• २९ चैत २०८२, आइतबार

अमेरिका-इरान

'इस्लामावाद वार्तामा कुनै सहमति भएन'

blog

अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स । तस्बिर : एएफपी ।

काठमाडाैं, चैत २९ गते । इस्लामावादमा भएको पछिल्लो चरणको वार्तामा संयुक्त राज्य अमेरिका र इरानबिच कुनै सहमति हुन नसकेको अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले बताउनुभएको छ ।

अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले इरानसँग चलिरहेको ऐतिहासिक शान्ति वार्ताका विषयमा एक पत्रकार सम्मेलनमार्फत उहाँले लगातार २१ घण्टासम्म चलेको सघन छलफलमा अमेरिकाले आफ्नो धारणा स्पष्ट रूपमा राखिसकेको भएपनि इरान कुनै सर्तहरूमा सहमत नभएको जानकारी गराउनुभएकाे हाे ।

यस्तै, भेन्सले छलफल सद्भावका साथ गरिएको थियो तर प्रस्तावले अझै स्वीकृति पाउन नसकेको बताउनुभयाे ।