साहित्यको उत्थान र संरक्षणका लागि क्रियाशील मध्यपश्चिम स्रष्टा समाज
समाजले समय समयमा विभिन्न साहित्यिक गतविधि, गजल र कविता गोष्ठिसँगै पुस्तक विमोचन र साहित्यकारहरुलाई सम्मान गर्दै आएको बाँकेका वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले बताउनुभयो ।
दर्लामीको ‘मारीखोलाको ढुङ्गो’
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पण भएको छ । शनिबार लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुङ्गो’ को कथा कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो ।
तामाङ सेलोको ‘ओइ सोल्टिनी’...
गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ ।
सृजनाले रङ्गियो ‘नेपाल-भारत सम्बन्ध’
काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारतमा कला सृजना गर्दै आउनुभएको छ । उहाँ नेपाल र भारतका कलाकारका लागि सम्बन्ध सेतु नै बन्नुभएको छ ।
समान मृत्यु [कथा]
आकाशमा कालो बादल थिएन । आँधी–हुरी चल्ला जस्तो पनि वातावरण थिएन । मानिस सडक छेउबाट हतार हतार हिँडिरहेका देखिन्थे । म, यी सहरका मानिसहरू, के कामले कहाँ पुग्नलाई दौडिरहेका होलान् र के कुराको प्राप्तिमा सडक दौड गर्छन् होला । म त्यसबेला तारकेश्वर नगरपालिकाको नेपालटार राष्ट्रिय मावि अगाडि उभिएर तमासा हेर्दै थिएँ । नेपालटार राष्ट्रिय माविमा मर्मतको काम भइरहेको थियो । त्यो विद्यालय भवन अगाडि लहरै किताब तथा स्टेसनरी पसलहरू स्कुलतिरै फर्केर, त्यो मर्मत निर्माण नियालिरहेका थिए । त्यहाँ पठन पाठन भइरहेको थिएन । आफ्नो सिङ्गो र तन्दुरुस्त भौतिक देह कायम राख्न, त्यो भवन सिकर्मी, डकर्मी, इन्जिनियरको सहयोगले रङ्गीन नयाँ
हिमाल आरोहणको अनुभूति
गत २०७२ साल वैशाख २९ गते भूकम्प जाँदा भाग्ने क्रममा झ्यालबाट हाम्फालेर पर्यटन व्यवसायी ल्हाक्पा सोनाम शेर्पा घाइते हुनुभयो । सोनाम नामले परिचित उहाँ ढाडमा चोट लागेर भएपछि करिब चार महिना त ओछ्यानमै पर्नुभएको थियो । विभिन्न उपचार गर्दा पनि ठिक नभएपछि अन्योलमा रहनुभएका उहाँलाई एक जना फ्रान्सेली हिमाल आरोहीले गजबको सल्लाह दिनुभएको रहेछ । हिमाल चढ्दा लडेर ढाड भाँचिई सख्त घाइते हुनुभएका फ्रान्सका पर्वतारोही जोन लुकले हिमाल चढेमा चोट निको हुने सल्लाह दिएपछि उहाँले हिमाल
माग्ने (निबन्ध)
माग्ने शब्दले पूर्ण अर्थ दिन्छ । यो परिपक्व र सबैले बुझ्ने शब्द हो । माग्नुको अर्थ बोध गराउने यो शब्दको सीमा सागर र सगर झैँ अथाह भएको अनुभूति हुन्छ । माग्ने भनेपछि नबुझ्ने कोही हुँदैन । लगभग पृथ्वीवासी सबै मान्छे माग्ने नै हुन् । मात्रा धेरथोर होला । को कस्ता प्रकृतिका माग्ने हुन् ? त्यो पृथक् कुरा हो । माग्ने भावलाई विस्तृतीकरण गर्दा हामी भिक्षुक, याचक, भिखारी, मगन्ते, आशामुखी, जोगी, शरणागत जस्ता विशेषण भेट्टाउँछौँ । हामी सबै धेरथोर माग्ने नै हौँ जस्तो लाग्छ मलाई । तपाईंलाई नि ? कुनै पात्रमा भिक्षा थाप्नु । हात थाप्नु । केही कुराको याचना गर्नु । देला पाइएला कि भनी आस गर्नु । यी सबै मगन्तेपनकै अनेक रूप हुन् । यही
तीनदिने कला प्रदर्शनी ‘सम्बन्ध’
