ब्रसेल्स, कात्तिक २५ गते । रूसी नागरिकलाई भिसा जारी गर्न प्रतिबन्ध लगाउने युरोपेली सङ्घको निर्णयलाई युरोपेली सङ्घका लागि रूसी स्थायी मिसनले “भेदभावपूर्ण” भन्दै आलोचना गरेको छ ।
मिसनका साथै भिसा कमिटीमा सबै इयू सदस्य राष्ट्रले समर्थन गरेको युरोपेली आयोगले लिएको निर्णय रुसको लागि भेदभावपूर्ण भएको रूसी मिडियालेसमेत रिपोर्ट गरेका छन् । सामान्य नागरिकलाई प्रतिबन्धले असर नगर्ने भनि गरिएको इयूका व्यवस्थाको विपरित हरने गरी भिसा सम्बधमा निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मिसनले रूस र रूसी नागरिकविरुद्ध तोडफोड, सूचनाको दुरुपयोग, इयूमा ड्रोन आक्रमण, तथा अनावश्यक प्रचारका लागि भिसाको दुरुपयोग हुन सक्ने आरोपमाथि आश्चर्य व्यक्त गरेको छ ।
युरोपेली आयोगले केही दिन अघि असाधारण मामिलाबाहेक रूसी नागरिकलाई प्रवेश भिसा जारी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने मस्कोले यस निर्णयको प्रतिक्रियामा कदम चाल्ने घोषणा गरेको थियो । रासस/क्युएनए