दोर्दीका १४ किसान सम्मानित
लमजुङको दोर्दी गाउँपालिकाले १४ जना किसानलाई सम्मान गरेको छ । प्रथम दोर्दी महोत्सवको अबसरमा पालिकाका कृषि क्षेत्रका विभिन्न विधाबाट उत्कृष्ठ किसान छनोट गरी सम्मान गरिएको हो ।
सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै
लमजुङमा पछिल्ला वर्र्षमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । लमजुङमा चालु वर्र्षको पाँच महिनामा १३६ जोडीले सम्बन्धविच्छेद गरेका छन् । अघिल्लो वर्र्ष सरेर आएको र चालु वर्र्षको मुद्दा गरी १३६ जनाले सम्बन्धविच्छेद गरेका लमजुङ अदालतका स्रेस्तेदार रामबन्धु गौतमले बताउनुभयो ।
भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।
मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ ।
शिखर इन्स्योरेन्सको कार्यालयमा पुनः तालाबन्दी
रकम भुक्तानीमा आलटाल गर्न थालेपछि शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा जुम्लाका स्याउ किसानले दोस्रो पटक ताला लगाएका छन् । जुम्ला तातोपानी गाउँपालिकाका स्याउ किसानहरुले तालाबन्दी गरेका हुन् ।
करिब १३ लाख बराबरको अवैध सुर्ती बरामद
स्याङ्जा प्रहरीले करिब १३ लाख बराबरको अवैध सुर्ती बरामद गरेको छ । चेकचाँज गर्ने क्रममा प्रदेश ३–०१०२३ च. ८७५२ नम्बरको सुजुकी ईको भ्यानबाट बिल नभएको अवैध सुर्ती बरामद गरिएको प्रहरीले जनाएको छ ।
लेखनाथ जयन्तीमा तीन सर्जकलाई पुरस्कार
कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित र सञ्चालित तीन पुरस्कार पाउने प्रतिभा चयन गरिएको छ । यस वर्षको लेखनाथ साहित्य पुरस्कार साहित्यकार घनश्याम कँडेललाई प्रदान गरिने भएको छ ।
स्याङ्जामा दुई लाख पचास हजार मतदाता
फागुन २१ गतेको सङ्घीय निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् ।
पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्त्वपूर्णः मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको पर्यटन विकासका लागि अन्य देशसँगको सडक र हवाई कनेक्टिभिटी महत्वपूर्ण रहेको बताउनुभएको छ।
कावासोतीमा १६ हप्ते कृषक पाठशाला
राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेको छ ।
नेपाल टेलिकमको सेवालाई समयसापेक्ष बनाउनुपर्ने
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट गर्नुभएको छ।
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताउनुभएको छ ।
मिर्गौला पीडितका अनेक दुःख
बागलुङ नगरपालिका–१, रामरेखाकी २२ वर्षीया मनिषा बोसेलले ७ वर्षदेखि मिर्गौलाको समस्या भोग्दै आउनु भएको छ । स्नातक तह प्रथम वर्षमा भर्ना भएपछि मिर्गौलामा समस्या देखिएपछि उहाँले २०७६ सालदेखि नियमित डायलायसिस सेवा लिइरहनुभएको छ ।
एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश
नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ ।
आफैँले बोकेको बन्दुक पड्किँदा...
गोरखामा आफैँले बोकेको भरुवा बन्दुक पडकिएर धार्चे गाउँपालिका–४ लाप्राकका टेकबहादुर गुरुङ घाइते भएका छन् ।
मुलुक निर्वाचनमा अघि बढिसक्योः सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देश चुनावको बाटो हुँदै समृद्धि, सुशासन र विकासको मार्गमा अघि बढिसकेका बताउनुभएको छ ।
गोरखा महोत्सवको तयारी अन्तिम चरणमा
गोरखामा आयोजना हुन लागेको १२ गोरखा महोत्सव एवम् गण्डकी प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता
पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ ।
मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान
हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ ।
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् ।
उद्योगपति केसीको सालिक स्थापना
पोखरा महानगरपालिकाको काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, शिक्षासेवी स्व. सूर्यबहादुर केसीको सालिक शनिबार अनावरण गरिएको छ । स्व. केसी परिवारद्वारा निर्माण गरिएको अर्धकदको सालिक क्याम्पसको हाताभित्र रहेको छ ।
सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : एक वर्षमै १७८९ विवाद दर्ता
स्थानीय तहमै विवाद समाधानका लागि स्थापित स्थानीय तहका न्यायिक समित विवाद समाधानमा सक्रिय बन्दै आएका छन् ।
‘मुख्यमन्त्री सार्वजनिक सुशासन’ कार्यक्रम सञ्चालन गर्न सम्झौता
गण्डकी प्रदेश नीति तथा योजना आयोग र दायित्व ललितपुरबिच ‘मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसिप’ कार्यक्रम सञ्चालन गर्न सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा तनहुँद्वारा उम्मेदवार सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ ।