अर्जुन काफ्ले
स्याङ्जा, असोज ८ गते । केन्द्रीय कारागारबाट फरार कैदी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौँबाट फरार कैदी ३४ वर्षीय विनोद दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
चापाकोट नगरपालिका ४ ठेगाना भएका जवरजस्ती करणी मुद्दाका कैदी दर्जीलाई विशेष सूचनाको आधारमा विरुवा गाउँपालिका ६ धरादीबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानाकारी दिनुभयो ।
प्रहरीले उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला कारागार, स्याङ्जा पठाएको बताएको छ ।
यस्तै अवैध रुपमा ओसार–पसार गरेको एक टयाक्टर प्रहरीले पुतलीबजार नगरपालिका वडा नम्बर –१० राङखोलाबाट पक्राउ गरेको छ ।
गिट्टी जस्तो देखिने ग्रावेल ओसार–पसार गरिरहेको अवस्थामा ग १ त ६२४८ नम्बरको ट्याक्टर फेला पारी नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडि बढाएको चौधरीले बताउनुभयो ।