• ९ फागुन २०८२, शनिबार

कजाकिस्तान र रूसद्वारा संयुक्त हवाई रक्षा अभ्यास सुरु

blog

सांकेतिक : तस्बिर

अस्ताना(काजकिस्तान), फागुन ९ गते । कजाकिस्तान र रूसले आफ्नो एकीकृत क्षेत्रीय हवाई रक्षा प्रणालीको एक हिस्साको रूपमा योजनाबद्ध संयुक्त हवाई रक्षा अभ्यास गरिरहेको काजिन फर्म समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।

फेब्रुअरी-२० देखि मार्च-१० सम्म चल्ने यो अभ्यासमा हवाई लक्ष्य पत्ता लगाउने र ट्र्याक गर्ने, हवाई क्षेत्र उल्लङ्घन गर्ने विमानलाई रोक्ने र उनीहरूलाई तोकिएको एयर फिल्डमा अवतरण गर्न बाध्य पार्ने विषयमा केन्द्रित रहेको काजकिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । यस अभ्यासको उद्देश्य वायु रक्षा बलको समन्वय, लडाइँको तयारी र परिचालन क्षमता अभिवृद्धि गर्नु रहेको मन्त्रालयले स्पष्ट पारेको छ । रासस/सिन्ह्वा