शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काबुल, चैत २७ गते । गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको बाढीमा परी दशौँ हजार मनिस प्रभावित भएको टोलो न्यूजले शुक्रबार संयुक्त राष्ट्र सङ्घलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
राष्ट्रसङ्द्धको प्रतिवेदन अनुसार मार्च २६ देखि अप्रिल-६ सम्म देशमा परेको भारी वर्षा र बाढीका कारण विभिन्न प्रान्तकामा असर पर्नुका साथै सयौँ गाउँ जलमग्न भएका छन् । यस प्रकोपबाट ७३ हजार भन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ ।
बाढीका कारण नौ हजार भन्दा बढी घर क्षतिग्रस्त भएको जनाइएको छ भने कृषि बाली तथा जग्गासमेत नष्ट भएको जनाइएको छ । जसले प्रभावित क्षेत्रमा खाद्य सुरक्षाको बारेमा गम्भीर चिन्ता बढाएको छ भने ५०० भन्दा बढी घर पालरवा जनावरको मृत्यु हुँदा खेती तथा पशुपालनमा निर्भर ग्रामीण परिवारको सङ्कट अझै बढेको छ । रासस/सिन्ह्वा