मातृकोषबाट बाहिरिनुको अर्थ जन्मनु । जन्मेर केही समय आमाकै काखमा लेटेर लट्ठ रहनु अबोध बाललीला । मानव चोला पाएका सबैको इहलीला समानान्तर ! दुई मत यसमा हुन्छ कहाँ कसको र ? आपूmहरूले बेहोरेका अनेक मस्ती सम्झँदा लाजमर्दो आनन्दले विभोरिन्छौँ हामी । भन्नु र नभन्नुको मात्र ! भोगाइ सबैका उस्तै कमाइ !
यतिन्जेल पूर्वजीवन अवस्थाकालीन रहरमा छु, रसिकिन लागेको लाग्यै । तन्नेरी जीवन । लहर हुँदा रहेछन् अनेक । अनेकमध्ये एक मेरा मातृभूमि नेपालको हुलाक टिकट सङ्कलन । नेपालमा हुलाक टिकट कहिले, कुन अवसर, केको उपलक्ष्यमा प्रकाशन गरियो ? यी तीन जिज्ञासा श्रीगणेशायन । अलि अलि सामाजिक–संस्कारगत सांस्कृतिक चहकमहकिएको प्रारब्ध–अनौठो आरम्भ !
आरब्ध अनौठो अन्त्य होला कस्तो ? आकलन गर्नु असहजताभित्रको सहजता बन्न सक्छ वा अन्यथा नि ! पूर्वानुमान न पहलमान; न त हनुमान नै । चाहिएको हुन्छ धीरता÷धैर्य धारण । हतपतको काम लतपत उखान त्यसै कहाँ चलनमा आएको हुो र ? हुलाक टिकटका प्रसङ्गले डो¥याइरहेछ दिगन्त । आखिर निबन्धकारिताका मर्म अन्तरकुन्तर चहार्नु । अन्तरकुन्तरको चाहार सुगम–दुर्गम–भित्र–बाहिर–गुह्य–गहुर–गोप्य–उदाङ्ग–तल–माथि हदबन्दी विहीन–निर्बन्ध । हुलाक टिकट संसारभर चहार्दो मूक–निस्वर–अवाक । प्वाँखबिनाका उडन्ते प्राणहीन तŒव–हुलाक टिकट । अस्तित्व तिनका प्राणधारी प्राणीलाई माथमार्दो । निष्प्राण वस्तुलाई राष्ट्रले जीवदान दिएपछि कसको पो लाग्छ के ?
अब नेपाली हुलाक टिकट पुराण आरम्भ अनुमति याचन...? अनुमतिबिनाका अभिव्यक्ति मनोमानी हुकुमी पारा ? अब त हुकुमी पारा संसद्का माननीयज्यूका बोलवालामा रूपान्तरण भएको यथार्थ ! यथार्थ नाङ्गो सत्य !!!
राजतन्त्र अवसान भएर के ? लोकतन्त्रमा पनि त बोल मच्चिएको धुन सुरिलो नभए नि भिरालो ताक्दो बोल मच्चिएको सुनिँदो राग घनघोर भन्छन् जनता जनार्दन । लोकतन्त्रमा जनार्दन–जनता नै स्वीकार छन् । लोकतन्त्र जनार्दनतन्त्र भन्छन्– विश्व विभूति । हुलाक टिकट विचरण गर्छन्–गराउँछन्, शोच–विचारवान्, राष्ट्रमण्डल । हुलाक टिकटमाला पहिरेर गाँस्दै विलीन हुन पुगे । तन्मयता विलिनीकरणका द्वार–मुहान ! द्वार खुल्दा मुहानले नैरन्तर्य पाउँछ । निरन्तरता जीवन गति ! निरन्तरताले पैदा गर्छ ढाढस ! वृद्धि गर्छ ढाढसले निसङ्कोच । निसङ्कोचपनले बढाउँछ आयु । आयु बढेपछि बन्छ संसार सुखभोग । हुलाक टिकटमालाका पाना पल्टाउँदा पल्टाउँदैका विचरण यस्तै उस्तै । घरका निष्ठावान् ग्वंगः प्राणी लुइचे हुन पुगेँ– वनका उडन्ते प्राणी विचरणमुखी प्राणी लुइँचे उडन्ते । उड्नु विचरण । विचरण दिगन्त चहराइ । चहराइ हुलाक टिकटमालाका दिगन्त अनन्तता !
