साढे पाँच अर्बको दुर्लभ नीलो हीरा
स्विट्जरल्यान्डको जेनेभास्थित क्रिस्टिज लिलाम घरले एकदमै दुर्लभ प्रकृतिको नीलो रङको हीरा साढे पाँच अर्ब रुपियाँमा बिक्री गरेको छ । औँठीमा जडिएको र लाम्चो नासपाती जस्तो आकार भएको १७.६१ क्यारेट तौल भएको हीरालाई ‘ब्लु रोयल डायमन्ड’ भनिन्छ ।
आकाश किन नीलो देखिएको ?
वास्तवमा आकाश भनेकै पृथ्वी वरिपरि हावाको ढकनी हो। सूर्यको प्रकाशबाटै आकाशले रङ प्राप्त गर्छ । पृथ्वीको वायुमण्डल बाहिर हावा र अन्तरिक्षको रङ हुँदैन तर सूर्यको प्रकाशमा इन्द्रधनुषमा पाइने सबै रङ हुन्छ । जब सूर्यको प्रकाश हावा हुँदै छिर्छ ती रङ छरिन्छन् । नीलो रङ बढी छरिन्छ । उक्त नीलो रङ हाम्रो आँखामा पर्छ र हामी आकाश नीलो देख्छौँ ।
रुखको उमेर कसरी पत्ता लगाउने ?
रुख जतिजति बूढो हुँदै गयो उतिउति यसको बोक्राभित्रको गिँड मोटो हुँदै जान्छ । त्यसैगरी गर्मी ठाउँको रुखभन्दा जाडो ठाउँको रुख कडा हुन्छ । यसले गर्दा रुखको भित्र रिङ अर्थात् चक्र जस्तो संरचना बन्दछ । यी रिङ खैरो या घिउ रङका हुन्छन् । यसको बीचको भागलाई पीठ भनिन्छ । गिँडमा रहेको रिङ गनेर रुखको वास्तविक उमेर पत्ता लगाइन्छ ।
यस कारणले पनि हुन्छ पिसाबको सङ्क्रमण
मूत्रप्रणालीको सङ्क्रमण प्रायः महिलालाई अधिक हुन्छ । यसका अनेक कारण हुन सक्छन् । यस्तैमा अमेरिकाको वेक फरेस्ट बापटिस्ट मेडिकल सेन्टरले गुप्ताङ्ग वरिपरि धेरै चिलाउने तथा रातो दाग उत्पन्न भएमा महिलालाई मूत्र प्रणालीको सङ्क्रमण हुने जोखिम बढ्ने जनाएको छ । थेराप्युटिक एड्भान्स इन युरोलोजी अनलाइनमा यस अनुसन्धानको विवरण प्रकाशित गरिएको थियो ।
चिकित्सकले किन बिरामीको नाडी छाम्छ ?
मानिसको मुटु हरदम चलिरहन्छ । मुटुको प्रत्येक धड्कनसँगै धमनी हुँदै शरीरमा रक्तसञ्चार हुने गर्छ । मुटको यही खुम्चिने र फुक्ने क्रियाले नै धमनीमा स्पन्दन पैदा गर्छ । चिकित्सकले नाडी छामेर मुटुको धड्कन गन्न सक्छन् । धड्कनले नाडीको दर निर्धारण गर्छ । मुटु कत्तिको धड्किँदैछ र कत्तिको बलियो छ भन्ने कुरा नाडीले नै बताउँछ । यदि नाडीको
किन मान्छेपिच्छे औँठाछाप फरकफरक हुन्छ ?
