• ४ चैत २०८२, बुधबार

ब्राउनसुगर ल्याउँदै गर्दा दुई पक्राउ

blog

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), चैत ४ गते । बर्दियामा भारतबाट ब्राउनसुगर लिएर नेपालतर्फ आउँदै गर्दा दुई  युवा पक्राउ परेका छन्  भारतीय सिमावर्ती बजार बलै बजारबाट नेपालतर्फ पैदल आउँदैगरेका युवाहरू बढैयाताल गाउँपालिका –७ कण्ठपुर चेकपोष्टमा पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका वडा ७ सिमलघारी बस्ने २९ वर्षिय राजेश दर्लामी र २४ वर्षिय रमेश खनाल रहेका छन् । पैदल हिँडिरहेको समयमा शंका मानी चेकजाँच गर्दा रातो रंगको प्लाष्टिकमा धागोली बेरी बाँकेको १ पुडिया ब्राउन सुगर फेला परेको छ । प्लाष्टिक हटाएर तौल गर्दा ब्राउन सुगर चारसय ३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रमेश विष्टले बताउनुभयो । पछिल्लो समयमा बर्दिया जिल्लामा लागुऔषधसहित पक्राउ पर्नेको संख्या बढ्दैगएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दिया जिल्लामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म लागुऔषधसहित एकसय ४७ जना पक्राउ परिसकेका छन् ।