१४ किलोमिटर तलबाट पानी ढुवानी गर्नुपर्ने बाध्यता
उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार लोमान्थाङ गाउँपालिका-२, छोसेरकी कुन्जङ वाङमो गुरूङले व्यवसाय र ग्राहकलाई आवश्यक पर्ने पिउने पानी नेचुङबाट खानेपानी लैजानुहुन्छ ।
ठाडोभाका संरक्षणमा व्यास नगरपालिका सक्रिय
गण्डकी प्रदेशको मौलिक पहिचान बोकेको लोपोन्मुख ‘ठाडोभाका’ लोकगीतको संरक्षण र पुस्तान्तरणका लागि तनहुँको व्यास नगरपालिकाले विशेष सक्रियता देखाएको छ ।
धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम
तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ ।
लमजुङमा मनाइयो नेपाली टोपी दिवस
लमजुङ सदरमुकाम बेँसीसहरमा विहिबार १३ औं टोपी दिवस मनाइएको छ । विभिन्न संस्थाको आयोजनामा राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको हो ।
जङ्गल फाँडेर सुन्तलाखेती विस्तार
बिहादी गाउँपालिका–१, क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनु भएको छ । बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उहाँले सुन्तलाखेती लगाउनुभएको हो ।
‘अस्फाल्ट’ प्रविधिबाट बागलुङमा सडक कालोपत्र
बागलुङमा सडक कालोपत्रका लागि सबैभन्दा महङ्गो मानिने प्रविधि अपनाइएको छ ।
गुर्जादेखि माथि गाउँ छैन...
गुर्जालाई चिनाउने एउटा उखान निकै चर्चित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ सम्म परेको भुगोल, परम्परागत शैलीमा बनेका सुन्दर घरहरु मिलेर बनेको बस्ती र गाउँले जीवन शैली ।
वैकल्पिक पर्यटकीय पदमार्ग निर्माण गरिने
मनास्लु पदमार्गअन्तर्गत मनाङ जिल्लाको तिल्चे–सुतिखोला खण्डमा मोटरबाटो निर्माण भएपछि पर्यटकीय पदमार्ग प्रभावित बनेको विषयमा सम्बन्धित सरोकारवालाबिच छलफल गरिएको छ ।
एक करोड ६८ लाखमा भवन निर्माण
तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।
मनाङ उत्कृष्ट जिल्ला घोषित
गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको छ । मन्त्रालयले सार्वजनिक
मोतीविन्दुको शल्यक्रिया
v अर्जुनचौपारी गाउँपालिका–५ की ८० वर्षीय पवित्रादेवी विकले आँखा देख्न थाल्नुभएको छ । १० वर्षदेखि नै कम आँखा देख्ने विकले पाँच वर्षबाट दुवै आँखामा मोतीविन्दु भएपश्चात् देख्न छोड्नु भएको थियो ।
बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी
म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा मौलिक कला, संस्कृति र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा ११ औं माघेसङ्क्रान्ति मेलाको आयोजना गर्न लागिएको हो ।
तनहुँमा दुई लाख ५४ हजार मतदाता कायम
तनहुँमा आगामी फागुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि कुल दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार यसमा एक लाख ३० हजार ९०६ पुरुष र एक लाख २३ हजार ४९२ महिला मतदाता रहेका छन् ।
मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ ।
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्न ‘परम्परागत पञ्चैबाजा’ सिकाउन थालिएको छ ।
स्वास्थ्यका उपकरण मर्मत गर्ने प्राविधिकको अभाव
जिल्लाका कतिपय स्वास्थ्य संस्थामा शिशुको धड्कन सुन्ने आधुनिक मेसिन डप्लर बिग्रिदा पुरानो प्रविधि फिटोस्कोपको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
महिला भलिबलको उपाधि मेरो डेण्टल होमलाई
आठौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि मेरो डेण्टल होम बागलुङले हात पारेको छ ।
‘लोकतान्त्रिक शक्तिबिच सहकार्य आवश्यक छ’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले राष्ट्रियता, संविधान र लोकतन्त्रको पक्षमा रहेका शक्तिबिच सहमति र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
भूमि आयोगका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
विद्यार्थीलाई ३० रुपियाँमा खाना
सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना रु ३० मा खुवाउँदै आएको छ ।
लमजुङमा गोरु जुधाई प्रतियोगिता
लमजुङको सुन्दरबजार नगरपालिका –२, आहाले चौरमा तेस्रो खुला गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय सुन्दरबजार देवभूमि युवा क्लवले आयोजना गरेको प्रतियोगितामा २१ जना कृषकको गोरु जुधाइएको थियो ।
जेनजी र रास्वपाका एजेन्डा एकै हुन् : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्दै पार्टी अघि बढिरहेको बताउनुभएको छ ।
ट्रकको ठक्करबाट सडक मजदुरको मृत्यु
गोरखाको बारपाक–लाप्राक सडक खण्डमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । सोमबार बारपाकबाट लाप्राकतर्फ जाँदै गरेको ना ५ ख ९२७१ नम्बरको ट्रकले ठक्कर दिँदा उदयपुरको बेलका नगरपालिका –४ लालबजार घर भई सडकको काम गर्न आएका ४० बर्षिय दिपककुमार राई घाइते हुनु भएको थियो ।