पूर्वराष्ट्रपति बोल्सोनारोलाई अदालतको आदेश उल्लङ्घन गरेको आरोपमा नजरबन्दको आदेश
ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक सञ्जालमा कुनै पनि बयान दिन प्रतिबन्ध लगाएको अघिल्लो न्यायिक आदेश उल्लङ्घन गरेपछि नजरबन्दमा राख्न आदेश दिएका छन् ।
उत्तराखण्डमा भीषण वर्षा र बाढी : ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता
भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मङ्गलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् ।
लिबियामा सुरक्षा कारबाहीका क्रममा ३५० जना गैरकानुनी आप्रवासी पक्राउ
लिबियाको टोब्रुक नगरपालिकाले गरेको सुरक्षा कारबाहीमा विभिन्न देशका तीन सय ५० अनियमित तथा गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको लिबियाको अध्यागमन एजेन्सीले घोषणा गरेको छ ।
बङ्गलादेश : युनुसद्वारा क्रान्तिको वार्षिकोत्सवमा सुधारका लागि आह्वान
बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले मङ्गलबार मानिसहरूलाई सुधारको ‘अवसर’ लिन आह्वान गर्दै शेख हसिनाको निरङ्कुश शासनको पतन भएको एक वर्षको वार्षिकोत्सव मनाउनुभएको छ ।
नाटो योजनाअन्तर्गत युक्रेनका लागि अमेरिकी हतियार खरिद गर्ने नेदरल्यान्ड्स पहिलो
अमेरिकी भण्डारहरूबाट डेलिभरी छिटो बनाउने नयाँ योजना अन्तर्गत पूर्ण प्याकेज फन्ड गर्ने पहिलो नाटो सदस्य बन्दै नेदरल्यान्ड्सले युक्रेनका लागि ५० करोड युरो (५७ करोड ७० लाख डलर) को अमेरिकी हतियारहरू खरिद गर्ने रक्षा मन्त्रालयले बताएको छ ।
युनिसेफः गाजामा बम विस्फोट र भोकमरीका कारण दैनिक २८ बालबालिकाको मृत्यु
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले इजरायली बमबारी र भोकमरीका कारण गाजापट्टीमा दैनिक लगभग २८ बालबालिकाको मृत्यु भइरहेको घोषणा गरेको छ ।
डेल्टाको मृत्युः पाकिस्तानको सिन्धु डुब्दै र सङ्कुचित हुँदै
हबिबुल्लाह खट्टीले आफ्नो सुक्खा टापु गाउँ त्याग्नुअघि आमाको चिहानमा अन्तिम बिदाइ भन्न जाँदा उहाँका खुट्टामुनि नुनका तहहरू चर्किरहेका छन् ।
इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने
इजराइलले मानवीय सहायतामा गाजाको निर्भरता कम गर्न निजी क्षेत्रसँगको व्यापार आंशिक रूपमा पुनः खोल्ने भएको प्यालेस्टिनी क्षेत्रहरूका लागि रक्षा मन्त्रालयको नागरिक मामिला एजेन्सी (कोगाट) ले मङ्गलबार बताएको छ ।
श्रीलङ्का : बदनाम प्रहरी प्रमुखको महाभियोगमा बहस गर्दै
श्रीलङ्काको संसदले मङ्गलबार दुर्व्यवहार र आपराधिक व्यवहारका लागि प्रहरी प्रमुख देशबन्धु तेन्नाकोनलाई बर्खास्त गर्ने प्रस्तावमा बहस गरिरहेको छ । यो पहिलो पटक कुनै प्रहरी महानिरीक्षकले महाभियोगको सामना गरिरहेको हो ।
दिगो विकास लक्ष्य हासिल गर्न चुनौती छ : सांसद थापा
प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्यबहादुर थापाले दिगो विकास लक्ष्यहरु (एसडिजी) हासिल गर्न सबैका लागि चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भ्रमण टोलीमा तुर्केमिनेस्तानमा रहनुभएका सांसद थापाले छलफलका क्रममा सो धारणा राख्नुभएको हो ।
अमेरिकी निर्णयको विरोधमा ब्राजिलका प्रमुख शहरहरूमा प्रदर्शन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि लगाएको भन्सार शुल्क वृद्धि र प्रतिबन्धको सन्दर्भमा, ब्राजिलका विभिन्न शहरहरूमा शान्तिपूर्ण विरोध प्रदर्शनहरू सुरु भएका छन् ।
दोस्रो विश्वयुद्धमा बाँचेका कोरियाली अझै पीडित
सन् १९४५ अगष्ट छ मा हिरोशिमालाई ध्वस्त पार्ने आणविक बम ‘लिटिल ब्वाई’ अमेरिकीहरूले खसाल्दा बाए क्युङ-मी पाँच वर्षको हुनुहुन्थ्यो ।