• १५ चैत २०८२, आइतबार

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

blog

सूचना ।

भक्तपुर, चैत १५ गते । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र मितव्ययिताको योजनाअनुसार युनियन भङ्ग गरिएको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गतको निर्णयलाई कार्यान्वयन गर्दै युनियन खारेज गरिएको बोर्डले जनाएको छ । कार्यसूचीको बुँदा नम्बर १२ मा उल्लेख भएबमोजिम प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता कायम गर्न कर्मचारी युनियन भङ्ग गर्ने निर्णयलाई स्वागत गर्दै यस्तो कदम चालिएको हो ।

युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचना अनुसार चैत १५ गतेदेखि नै लागू हुने गरी युनियन भङ्ग भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ । सरकारले सार्वजनिक निकायको बोझ घटाउन र कार्यक्षमता बढाउन विभिन्न संरचनाको पुनर्संरचना गर्ने क्रममा यो निर्णय लिएको छ ।