• १६ चैत २०८२, सोमबार

पत्रकार महासंघको स्थापना दिवसमा खाद्यान्न सामग्री वितरण

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, चैत १६ गते ।
नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर सञ्चार क्षेत्रमा आवद्ध दुई जनालाई खाद्यान्न सामग्री प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले दुई जनालाई खाद्यान्न सामग्री वितरण गरेको हो । जिल्लाका छापा सञ्चार माध्यमका कार्यरत सन्त नेपाली र पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय सहयोगी मनकुमारी परियारलाई दैनिक उपभोग्य खाद्य सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष हरिकृष्ण गौतमका अनुसार दुवै जनालाई दाल, चाम, तेल, नुन लगायतको सामग्री प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले पत्रकार महासंघको स्थापना दिवसले आगामी समयमा सञ्चार क्षेत्रको उन्नती र दिगो पनका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले पत्रकार हकहितका लागि वर्तमान सरकारको पनि ध्यानाकर्षण हुनु पर्ने बताउनुभयो ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष अमित बिश्वकर्माको स्वागत र सचिव ठाकुर आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।