म्यानमामा अस्पतालमाथि हवाई आक्रमण, संयुक्त राष्ट्रद्वारा स्वतन्त्र अनुसन्धानको माग
म्यानमाको सैन्य ‘जुन्ता’ले पश्चिमी राखाइन राज्यको म्राउक-उस्थित सरकारी अस्पतालमा गरिएको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु नभएको दाबी गरेको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा युवाको नेतृत्वमा शान्ति निर्माण प्रस्ताव पारित
संयुक्त राष्ट्र सुरक्षा परिषदले शुक्रबार युवा वर्ग, शान्ति र सुरक्षासम्बन्धी प्रस्ताव एक मतपूर्वक पारित गरेको छ ।
सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता व्यक्त गर्नु भएको छ ।
अमेरिकामा मौसमी फ्लुको प्रकोप : अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ ।
मिथेन उत्सर्जनमा न्यूजिल्यान्डको संशोधित २०५० लक्ष्य सार्वजनिक
न्यूजिल्यान्डले सन् २०५० का लागि ‘मिथेन उत्सर्जन’ लक्ष्य घटाउने विधेयक पारित गर्दै कृषि उत्पादनशिलता र उत्सर्जन कटौतीबिच सन्तुलन कायम गर्ने प्रयास गरेको छ ।
थाइल्यान्ड-कम्बोडिया तनाव कायमै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबिच युद्ध विराममा सहमति भएको घोषणा गरे पनि थाइल्यान्डले कम्बोडिया विरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ ।
१६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन
अस्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् ।
थाइल्यान्ड-कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी
कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्यान्डको सेनाले शनिबार बिहान दुई वटा एफ-१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ ।
युरोपेली सङ्घद्वारा रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागु
युरोपेली सङ्घ (ईयु)ले शुक्रबार रूसी केन्द्रीय बैँकका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ ।
इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
जापानमा भालु आक्रमण तिव्र
जापानको “स्की” रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।
भारतमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २९ घाइते
दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रु बहाक बस सडकबाट चिप्लेर खोलामा खसी दुर्घटान हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
भारतमा महिलाको आर्थिक पहुँच बढाउन एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत
भारतमा कम आए भएका महिलाको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी)ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफ बी एफ एल)सँग दश करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।
वजीरिस्तानको विद्यालयमा विस्फोट, भवन ध्वस्त, छ सय विद्यार्थीको पढाइ अवरुद्ध
पाकिस्तानको उत्तरी वजीरिस्तानको मिर अली तहसीलको सरकारी विद्यालय बिहीबार राति भएको विनाशकारी विस्फोटले ध्वस्त भएपछि सय भन्दा बढी बालबालिका अध्ययन गर्ने ठाउँ विहीन भएको जनाइएको छ ।
चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने
चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च-१२ रकेटमार्फत नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत
अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै ठूलो नकारात्मक प्रभाव परेको छ ।
बेलायतको वृद्धिदर घट्दै, लगानी र व्यापारमा दबाब
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स)ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल्लेखनीय गति थप्ने अपेक्षा नगरेको जनाइएको छ ।
इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै
चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ले जानकारी दिएको छ ।
थाइल्याण्डमा संसद् विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त
थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गर्नु भएको छ ।
यूएई र ईयूबिच रणनीतिक साझेदारीः हरित र कृत्रिम बुद्धिमत्ता क्षेत्रकाे सहयोगमा जोड
संयुक्त अरब इमिरेट्स (यूएई) र युरोपेली सङ्घ (ईयू)ले बिहीबार रणनीतिक साझेदारी सम्झौताको लागि औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् ।
इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने
इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्णरूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ ।
तीन हप्तामा एक लाख ४६ हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता : मन्त्रालय
पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख ४६ हजार १५२ सदस्यसहित १५ हजार ९८९ अफगान परिवार स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्ष जेल सजाय
पाकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर-सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ ।
अफगानिस्तान अधिकारीद्वारा शरणार्थीलाई सहयोग गर्ने सहायता संस्थासँगको सम्झौतामा हस्ताक्षर
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अधिकारीले शरणार्थी र आन्तरिकरूपमा विस्थापित परिवारलाई सहयोग गर्न नर्वेजियन अन्तर्राष्ट्रिय सहायता संगठनसँगको सम्झौता (एमओयू)मा हस्ताक्षर गरेको छ ।