• १ वैशाख २०८३, मङ्गलबार

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

blog

काबुल, वैशाख १ गते । अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र २५३ जना घाइते भएको अफगानिस्तानका सञ्चर माध्यामले प्रवक्ता हम्मादलाई उद्धृत गर्दै जनाएका छन् ।

अधिकारीका अनुसार आँधीबेहरी र बाढीका कारण कुल अफगानीस्तानमा एक हजार ३०३ घर पूर्ण क्षतिग्रस्त भएका छन् भने पाँच हजार ८०० भन्दा बढी घर आंशिकरूपमा क्षतिग्रस्त भएका छन् । अफगानिस्तानका विभिन्न भागमा मार्च-२५ देखि भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढी आएको छ भने मौसम विभागले देशको १४ प्रान्तमा मङ्गलबार थप वर्षाको पूर्वानुमान गरेको छ । रासस/सिन्ह्वा