नेपालमा १८८१ सालमा श्रीपेच अनि खुकुरी जोडी गुणन चिह्न आकारको एक आने–दुईचार आने टिकट प्रकाशन भएको ऐतिहासिक अभिलेख छ । १८८६ सालमा श्रीपेच–खुकुरी जोल्टिएको नेपाली कागजमा छापिएको टिकटमाला सङ्ग्रहमा पाइन्छ ।
- १८८१–१९०३ साल : धनुषवाण र खुकुरी जोडी जोडिएको । त्यसै साल २ पैसा कालो अनि २ पैसे सुन्तला रङ्गी ।
- विसं १९०२ : श्री पशुपतिनाथ (१९६४ अङ्कित) २ पैसे, ४ पैसे, २ पैसे, १६ पैसे ।
- विसं १९२९ : श्री पशुपतिनाथ अङ्कित (१९८६ अङ्कित) २, ४, ८, १६, २४, २, पैसे ।
- विसं १९४१–१९४६ : श्री पशुपति (स्थानीय छपाइ १९९२ छपाइ भएको २ पैसे टिकट भूलवश नछापिएको ४, ८, १६, २४, ३२ पैसे
- विसं १९८६ : रु. १ । २ पैसे स्वयम्भूनाथ, ४ पैसे पशुपतिनाथ त्रिचन्द्र कलेज ६ पैसे, महाबौद्ध ८ पैसे, कृष्णमन्दिर १६ पैसे, काठमाडौँ उपत्यका चित्राङ्कित २० पैसे, गुहेश्वरी मन्दिर २४ पैसे, बालाजु झर्ना (बाइसधारा) ३२ पैसे, शिव महादेव रु. १, श्री ५ त्रिभुवनको मूर्ति– चित्राङ्कित ६ पैसे, ४ पैसे, ६ पैसे, ८ पैसे, १२ पैसे, १६ पैसे, २० पैसे, २४ पैसे, ३२ पैसे, ५० पैसे, रु. १, रु. २ का ।
- विसं १९९२ : श्री पशुपतिनाथको चित्राङ्कित २, ४, ८, १६, २४, ३२ पैसे टिकट । १९४१–१९४६ सालमा स्थानीय छपाइको २ पैसा, २४ पैसा, ३२ पैसा, ५० पैसा, रु. १, रु. २ ।
- २०५६/५/२ : शुभराज्याभिषेक श्रीपेच र सिंहासन अङ्कित ६ पैसा, राजारानी अङ्कित रु. १ ।
- २०५६/७/३ : खेत जोतिरहेको चार पैसा, ढोका अङ्कित ८ पैसा, हनुमान ढोका २५ पैसा ।
- २०५९/१२/१४ : संयुक्त राष्ट्रसङ्घ सदस्यता स्मारक टिकट १२ पैसा, श्रीपेच अङ्कित २ पैसा, ४ पैसा, ६ पैसा, २ पैसा, १२ पैसा, १६ पैसा, २० पैसा, २४ पैसा, ३२ पैसा, ५० पैसा
- २०५०/६/२२ : संयुक्त राष्ट्रसङ्घ सदस्यता स्मारक श्रीपेच अङ्कित टिकट रु. १, रु. २ ।
- २०५८/१०/१६ : हवाईपत्र १० पैसा ।
- २०५९–१२–१० : मानव अधिकार दिवस बौद्ध मन्दि/स्तूप लुम्बिनी स्मारक ६ पैसा ।
- २०५९/२/१८ : प्रथम चुनाव ६ पैसा ।
- २०५०/४/१० : महेन्द्र चर्खा (धागो कात्ने वस्तु साधन) २ पैसा ।
- २०५९/४/१४ : गरुडारोहित विष्णु भगवान्– श्री ५ महेन्द्र स्थानीय छपाइ– १२ पैसा, न्यातपोल मन्दिर १६ पैसा, २० पैसा, २४ पैसा, ३२ पैसा, ५० पैसा ।
- २०५९/४१५ : स्वर्णद्वार भक्तपुर ६ पैसा ।
- २०५९/४/१६ : कालीय दमन २ पैसा ।
