• ९ फागुन २०८२, शनिबार

पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना हिजबुल्लाह कमान्डरको मृत्यु

blog

बेरुत, फागुन ९ गते । पूर्वी लेबनानमा भएको इजरायली हवाई आक्रमणको श्रृंखलामा लेबनानको हिजबुल्लाह समूहका तीन जना कमान्डरको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ । 

आक्रमणमा अन्य ३५ जना घाइते भएको लेबनानी सुरक्षा स्रोतले जनाएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले पूर्वी लेबनानको रियाकमा रहेको भवनमा भएको हवाई आक्रमणमा १० जना भन्दा बढीको मृत्यु भएको र ३० जना भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ ।

लेबनानी नागरिक रक्षा स्रोतलाई उल्लेख गर्दै सिन्हुवाले मृतकको सङ्ख्या ११ पुगेको तथा ३५ जना घाइते भएको जनाएको छ । स्रोतका अनुसार बेपत्ता व्यक्तिको खोजीको प्रयास भइरहेको छ । सुरक्षा स्रोतलाई उल्लेख गर्दै सिन्हुवाले मृत्यु हुने तीन हिजबुल्लाह कमान्डर मध्ये हुसेन मोहम्मद याघी, अली जाइद अल-मुसावी र मोहम्मद इब्राहिम अल-मुसावी रहेको जनाइको छ ।

हेजबुल्लाहले विज्ञप्ति जारी गर्दै कमान्डर हुसेन मोहम्मद याघीलाई शोक व्यक्त गर्दै हुसेन लेबनान र यहाँका जनताको रक्षामा शहीद भएको जनाएको छ । लेबनानी सुरक्षा स्रोतलाई उदृत गर्दै सिन्ह्वाले इजरायली लडाकु विमानले हिजबुल्लाह साइटसहित पूर्वी लेबनानका क्षेत्रमा छ वटा हवाई आक्रमण गरेको जनाएको छ । सन् २०२४ नोभेम्बर-२७ देखि, हिजबुल्लाह र इजरायलबिच युद्धविराम सम्झौता लागु भएको छ । यस सम्झौताको बावजुद, इजरायली सेनाले कहिलेकाहीँ लेबनानमा आक्रमण गरेको छ । रासस/सिन्ह्वा