• १६ चैत २०८२, सोमबार

पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसमा प्रभातफेरी

blog

नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित प्रभातफेरीमा सहभागीहरू । तस्बिर : रत्न श्रेष्ठ

काठमाडौँ, चैत १६ गते । नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित प्रभातफेरी गरेको छ ।

सिनामङ्गलदेखि सुरू भएको प्रभातफेरी महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा आएर समापन भएको थियो ।


प्रभातफेरीपछि महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा रहेको पत्रकार स्तम्भमा महासङ्घका अध्यक्ष निर्मला शर्मा, पूर्वअध्यक्ष हरिहर विरही, सल्लाहकार रमेश विष्टलगायत पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।