आइन्डोभन (नेदरल्यान्ड), वैशाख २९ गते । हान्टाभाइरसबाट प्रभावित क्रूज जहाज एमभी होन्डियसमा सवार यात्रु र चालक दलका सदस्य बोकेका दुई वटा उडानहरू मङ्गलबार नेदरल्यान्ड्सको आइन्डहोभेन सन्य एअरपोर्टमा अवतरण गरेको जनाइएको छ ।
विदेश मन्त्रालयका अनुसार अस्टेलियाली अधिकारीहरूद्वारा सञ्चालित पहिलो उडानमा छ जना यात्रु थिए भने, दोस्रो, उडानले लक्जरी क्रूज जहाजबाट २२ जना चालक दलका सदस्य ल्याएको जनाइएको छ । जसमा एक जना डच नागरिक र अन्य २१ जना अन्य राष्ट्रका नागरिक थिए ।
पहिलो जहाज लगभग रातिको १२ः३० मा अवतरण भएको जनाइएको छ भने यस विमानका छ जना यात्रु अस्ट्रेलिया जाने अपेक्षा गरिएको छ । दोस्रो उडान लगभग १५ मिनेटपछि अवतरण भएको जनाइएको छ । सार्वजनिक स्वास्थ्य र वातावरणका लागि डच राष्ट्रिय संस्थानले स्वदेश फर्केका सबै यात्रुको पूर्ण मेडिकल स्क्रिनिङ गरिने बताएको छ भने प्रयोगशाला परिक्षणका लागि विमानस्थलमा सबै आगन्तुकबाट नमूना सङ्कलन गरिन छ ।
तुरुन्तै घर फर्कन नसक्ने अवस्थामा रहेका चालक दलका सदस्य र विदेशी यात्रुका लागि होटलको व्यवस्था गरिएको एजेन्सीले जनाएको छ । यसैबिच, एमभी होन्डियसको डच अपरेटर ओसनवाइड एक्सपिडिसनले विज्ञप्ति जारी गर्दै जहाज स्पेनको टेनेरिफ टापुबाट नेदरल्यान्ड्सको रोटरडाम तर्फको यात्रा गरिरहेको जनाइएको छ । जहाजले यात्रा पूरा गर्न लगभग छ दिन लाग्ने अपेक्षा गरिएको छ भने आइतबारका लागि अस्थायी आगमन निर्धारित गरिएको छ । रासस/सिन्ह्वा