• ३१ वैशाख २०८३, बिहिबार

ग्रीस पठाउने भनी २३ लाख ठगी गर्ने पक्राउ

blog

काठमाडौँ, वैशाख ३१ गते । ग्रीसमा वैदेशिक रोजगारीमा पठाउने भनी २३ लाख रुपियाँ ठगी गर्ने ५२ वर्षीय मधुसुदन पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार स्थायी घर काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका वडा नं. १ हुनुभएका पराजुली हाल काठमाडौँ महानगरपालिका ३१ मा बस्दै आउनुभएको छ । 

यसैगरी, यु.ए.इ. पठाउने भनी तीन लाख रुपियाँ ठगी गर्ने ३२ वर्षीय प्रकाश बास्तोला पक्राउ पर्नुभएको छ । 

स्थायी घर पर्वतको कुश्मा नगरपालिका २ भएका बास्तोला हाल काठमाडौँ महानगरपालिका २८ मा बस्दै आउनुभएको छ । 

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समयसम्म झुक्यानमा राखेका दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।