• ३१ वैशाख २०८३, बिहिबार

राष्ट्रपति सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

blog

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ।

बेइजिङ, वैशाख ३१ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्ता ‘अत्यन्त सकारात्मक’ भएको बताउनुभएको छ । ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामीले चिनियाँ प्रतिनिधिमण्डलसँग आज अत्यन्त सकारात्मक र फलदायी कुराकानी गरेका छौँ । 

भेटका अबसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभएको छ । अमेरिकी राष्ट्रपति र प्रतिनिधिमण्डलको सम्मानमा आयोजित रात्रिभोज समारोहमा राष्ट्रपति सी र उहाँकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो, “सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी र प्रथम महिला पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो ।”

सहकार्यले अमेरिकालाई सहयोग पुग्ने : राष्ट्रपति सी

यसैबिच, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान् बनाउन सक्ने बताउनुभएको छ ।  

ट्रम्पको एमएजीए अभियानलाई सङ्केत गर्दै नेता सीले भन्नुभयो, “चिनियाँ राष्ट्रको महान पुनरुत्थान हासिल गर्ने कार्य र अमेरिकालाई फेरि महान बनाउने काम पूर्णरूपमा सँगसँगै चल्न सक्छ । यसले एक अर्कालाई सफल हुन मद्दत गर्न सक्छ र सम्पूर्ण विश्वको भलाइलाई अगाडि बढाउन सक्छ ।

बेइजिङमा भएको वार्तापछि आयोजित एक भोजमा राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा हामीलाई भेट्न आउनु भएकोमा म्याडम पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो ।’रासस/एएफपी