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक सिमाना चिरस्थायी भएको बताउनुभएको छ । काठमाडौँमा नेपाल र भारतका कलाकारबिच ‘सम्बन्ध’ शीर्षकमा तीन दिने कला प्रदर्शनीमा राईले कलाको भाषा अन्तर्राष्ट्रिय भाषा भएको विवेचना गर्नुभयो । उहाँले राजनीतिक र भूगोलले नेपाल र भारत भए पनि दुई देशको सांस्कृतिक सिमानाले दुई देशबिच अविछिन्न सिमाना निर्धारण गरेको बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा पोखरेलले कला प्रदर्शनी मात्रै नभएर मुलुकहरू बिचको सम्बन्ध नाट्य सङ्गीत र लेखकको सम्बन्धलाई पनि प्रगाढ बनाउन सकिने बताउनुभयो ।
भाषा, साहित्यको मायाले थाक्छौँ
नेपाली भाषा, साहित्य र संस्कृतिले विस्तारै विश्व साहित्यको रूप लिन थालेको छ । नेपाल मात्र नभएर भारत, म्यान्मार, बङ्गलादेश, युरोप, अमेरिकाका विभिन्न मुलुकमा नेपालीको बसाइँसराइले गर्दा नेपाली साहित्यको विस्तार द्रुत गतिमा भइरहेको छ । नेपाली भाषीको बसाइँसराइसँग नेपाली भाषा, साहित्य, संस्कार पनि विस्तार हुँदै गएको छ ।
गीतकार लोकराज अन्तर्राष्ट्रिय अवार्डमा मनोनीत
अमेरिकाको एटलान्टामा आगामी अगष्ट २४ मा हुने छैटौँ आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट सञ्चारकर्मी एवं प्रसिद्ध गीतकार लोकराज अधिकारी मनोनीत हुनुभएको छ ।
सम्बन्ध कला प्रदर्शनी (फोटो फिचर)
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठामा ‘सम्बन्ध’ कला प्रदर्शनी २०८० सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा जरा फाउन्डेसन नेपालको सहकार्यमा प्रदर्शनी बिहीबारबाट सुरु भएको छ ।
मैथिली भाषामा रामायण
मैथिली भाषामा पहिलो पटक रामायण प्रकाशित भएको छ । यसअघि नेपाली, हिन्दीलगायतका भाषामा प्रकाशित रामायण मैथिली भाषामा पहिलो पटक अर्चना झाले लेख्नु भएको हो । सो रामायण नेपाल र भारतमा मैथिली भाषीलाई लक्षित गरी रचना गरिएको अर्चनाकृत रामायणका रचयिता झाले बताउनुभयो । भगवान् राम र सीताका चरित्रका बारेमा जान्न चाहने, अध्ययन गर्न चाहने जोकोहीका लागि पनि मैथिली सरल भाषामा लेखिएको रामायणमा जनकपुरधामको गाथासँग पनि जोडिएको छ ।
बुढ्थापाको गीतिनाटक ‘प्रतिज्ञा’ विमोचन
वि.सं २०३८ सालमा लेखिएको गीतिनाटक ‘प्रतिज्ञा’ को तेस्रो प्रकाशन विमोचन गरिएको छ । जुम्लामा सुर्खेत–जुम्ला उच्च अदालत इजलासका न्यायाधीश कैलाश गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यबाट लेखक ७७ वर्षीय रामकृष्ण बुढ्थापाद्वारा लिखित नाटकको विमोचन गरिएको हो ।
‘शाडेनफ्रोएडा’ विमोचन
कवि विप्लव प्रतीकको नयाँ पुस्तक ‘शाडेनफ्रोएडा’ विमोचन गरिएको छ । सङ्गीतकार न्ह्यु वज्राचार्य, अभिनेता सुनील थापा र साङ्गीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आमपाठकमाझ यसलाई पस्केको घोषणा गर्नुभयो । पुस्तकमा जापानबाट उत्पन्न विधा हाइकुले नेपाली कवि विप्लवका मर्म समेट्दै अघि बढेका देखिन्छन् भने यसले काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीको ‘शाडेनफ्रोएडा’ लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ ।
प्राथमिकताको कुन तहमा साहित्य ?
