• ८ पुस २०८१, सोमबार

माटोको घर (कविता)

blog

वस्तुहरू थरी थरी

घरहरू नि अनेक रङ्गी ।

कुनै घर माटोको त 

कुनै घर ढलानको ।।


ढलान घरमा रङ लाउँछन्

माटोकोमा कमेरो ।

माटोको घरमा बस्ने

ठुलो रहर छ मेरो ।।


ढलान घरको छतभन्दा त

छ्वालीको छानो प्यारो ।

न त बर्खामा गर्मी हुने

न त हिउँदमा चिसो ।।


आमा छ त माया छ

गुरु छ त ज्ञान छ ।

बास छ त जिन्दगी छ 

सास रहे ज्यान छ ।।

   मुना