- २०५४/४/१७ : हिमवत्खण्ड ४ पैसा, कस्तुरीमृग ८ पैसा, डाँफेचरा रु. १, डाँफेचरा रु. २ ।
- २०५९/४/१० : गैँडा १२ पैसा ।
- २०५९/७/१ : प्रथम सदन उद्घाटन ६ पैसा ।
- २०५९/११/१९ : पशुपतिनाथ मन्दिर जीर्णोद्धार ४ पैसा, ८ पैसा, रु. १ ।
- २०६०/३/१ : प्रथम बालदिवस ६ पैसा ।
- २०६०/४/१३ : डाँफे मुनाल रु. ५ ।
- २०६०/६/६० : श्री ५ महेन्द्रको ४१ वर्षगाँठ रु. १ ।
- २०६१/६/३० : सगरमाथा १० पैसा ।
- २०६१/२/२६ : माछापुच्छ«े हिमाल ५ पैसा, मनासलु हिमाल ४० पैसा ।
- २०६१/३/१८ : १० औँ प्रजातन्त्र दिवस, स्व. श्री ५ त्रिभुवनको आकृति १० पैसा ।
- २०६१/३/१ : द्वितीय बालदिवस १२ पैसा ।
- २०६१/६/११ : श्री ५ महेन्द्रको ४२ औँ जन्मोत्सव, श्री ५ महेन्द्र राष्ट्रिय पोसाक लवेदा सुरुवालमा ६ पैसा, १२ पैसा, ५० पैसा, रु. १ ।
- २०६२/४/७ : औलो उन्मूलन अभियान १२ पैसा, रु. १ ।
- २०६२/६/११ : ४३ औँ जन्मोत्सव श्री ५ महेन्द्र घोडा चढेको मुद्रामा १० पैसा, १५ पैसा, ४५ पैसा, रु. १ ।
- २०६२/७/१३ : आदिकवि भानुभक्त ५ पैसा, कवि मोतीराम भट्ट १० पैसा, कवि शम्भुप्रसाद ४० पैसा ।
- २०६२/१२/१ : श्री ५ महेन्द्रको चित्राङ्कित १ पैसा, २ पैसा, ५ पैसा, १० पैसा, ४० पैसा, ७५ पैसा, ठुलो आकारको रु. २, रु. ५ ।
- २०६३/१/६ : सबैका लागि शिक्षा १० पैसा, १५ पैसा, ५० पैसा ।
- २०६३/२/५ : पञ्चायती व्यवस्था ५ पैसा, १० पैसा, ५० पैसा, रु. १ ।
- २०६३/३/२१ : भोकमरी मुक्ति १५ पैसा, १० पैसा, ५० पैसा, रु. १ ।
- २०६३/४/१४ : राष्ट्रिय पञ्चायत (राष्ट्रिय संसद्) १ पैसा, १५ पैसा, ५० पैसा, रु. १ ।
- २०६३/६/११ : श्री ५ महेन्द्रको ४४ औँ जन्मोत्सव–गर्मी मौसमको पहिरनमा ५ पैसा, १० पैसा, १५ पैसा ।
- २०६४/२/१९ : पूर्वपश्चिम राजमार्ग–१० पैसा, १५ पैसा, ५० पैसा ।
- २०६४/६/११ : श्री ५ महेन्द्रको ४५ औँ जन्मोत्सवका अवसरमा माइक्राेफोनमा १ पैसा, २ पैसा, रु. २ ।
- २०६४/१२/२८ : श्री ५ युवराजाधिराज वीरेन्द्रवीरविक्रम शाहदेवको चित्राङ्कित १० पैसा, १५ पैसा ।
- २०६४/१२/३१ : अन्तर्राष्ट्रिय खेलकुद दिवसको उपलक्षमा १० पैसा ।
- २०६५/२/१० : भूमिसुधार (व्रmमबद्ध अङ्क ७१–३) १५ पैसा ।
- २०६५/४/१२ : अन्तर्राष्ट्रिय हुलाक सेवाहरू १५ पैसा ।
- २०६५/५/११ : चार सहिदहरू १५ पैसा ।
- २०६५/६/११ : श्री ५ महेन्द्रको ४६ औँ जन्मोत्सवका उपलक्ष्यमा राजदण्डसहित सजिएको ५० पैसा ।
- २०६५/९/१५ : अन्तर्राष्ट्रिय व्यापार सङ्गठन (आइटियु) शताब्दी १५ पैसा ।
