• २ जेठ २०८३, शनिबार

फेवातालमा फसेका २ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

blog

कास्की, जेठ २ गते । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बीच भागमा अलपत्र परेका २ जनाको  सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

अचानक आएको हावाहुरीको कारण कायकिङ्ग गर्ने क्रममा उनीहरु सो तालको बीच भागमा फसेका थिए । उनीहरु तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक सिता पोखरेलको कमाण्डको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरुमा काठमाडौँको सिनामंगल बस्ने ३४ बर्षिय अनुज पुरी र २८ वर्षीया सिवानी खड्का रहेका छन् ।