• १८ चैत २०८२, बुधबार

यात्रुमाथि दुर्व्यवहार गरेको आरोप चालक पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, चैत १८ गते ।
सार्वजनिक सवारीमा यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा एक जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिरुवा गाउँपालिका–७ निवासी ४९ वर्षीय अनबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ ज ७०६६ नम्बरको सार्वजनिक जिपका चालकले सवारीमा सवार १६ वर्षीया बालिकामाथि अनुचित स्पर्श तथा अस्वाभाविक व्यवहार गरेको आरोपमा वालिङ नगरपालिका–१ रामबाच्छामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

यात्रु, विशेषगरी बालबालिका र महिलामाथि हुने यस्ता गतिविधिमा दोषी देखिएमा कडा कानुनी कारबाही गर्ने बताउदै प्रहरी नायब उपरीक्षक चौधरीले यस्ता घटना देखे वा भोगेमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गर्नुभयो ।

उहाँले बाल यौन दुरुपयोगसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।

प्रहरीले सार्वजनिक सवारी प्रयोग गर्दा सतर्क रहन र कुनै पनि असामान्य गतिविधि देखिए तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।