सुन्दा अचम्म लाग्न सक्छ जुम्ल्याहा सन्तान या उस्तै देखिने मान्छेमा समेत एकै किसिमको मिल्ने औँठाछाप हुँदैन । यही तथ्य रहस्य पत्ता लगाउन अपराध अनुसन्धान गर्न र चोर पक्रिनमा उपयोगीसिद्ध भएको छ । मानिसको छालाको तन्तुका दुई तह हुन्छन् । भित्री तह बाक्लो हुन्छ जसलाई कोरियम भनिन्छ भने बाहिरी तहलाई एपिडेर्मिस भनिन्छ, जुन पातलो हुन्छ । चिसो रगत हुने प्राणीका छालाका यी दुई तह एकआपसमा टम्म मिलेका हुन्छन् र पर्वतका प्याटर्न देखिन्न तर मानिसमा भने निश्चित आकारको प्याटर्न निर्माण भएको हुन्छ । जसले गर्दा मान्छेपिच्छे औँठाछाप फरकफरक हन्छ । औँठाछापको वर्गीकरण गर्ने पद्धतिको विकास एड्वार्ड हेनरीले गरेका थिए ।
जोखिम छ भिपिएन प्रयोगमा
सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाइएपछि नेपालमा भिपिएनको चर्चा एकाएक चुलिएको छ । गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकले टिकटक प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । नियमित रूपले नेपालभित्र टिकटक चल्न छाडेपछि त्यसका कतिपय प्रयोगकर्ता वैकल्पिक उपायको खोजीमा फ्रि भिपिएन, प्रोक्सी, ओपन डिएनएस तथा निःशुल्क एप डाउनलोड गरेर त्यसमा पहुँच राख्न थाले । साइबरविज्ञहरूले इन्टरनेटमा उपलब्ध हुने फ्री भिपिएन, प्रोक्सी, ओपन डिएनएस तथा निःशुल्क एप चलाउँदा डाटा सुरक्षाको जोखिम हुन सक्ने भन्दै प्रयोगकर्तालाई
बहुउपयोगी बाबरी फूल
नेपाल प्राकृतिक स्रोतसाधन र सुन्दरताले भरिपूर्ण छ । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेका प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वन र त्यहाँभित्र पाइने जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटी वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको अद्वितीय उपहार मान्न सकिन्छ ।
पानी पिउनुहोस्, स्वस्थ रहनुहोस्
हरेक दिन बिहानै उठेर मनतातो पानी कम्तीमा एक–डेढ गिलास र बढीमा तीन–चार गिलास पिउने गरेमा हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुग्छ । अचेल चिकित्सक र जनस्वास्थ्य विद्हरूले राति सुत्नुअघि पनि मनतातो पानी एक–डेढ गिलास पिउन सल्लाह दिने गरेका छन् । हाम्रो शरीरमा पानीको ज्यादै महत्व रहेको छ तर पनि हामीले बिहान उठेर खाली पेटमा मनतातो अथवा चिसै पिउन सक्नेले चिसै भए पनि पानी पिउन खोज्दैनौँ, किन ?
उजिरसिंहले चलाएको भगवती जात्रा
हामी पुर्खाको पौरखमा निर्मित स्वतन्त्र तथा सार्वभौम देशमा रमाइरहेका छौँ । देशका लागि त्याग गरेका तर देशले चिन्न नसकेका व्यक्तिहरू पनि यो मुलुकमा छन् । नेपालको अस्तित्व रक्षामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिमध्येका एक पुरुषार्थी हुन् कर्णेल उजिरसिंह थापा । रणबहादुर शाहको समयमा बलपूर्वक नसकी छलपूर्ण तरिकाले भए पनि पाल्पा राज्य (विसं १८६१) लाई नेपालमा विलय गराइयो तर पाल्पा राज्य अन्तर्गत पर्ने बुटबल र स्युराजलाई अङ्ग्रेजले आफ्नो हो भनी दाबी गर्यो । अङ्ग्रेजको चाहना पाल्पालाई कब्जा गरी पश्चिम नेपाललाई राजधानीबाट विच्छेद गर्ने र तराईको कृषियोग्य भूमि कब्जामा लिने थियो ।
