• २६ कात्तिक २०८२, बुधबार

भुटानको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री मोदी, स्वदेश फिर्ता

blog

प्रधानमन्त्री नरेन्द्र मोदी ।

नयाँदिल्ली, कात्तिक २६ गते । प्रधानमन्त्री नरेन्द्र मोदी दुई छिमेकी देशबिचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले भुटानको दुई दिने राजकीय भ्रमणको सकेर बुधबार नयाँ दिल्ली फर्किनु भएको छ । 

थिम्पूबाट दिल्लीका लागि प्रस्थान गर्नु अघि प्रधानमन्त्री मोदीले भुटानका जनता र सरकारलाई उनीहरूको न्यानो आतिथ्यका लागि कृतज्ञता व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्नु भएको छ । “भुटानको भ्रमण विभिन्न ऐतिहासिक कार्यक्रम तथा महामहिम चौथो ड्रक ग्याल्पोको ७० औँ जन्मजयन्ती को अवसरमा आयोजित विश्वव्यापी शान्ति प्रार्थना महोत्सवको अवसरमा भएको जनाइएको छ ।

भ्रमणपछि ऊर्जा तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रका नतिजाले  द्विपक्षीय साझेदारीलाई गति दिने उहाँले बताउनु भएको छ । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक व्यक्तिगतरूपमा प्रधानमन्त्री मोदीलाई विदा गर्न एयरपोर्टमा आउनु भएको थियो भने प्रधानमन्त्री मोदीले उहाँलाई त्यहाँ सम्म पुगाउन आउनु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । 

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा, चौथो ड्रुक ग्याल्पो, जिग्मे सिङ्गे वाङ्गचुक र भुटानी प्रधानमन्त्री सेरिङ तोब्गेसँग ऊर्जा, व्यापार, प्रविधि र लगायतका क्षेत्रमा सहयोग बढाउन विस्तृत छलफल गरेको जनाइएको छ । “प्रधानमन्त्री नरेन्द्र मोदी थिम्पूमा चलिरहेको ग्लोबल शान्ति प्रार्थना महोत्सवमा चाङ्लिमिथाङ स्टेडियममा कालचक्र ’व्हील अफ टाइम’ सशक्तीकरण दीक्षामा भुटानका राजालगायतका महामहिमसँग सहभागी भएको जनाइएको छ ।

यस पवित्र कार्यक्रममा विदेशी आगन्तुकसहित ३० हजारभन्दा बढी मानिस उपस्थित भएको तथा प्रार्थनाको अध्यक्षता भुटानका प्रमुख मठाधीश महामहिम जे खेनपोले गरेको, विदेश मन्त्रालयले एक्सको एक पोस्टमा जनाएको छ । भ्रमणको प्रमुख उदेश्य १,०२० मेगावाटको पुनात्सांगचु-दोस्रो जलविद्युत परियोजनाको संयुक्त उदघाटन-भारत-भुटान ऊर्जा सहयोगमा र नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र सीमापार सम्बन्धको घोषणा रहेको जनाइएको छ । 

भ्रमणले आपसी विश्वास, सम्मान र साझा सांस्कृतिक मूल्यमा निहित भारत र भुटानबिचको अद्वितीय र स्थायी मित्रतालाई मझभुत बनाउने जनाइएको छ । रासस/एएनआई