- २०६५/१०/२४ : महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मारक १५ पैसा ।
- २०६५/१०/२४ : अन्तर्राष्ट्रिय सहयोग वर्षगाँठ रु. १ ।
- २०६५/१२/१६ : भूमिसुधार (१६४ पुस माला) २, ५, १० पैसा ।
- २०६६/२/१८ : राष्ट्रिय झन्डा १५ पैसा, महाशिवरात्रि १५ पैसा, रु. १० ।
- २०६६/६/१० : राष्ट्रिय हुलाक टिकट प्रदर्शनी १५ पैसा ।
- २०६६/६/११ : श्री ५ महेन्द्रको ४७ औँ जन्मोत्सव १५ पैसा ।
- २०६६/७/५ : श्री ५ मुमाबडामहारानीको हीरक जन्मोत्सव १५ पैसा ।
- २०६६/८/१९ : राष्ट्रिय बालदिवस २०२३, १५ पैसा ।
- २०६६/१०/१ : रेडक्रस दिवस, ५० पैसा ।
- २०६६/११/११ : विश्व स्वास्थ्य सङ्गठनको नयाँ भवन अङ्कित रु. १ ।
- २०६६/१२/२९ : स्व. कविशिरोमणि लेखनाथ स्मारक १५ पैसा ।
- २०६७/२/१० : साबिक भैmँ श्री ५ महेन्द्रको चित्राङ्कित १५ पैसा ।
- २०६७/४/१८ : रामनवमी १५ पैसा ।
- २०६७/५/२३ : बुद्धजयन्ती ७५ पैसा ।
- २०६७/६/११ : श्री ५ महेन्द्रको शुभजन्मोत्सव १५ पैसा ।
- २०६७/८/२६ : राष्ट्रिय बालदिवस–२०२४, १५ पैसा ।
- २०६७/१०/२४ : अन्तर्राष्ट्रिय पर्यटन वर्ष (अमादब्लम) ५ पैसा ।
- २०६७/१०/२४ : भक्तपुर दरबारपरिसर, ६५ पैसा ।
- २०६७/१०/२४ : काठमाडौँ सहर रु. १ ।
- २०६७/१२/१६ : गाउँ फर्क राष्ट्रिय अभियान, १५ पैसा ।
- २०६७/१२/२२ : विश्व स्काउट दिवस, १५ पैसा ।
- २०६८/१/११ : श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह, १५ पैसा ।
- २०६८/२/१९ : २० औँ विश्व खाद्य सङ्गठन दिवस, रु. १२० ।.................??????????
- २०६८/५/७ : सीताजयन्ती १५ पैसा ।
- २०६८/६/११ : श्री ५ महेन्द्रको ४९ औँ जन्मोत्सव १५ पैसा ।
- २०६८/७/१ : आरएसीको.............?????????? १० औँ वार्षिकोत्सव गरुड चिह्न १५ पैसा ।
- २०६८/७/१ : नेपालको नक्सा ६५ पैसा ।
- २०६८/७/१ : धवलागिरि हिमाल अङ्कित रु. २, ५० पैसा ।
- २०६८/७/१ : राष्ट्रिय बालदिवस–२०२५ , ५ पैसा ।
- २०६८/१२/१० : अन्तर्राष्ट्रिय मानव अधिकार दिवस रु. १ ।
- २०६८/१२/२८ : राष्ट्रिय युवा महोत्सव २५ पैसा ।
- २०६९/१/१ : संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सदस्यता प्राप्ति रु. १ ।
यस प्रयासलाई यतै बिट मार्छु । अर्को पालि हुलाक टिकटको आरब्ध, मध्य, वर्तमान अवस्थाको झझल्को प्रस्तुति कुम्ल्याएर हजुरहरूसामु परूँला । नेपाल आमाको जय !