भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु
अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ ।
पाकिस्तानमा पोलियो अभियानमा खटियका प्रहरीमाथि आक्रमण, एकको मृत्यु, पाँच जना घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समुहले पोलियो अभियानमा खटियका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतले बताएका छन् ।
अमेरिकी सैनिकलाई कारबाहि गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह
संयुक्त राष्ट्रका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सैनिकले इरानी सार्वभौमसत्ताको उल्लङ्घन गरेको विषयको निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घलाई अमेरिकी सैनिकलाई कारबाही गर्न आग्रह गर्नु भएको छ ।
मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा
रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने उदेश्यले चिनियाँ राजधानी पुगेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।
इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया
इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै त्यसलाई ‘आधारहीन र दुर्भावनापूर्ण’ भनेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय मिडियामा आएका रिपोर्टबीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको पुनः दोहोर्याएको छ ।
मग्यारको जितपछि युरोप एकमत, ओर्बन युग अन्त्यको सङ्केत
हङ्गेरीको ऐतिहासिक चुनावमा पिटर मग्यारको अप्रत्याशित विजयपछि युरोपभरका नेताले उहाँलाई व्यापक समर्थन र बधाई दिएका छन् । यस परिणामलाई लामो समयदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओर्बनको नीतिप्रति युरोपेली असन्तुष्टिको स्पष्ट अभिव्यक्ति र युरोपेली एकताको पुनःस्थापनाको सङ्केतका रूपमा लिइएको छ ।
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अस्ट्रेलियाको १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलो पटक एक महिलाले सेनाको नेतृत्व सम्हाल्ने भएकी छन् । सरकारले यसलाई ‘गहिरो ऐतिहासिक क्षण’ भन्दै औपचारिक घोषणा गरेसँगै देशको रक्षा संरचनामा नयाँ अध्याय सुरु भएको छ ।
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा नाटोबाट अपेक्षित सहयोग नपाएको भन्दै गठबन्धनप्रति गहिरो असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले अमेरिकाले वर्षौदेखि ठूलो आर्थिक र सुरक्षा भार बोकेको दाबी गर्दै अहिलेको व्यवहारले आफूलाई निराश बनाएको बताउनुभयो ।
इरानमा १६०० बढीलाई मृत्युदण्ड
इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको पाइएको छ । दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार उक्त वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको छ ।
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
अमेरिका र इरानबिचको तनाव नयाँ उचाइमा पुगेको छ । वार्ता असफल भएसँगै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहमा नाकाबन्दी लागु गर्ने घोषणा गरेपछि क्षेत्रीय युद्ध थप चर्किने सङ्केत देखिएको छ, जसले विश्वव्यापी अर्थतन्त्र र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने चिन्ता बढाएको छ ।
ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड
हङ्गेरीमा १६ वर्षदेखि सत्तामा रहँदै आउनुभएका प्रधानमन्त्री भिक्टर ओर्बन अन्ततः पराजित हुनुभएको छ । मतदाताहरूले अधिनायकवादी प्रवृत्ति र अति–दक्षिणपन्थी राजनीतिप्रति असन्तुष्टि जनाउँदै युरोप समर्थक नयाँ नेतृत्व रोजेपछि देशको राजनीतिक दिशा नै फेरिने सङ्केत देखिएको छ ।
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबिचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ ।
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि आइतबार इस्लामाबादमा भएको वार्ता बिनानिष्कर्ष समाप्त भएपछि विश्व समुदायले अमेरिका र इरानलाई वार्ता जारी राख्न आग्रह गरेका छन्।
'इस्लामावाद वार्तामा कुनै सहमति भएन'
इस्लामावादमा भएको पछिल्लो चरणको वार्तामा संयुक्त राज्य अमेरिका र इरानबिच कुनै सहमति हुन नसकेको अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज
मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातकाे स्मरण गर्दै आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।
अमेरिका र इरानबिच वार्ता सुरु
अमेरिका र इरानबिच पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता सुरु भएको छ । ४० दिन लामो युद्ध अन्त्य गर्ने प्रयासमा अमेरिका र इरानका प्रतिनिधिमण्डल सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्तामा सहभागी भएका हुन् । वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानले दुवै पक्षबिच सार्थक वार्ता हुने अपेक्षा गरेको छ । वार्ता निर्धारित समयभन्दा ढिला सुरु भएको इरानी सरकारी समाचार संस्था ‘टिएनए’ ले पुष्टि गरेको छ ।
मध्यपूर्वमा युद्ध अन्त्यका लागि पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरु
लामो समयदेखि अशान्त रहेको मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता सुरु भएको छ ।
इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी प्रधानमन्त्रीबिच भेटवार्ता
इरान सरकारको एक प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी पक्षसँग मध्यपूर्व युद्ध अन्त्य गर्न योजनाबद्ध वार्ताका सर्तमा छलफल गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबिच भेटवार्ता
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गर्नुभएको छ ।
इरानमा फसेका ३१२ जना भारतीय माझी स्वदेश फिर्ता : विदेश मन्त्री
इरानमा फसेका ३१२ जना भारतीय माझीलाई इरानबाट आर्मेनिया हुँदै सुरक्षितरूपमा स्वदेश फिर्ता गरेको विदेश मन्त्री एस जयशंकरले शनिबार बताउनु भएको छ । उहाँले सुरक्षित निकासी सम्भव बनाउन सहजिकरण गरेकोमा आर्मेनियाली अधिकारीलाई धन्यवाद दिनु भएको छ ।
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
गाजाको नागरिक रक्षा तथा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ । अल–बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै इजरायलले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचनापछि बेलायतले चागोस टापुहरू मौरिटियसलाई फिर्ता गर्ने आफ्नो बहुप्रतीक्षित योजना स्थगित गरेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण डिएगो गार्सियास्थित संयुक्त अमेरिका-बेलायत सैन्य अड्डाको भविष्यलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय चासोबिच लन्डनले यस्तो निर्णय लिएको हो ।
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनुभएको छ ।
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
पूर्वी अफगानिस्तानको परवान प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु हुनुका साथै अर्को एक जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारले बताउनु भएको छ ।