जेरुसेलम, वैशाख २९ गते । हमास र यसका सहयोगीले सन् २०२३ अक्टोबर-७ मा भएको आक्रमण पछि गाजामा बन्धक बनाएका बन्दक विरुद्ध चरम यौन हिंसा गरेको स्वतन्त्र इजरायली अनुसन्धान आयोगले मङ्गलबार जारी गरेको रिपोर्टमा उल्लेख गरेको छ ।
सन् २०२३ अक्टोबर-७ मा हमासद्वारा नियन्त्रणमा लिएका महिला र बालबालिका विरुद्ध गरेकोे अपराध सम्बन्धी नागरिक आयोगको प्रतिवेदनले गाजा पट्टीमा युद्धको क्रममा बन्दक बनाएका विरुद्ध भएको यौन हिंसाको स्तर निर्धारण गर्न संयुक्त राष्ट्र सङ्घसहितका अनुसन्धान निकायमा आग्रह गरेको छ ।
दुई वर्षको स्वतन्त्र अनुसन्धानपछि उक्त आयोगले यौन र लैङ्गिक हिंसा अक्टोबर ७ को आक्रमणपछि बन्दकका लागि अस्वस्थ अवस्था रहेको जनाएको छ । अपहरण, स्थानान्तरण र कैदको समयमा आक्रमणका स्थान र चरणमा, हमास र यसका सहयोगीले पीडित विरुद्ध यौन दुर्व्यवहार र यातना जारी राखेको प्रतिवेदनमा भनिएको छ ।
अन्वेषकले अनुसन्धानमा आवासीय समुदाय, नोभा सङ्गीत महोत्सव मैदान र वरपरका क्षेत्र, सडक र आश्रय, सैन्य प्रतिष्ठान, र पीडितको शवसहितका विभिन्न सामग्री प्रयोग गरेको बताएका छन् । रिपोर्टले तथ्यात्मक दस्तावेजमा आधारित रहेको उल्लेख गर्दै यसमा साक्षीको अन्तर्वार्ता, फोटो, भिडियो, आधिकारिक रेकर्ड, र आक्रमण स्थलबाट अन्य प्राथमिक सामग्री समावेश रहेको प्रतिवेदनमा भनिएको छ ।
समग्रमा, आयोगले ४३० वटा भन्दा बढी औपचारिक र अनौपचारिक अन्तर्वार्ता, प्रशंसापत्र सत्र, र बचेका, साक्षी, फर्केका बन्धक, विशेषज्ञ र परिवारका सदस्यसँग छलफल गरेको बताएको छ । नागरिक आयोगको निष्कर्षले यी अपराध युद्ध अपराध, मानवताविरुद्धको अपराध, र अन्तर्राष्ट्रिय कानुन विरद्धका कार्य भएको औंल्याएको छ । हमासले भने सन् २०२३ देखि नै बारम्बार आरोपको अस्वीकार गर्दै आएको छ ।
यसैबिच इजरायलले लामो समयदेखि संयुक्त राष्ट्र सङ्घ र प्रमुख अन्तर्राष्ट्रिय मानव अधिकार सङ्गठनलाई सन् २०२३ अक्टोबर ७ को घटनापछि भएका यौन घटनासँग सजग नरहेको भन्दै यसको निन्दा गर्न ढिलो भएको आरोप लगाएको छ । रिहा गरिएका बन्धकको प्रत्यक्ष विवरणको आधारमा कैदको समयमा मिसन टोलीले स्पष्ट र विश्वस्त जानकारी दिँदै बलात्कार, यौन यातना, र क्रूर, अमानवीय व्यवहार भएको रिपोर्टमा उल्लेख गरेको छ । रासस/एएफपी