सरकारी संयन्त्रहरू आव ०८१/८२ को बजेट निर्माणमा जुटेका छन् । सङ्घीय संसद्को बर्खे अधिवेशनमा सरकारी नीति तथा कार्यव्रmम सार्वजनिक हुने छ । आगामी आव (०८१/८२–०८५/८६) देखि १६ आँै योजना लागु हुँदै छ । यसै बि
जीवनलाई मिठास बनाउने साहित्य सृजना गरौँ : पूर्व मन्त्री पोखरेल
पूर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोख्रेलले साहित्य जीवनलाई उदास, निराश भन्दा मिठास र उत्साहित बनाउने खालको साहित्य सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।
जीवनको यथार्थता झल्किने कला
पाँचदिवसीय बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८० मा कलाकार टासी सलका शेर्पाको स्थापना कलाले धेरैको ध्यान खिच्न सफल भएको छ । प्रदर्शनीमा ट्याटु कला र स्थापनाको अद्वितीय मिश्रण मिसिएको छ । ‘मरी लानु के छ र ? के साथमा लिएर जाने छौँ ?’ उक्त श्मशानमा सुताइएको व्यक्तिले स्थापना, मृत्युदर र भौतिक सम्पत्तिको नश्वरताको विश्वव्यापी विषयवस्तुलाई समाहित गर्ने कोसिस गरेको छ । ट्याटु र घाउको दागले सजिएको उक्त लास ओछ्यानमा आराम गरेको चित्रको मार्मिक चित्रणको माध्यमबाट कलाकृतिले दर्शकलाई जीवनको क्षणिक प्रकृति र अमूर्त विरासतको स्थायी महत्वलाई चिन्तन गर्न चुनौती दिन्छ ।
भाषा र संस्कृतिले जोड्दै नेपालीमन
हाल दुबईमा एरोनोटिकल इन्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो ।
ए फूल !! (निबन्ध)
तिमी फूल हौ । साँच्चै फूल हौ, तिम्रो पहिचान नै फूल । यस अर्थमा तिमी फूलको अलावा अरू केही होइनौ । कदाचित, तिमीले आफूलाई काँडा हुँ भन्यौ भने पनि म तिमीलाई फूल नै भन्छु । काँडाका रूपमा देख्न सक्तिनँ, काँडा भनेर सम्बोधन गर्न सक्तिनँ । भन्ने त्यही नै होइन र, जो देखिन्छ ! हो, दृष्टिकोण फरक हुन सक्छ, हेराइ अलग हुन सक्छ तर यसको अर्थ यो कदापि होइन कि हेर्नेले आफ्नो दृष्टिकोण बनाएर हेर्दा यथार्थ नै बदलियोस् ! वास्तवमा सत्य त त्यही हो, जो देखिन्छ ।
नेपाल–अङ्ग्रेज युद्धको बखान
युद्ध चलिरहेको समयमा केही नियम हुन्छन् वा बनाइन्छन् । युद्ध कुन विषयबाट र कसरी सुरु हुन्छ भन्ने विषयको अनुमान पहिल्यै नभए जस्तै अन्तिम समयसम्ममा कति क्षति हुन्छ भन्ने यकिन गर्न गाह्रो हुन्छ । अक्टरलोनीले हेटौँडामा चन्द्रशेखरलाई भने जस्तै आज के कुरा मान्न सकिन्छ, भोलिको दिनमा त्यो मान्न नसक्ने अवस्था आउन सक्छ । युद्धको समयमा हरेक समय र रणनीति महìवपूर्ण हुन्छ र जित्नकै लागि लडाइँ लडिन्छ । खोजपत्रकार मोहन मैनालीको लेखनमा प्रकाशित पुस्तक ‘मुकाम रणमैदान’ मा नेपाल अङ्ग्रेज युद्धकै बखान गरिएको छ । यस पुस्तकमा नालापानीबाट १८७१ साल कात्तिक १० गते सुरु भ
सोलढुङ्गा (लघुकथा)
