्गाको खानीमा शुक्रबार कार्बन मोनोअक्साइड विषाक्तताबाट कम्तीमा चार जना खानी मजदुरको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता एहसानुल्लाह कामगरले पुष्टि गर्नु भएको छ ।
युक्रेनको सम्बन्धमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपतकालीन बैठक आयोजना
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेनबारे छलफल गर्न सोमबार आपतकालिन बैठक आयोजना गरेको जनाएको छ ।