आवास सङ्कट समाधान गर्ने योजनामा क्यानाडा
क्यानाडा सरकारले राष्ट्रिय आवास सङ्कट समाधान गर्न आफ्नो नयाँ दृष्टिकोणसहितको योजनाको घोषणा गरेको छ ।
जापानको जनसङ्ख्या १२५ मिलियनभन्दा कम
जापानको जनसङ्ख्या १२५ मिलियनभन्दा कम रहेको सरकारी तथ्याङ्कले देखाएको छ । गैर–जापानी बासिन्दाहरू पाँच लाख ९५ हजार वा ०.४८ प्रतिशतले घटेको हो ।
उत्तरपश्चिम पाकिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अधिकारीले बताएका छन् ।
सिड्नीको सपिङ मलमा भएको छुरा आक्रमणमा ‘केही व्यक्ति’ हताहत : प्रधानमन्त्री अल्बानिज
अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यावसायिक भवनभित्र मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा प्रहार भएको छ । उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब आठ सय दोषीलाई आममाफी दिनुभएको छ ।
पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् ।
टोरोन्टोका प्रहरीमाथि छुरा आक्रमण
क्यानडाको सबैभन्दा ठूलो शहर टोरन्टोमा शुक्रबार दिउँसो भएको विवादका क्रममा एक प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) हिंसाबाट गोमा तथा वरपर शरण लिइरहेका पाँच लाखभन्दा बढी विस्थापित व्यक्तिहरूको सुरक्षाका विषयमा चिन्ता व्यक्त गर्नुभएको छ ।
मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारी घाइते, किएभमाथि हत्या प्रयासको आरोप
मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारीलाई लक्षित गरी किएभले आक्रमण गरेको युक्रेनी सुरक्षा सेवा (एसबीयू) का पूर्व कर्मचारी भासिली प्रोजोरोभले आरोप लगाउनुभएको छ ।