तल खोला बगिरहेको थियो । दुमालीछालाई आफ्नो घर गोठ पहिरोले लाने हो कि ? सधैँ त्रास मनमा थियो । कहिलेकाहीँ पहिरो हेरेर आफैँ तर्सन्थ्यो । बेहोस भएको अनुभव गथ्र्यो । वारिपारि ठुला भिरपहरा देखेर बेचैन हुन्थ्यो । आफ्नो प्राणभन्दा प्यारो छोराछोरीलाई केही नहोस् भनेर माटोलाई ढोग्दै अनुनय गथ्र्यो । प्रायः सधैँ घरको आँगनमा निस्केर माथि देखिने अग्लो पहाडलाई हेर्दै निरस हुन्थ्यो । वर्षायाममा झन् उसले त्रासमा दिनरात काट्थ्यो । अनि ! दोवां नोक्छौँसँग याचना गथ्र्याे । याचना गरेको पल आत्मा शान्त हुन्थ्यो । विश्वासले मनको त्रास भागेको हुन्थ्यो । जब आकाशमा कालो बादल मडारिएर आउँथ्यो । पानी झर्ला जस्तो हुन्थ्यो । आफ्नो घर पहिरोले बगाएर लाने हो कि ? भयले आक्रान्त हुन्थ्यो । वर्षौदेखि दुमालिछाको जीवन यसरी नै बित्दै गयो । समयहरू फेरिँदै आयो ।
पुरस्कार (लघुकथा)
“सर, नमस्कार । हाम्रो पब्लिकेसनको वार्षिकोत्सवमा मैले उत्कृष्ट रिपोर्टरको पुरस्कार पाएँ । हजुरले हिमाली जिल्लाहरूको समाचार, अन्तर्वार्ता र विविध लेखरचना तयार पार्न मलाई धेरै सहयोग गर्नुभयो । कहिले झर्नुहुन्छ त तलतिर ? आउँदा भेट्नुहोला है” फेसबुक म्यासेन्जरमा पत्रकार बहिनीको म्यासेज आयो । “ल बधाई छ नानी, म धेरै खुसी छु” मैले जवाफ पठाएँँ । हिउँ पर्न थालेपछि तल अर्थात् छिमेकी जिल्ला झरियो र उनलाई भेटियो । उनले क्याफेमा गएर कुरा गर्न खोजिन । गाह्रो मानी मानी म उनीसँगै गएँ । “सर, तपाईं त इन्जिनियर भएर पनि साहित्य र पत्रकारितामा यति राम्रो दखल राख्नुहँुदो रहेछ । अरू जिल्लामा पनि यो काम गर्नुभएको थियो ?” उनले जिज्ञासा राखिन् । “हो, मैले ताप्लेजुङदेखि दर्चुलासम्मका नौ जिल्लामा यस्तो काम गरिसकेको छु
मैनाली र कथा दिवस
आज देवीरमणको गति त्यस बालक छात्रको जस्तो थियो, जो पहिलो दिनको पाठ बिर्सेर अबेला गुरुकहाँ पुग्दछ अर्थात् कथाकार गुरुप्रसाद मैनालीका यी सुन्दर अभिव्यक्ति ८६ वर्षअघि नासो कथाको माध्यमद्वारा नेपाली साहित्य समाजका पाठकसामु सार्वजनिक भएको हो । ऐतिहासिक साहित्यिक पत्रिका शारदामा संवत् १९९२ सालमा ‘नासो’ शीर्षकको कथा प्रकाशित भएपछि मैनालीको साहित्ययात्रा प्रारम्भ भएको थियो । उनले जीवनमा थोरै मात्र कथा लेखे तर ती सबैले उत्कृष्टताको मापन कायम गरे । उनका सबै कथा–सिर्जनाले उच्चताको शिखर चुमेका छन् । कुनै पनि विषयवस्तुमा कथा सिर्जना गर्नुपूर्व कथानक घटनाको क
मित्रताले बाँधेको कलाको गाँठो
गत महिना नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान गुल्जार थियो । नेपाली र युरोपेली मुलुक जर्मनीका कलाकारका कलाले प्रतिष्ठानको ग्यालरी पुग्ने दर्शकलाई आफूतर्फ आकर्षित गरिरहेको थियो । कला कार्यशालामा सृजित कला र कलाकारको स्टुडियोमा गरिएका कलासमेत गरेर ग्यालरीका सम्पूर्ण भित्ता सिँगारिएका थिए । नेपाल र जर्मनीका नागरिकबिचको मित्रतालाई सो कार्यशालाले अझ प्रगाढ बनाउन खोजिरहेको थियो । गत माघ २२ गते अन्तर्राष्ट्रिय कला कार्यशाला सम्पन्न भयो । सो कार्यशालामा नेपालका प्रतिष्ठित साथै उदयीमान कलाकारहरू र जर्मनीका आठ जना ख्यातिप्राप्त कलाकार गरी ४० जनाको सहभागिता थियो । कार्यशालालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना र व्यवस्थापन गरेको थियो ।