श्रीमानको दाउरा प्रहारबाट श्रीमतीको मृत्यु
मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा श्रीमानले दाउराले प्रहार गरी श्रीमतीलाई हत्या गरेका छन् । रसुवा जिल्ला उत्तरगया गाउँपालिका–५, घर भई डेरा गरी बस्ने २३ वर्षीय अश्विन थापा मगरले श्रीमती ३१ वर्षीया शान्ति गुरूङलाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
लागुऔषधसहित चार जना पक्राउ
गल्याङ नगरपालिका वडा नम्बर –१ रामनदीमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
मापसे गरी स्कुल बस चलाउने पाँच पक्राउ
कास्कीको पोखरा महानगरमा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने प्रवृत्ति देखिएको छ । अभिभावक र विद्यार्थीले समेत चालकहरुले मदिरा सेवन गरी गाडी चलाउने गरेको गुनासो गरेपछि भएको चेकजाँचले यस्तो पुष्टि गरेको हो ।
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न नगराउन प्रतिबद्धता
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न र नगराउन प्रतिबद्धताका लागि हस्ताक्षर सङ्कलन गरिएको छ ।
बागलुङ क्षेत्र नम्बर १ का आठ उम्मेदवार एउटै मञ्चमा
बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले जेसिज संवादमार्फत आफ्ना एजेण्डा सुनाउनुभएको हो । बागलुङको ऐश्वर्य पार्कमा आयोजना गरेको नागरिकसँग उम्मेदवारको प्रत्यक्ष संवादमा बागलुङ क्षेत्र नम्बर १ का आठ जना उम्मेदवारहरुले आफ्ना विकास र नीतिगत एजेण्डा सुनाउनुभएको थियोे ।
धम्पुसमा थपियो अर्को आकर्षण
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ ।
जनावरको ‘पेन किलर’ गिद्धलाई विष
२०७८ सालको वैशाखमा नवलपरासीको रामग्राम नगरपालिका–४, जितपुरमा ७० वटा गिद्ध मरे । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आइयुसिएन) ले अति सङ्कटापन्न सूचीमा राखेका दुई प्रजाति सानो खैरो र डगर गिद्धसहित चार प्रजातिका गिद्ध कुकुरको सिनो खाएर मरेका थिए ।
आभा फुटबल क्लब आहाराराको सेमिफाइनलमा
आभा फुटबल क्लब उज्वेकिस्तान पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २५ औँ संस्करणको सेमिफाइनल यात्रा तय गरेको छ ।
भूराजनीतिक कारणले पोखरा विमानस्थल सङ्कटमा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष भइसक्दा पनि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
उज्वेकिस्तानको आभा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
आभा फुटबल क्लब उज्वेकिस्तान पोखरामा जारी आहाररा पोखरा गोल्ड कपको २५ औँ संस्करणको सेमिफाइनल यात्रा तय गरेको छ ।
बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ । लामो समयदेखि रोकिएको उक्त सडक निर्माणको काम गत मङ्सिरदेखि धमाधम भइरहेको छ ।
‘आचारसंहिता पालना गरी स्वच्छ निर्वाचन बनाऔं’
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलको प्रचार अभियान सुरु भएपछि जिल्ला निर्वाचन कार्यालय र प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता अनुगमनमा तीव्रता दिएको छ ।
जिल्ला कारागार बागलुङको सुरक्षामा सेना
जिल्ला कारागार बागलुङको सुरक्षामा नेपाली सेनाले अगुवाई लिएको छ । निर्वाचनका लागि नेपाल प्रहरी विभिन्न स्थानमा खटिएको र सुरक्षा संवेदनशिलता भएकोले सेनाले सुरक्षाको जिम्मा लिएको हो ।
विकास र स्थायित्वको पक्षमा जनताको जित हुने छ : गुरुङ
नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले २०७९ मा पाँच दलीय गठबन्धनलाई पराजित गरेको भन्दै त्यो बेला भन्दा चुनाव जित्न अहिले सहज रहेको बताउनुभएको छ ।
धौलागिरि हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका-१ स्थित चिमाङ गाउँबाट मङ्गलबार बिहान देखिएको सेताम्मे धौलागिरि हिमाल र आसपासका क्षेत्र ।
माओवादीको कार्यकर्ता भन्दै चन्दा सङ्कलन गर्ने पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती चन्दा सङ्कलन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दाका तीन फरार कसुरदार पक्राउ
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान मुद्दाका तीन जना फरार कसुरदारलाई मङ्गलबार पक्राउ गरेको छ ।
बदर मत घटाउन मुस्ताङमा घरदैलोमै मतदाता शिक्षा
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले पाँच वटै स्थानीय तहका वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवकलाई तालिमसहित आवश्यक सामग्री दिएपछि स्वंयमसेवक बस्ती र घरदैलोमै पुगेर मतदातालाई प्रत्यक्ष रूपमा सिकाउने छन् ।
कांग्रेसले मात्र देश बदल्न सक्छः उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिन सक्ने शक्ति भएकाले मात्र देश बदल्न सक्ने दाबी गर्नुभएको छ । सोमबार दमौलीमा नोपली कांग्रेस तनहुँद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वर्तमान विषम परिस्थितिबाट देशलाई निकास दिने क्षमता नेपाली कांग्रेससँग मात्र रहेको बताउनुभयो ।
भारत पुगेका मतदाता नफर्किने डर
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा अधिकांश स्थानीयको मूल ढोकामा ताल्चा झुन्डिएको छ । कठ्याङ्ग्रिँदो जाडो छल्न जिल्लाबाहिरका सहर झरेकाहरू फागुन महिना लागिसक्दा समेत गाउँ फर्किएका छैनन् ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्याङलाई
१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । पुतलिबजार नगरपालिका वडा नं –१ मा शुक्रबारबाट भएको प्रतियोगिताामा १० स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो ।
चिया पसल प्रचारको थलो
सदरमुकाम बेँसीसहरको फूलबारी चोकको परी चिया पसलमा हिजोआज हरेक दिन चियाको चुस्कीसँगै आगामी निर्वाचनका बारेमा गरमागरम बहस हुन्छ । यहाँ उपस्थित भएकाको कुरा सुन्दा लाग्छ, उनीहरू चियाको चुस्कीका लागिभन्दा निर्वाचनको गफ गर्न आएका हुन् । यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी, नागरिक अगुवा, पत्रकार आदि हुन्छन् । हरेकले आआफ्नै विश्लेषण सुनाउँछन् । स्थानीयसमेत रहनुभएका एक बिमा कम्पनीमा कार्यरत श्याम रावल दिनमा तीन/चार पटक चिया पसलमा पुग्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “चिया पसलमा सबै दलमा आस्था राख्नेहरू भेट हुनुहुन्छ । चुनावको बारेमा सबैका कुरा सुन्न पाइन्छ । चुनावको गतिविधि, नेता र मतदाताको विचार बुझिन्छ ।”
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
कास्कीको माछापुच्छ«े गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ ।
म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् ।