भूताहा गुडिया
अलौकिक क्षेत्र । भूत–प्रेत र पिशाचको घर । यस क्षेत्रमा केही यस्ता पात्र र कथा अस्तित्वमा छन्, जो सार हो सम्पूर्ण भयको र त्यसलाई पहिचान दिइएको छ– एनाबेल । उनको नाम र प्रतिरूप प्रेत साधनासम्बन्धी चलचित्र शृङ्खलाबाट प्रसिद्ध भयो । उनी अँध्यारो, अलौकिक घटनासँग सम्बन्धि कथाको पर्याय नै बनिसकेकी छन् । एनाबेल अचेल एक किसिमले घरेलु नाम बनेको छ । वास्तवमा उनी डरलाग्दो र बेचैन बनाइदिने एकोहोरो हेराइले प्रसिद्ध छिन् । हलिउडको क्यामराको चकमन्न उज्यालोमा एनाबेल
द्रोणाचार्यका सन्तान दनुवार
नेपालका अधिकांश जातिले आफूलाई कुनै न कुनै भगवान् वा ऋषिका सन्तान मान्दछन् । नेपाली समाजमामा प्रचलित गोत्र तथा जातिको नामकरणले पनि यस्तो दाबी पुष्टि गर्छ । दनुवारहरू आफूहरूलाई द्रोणाचार्य ऋषिका सन्तान भएको दाबी गर्छन् । हुन त कतिपयले दुन क्षेत्रमा बसोबास गरेकाले दनुवार नामकरण भएको विश्वास गर्छन् तर दुन शब्दको प्रयोग धेरै पछि भएको विश्वास गर्ने हो भने यो आधार त्यति विश्वासिलो लाग्दैन । केही दनुवारले आफूलाई मध्यकालीन नेपालको सिम्रौनगढ राज्यका राजा नान्यदेवका सन्तान भएको बताउँछन् ।
पेनी लिक्समा खाइन्थ्यो आइसक्रिम
आइसक्रिम कोन (शङ्कु) ले कसरी रोगको असर कम गर्न मद्दत गर्दछ ? आइसक्रिम कोनको आविष्कार हुनुपहिले आइसक्रिमलाई ‘पेनी लिक्स’ भनिने पुनः प्रयोगीय सिसाका भाँडामा राखेर खान दिइन्थ्यो । जसबाट रोग फैलने र मानिस बिरामी पर्ने गर्थे किनभने ग्राहकले आइसक्रिम खाएपछि ती भाँडा पखालिँदैनथ्यो ।
बान्ता हुँदैमा आत्तिनु पर्दैन
बालबाललिकाले बिनाकारण वाकवाक र बान्ता गरेको हामीले देखेको हुनु पर्छ । विशेषगरी खाना खाने बेलामा वा खाना खाएपछि बच्चाले वाकवाक र बान्ता गर्छन् । हामीले बुझ्नु पर्ने कुरा के हो भने धेरै बालबालिकामा यो समस्या कुनै रोगले उत्पन्न भएको हुँदैन । सामान्य होसियारीले यो समस्याको समाधान घरमै हुन सक्छ र समस्या बल्झिएन भने औषधि खुवाउनु जरुरी पनि छैन । पेटमा भाइरसको सङ्व्रmमणले बालबालिकालाई वाकवाकी लाग्न सक्छ । बच्चामा वाकवाकी लाग्नुको यो एउटा प्रमुख कारण हुन्छ । साथै पेटमा समस्या ल्याउने केही समस्या तथा श्वासप्रश्वास प्रणाली, कान, छातीमा सङ्क्रम
विकिरणको प्रभावले तस्बिर दानेदार
सन् १९८६ अप्रिल २६ मा चेर्नोबिलमा विस्फोट भएको थियो । त्यसको १४ घण्टापछि चेर्नोबिलको जुन पहिलो तस्बिर खिचियो, यो त्यही हो । दुर्घटना भएको क्षेत्रमा विकिरणको स्तर मापन गर्न गएको हेलिकोप्टरबाट यो तस्बिर खिचिएको थियो । वायुमा विकिरण अत्यधिक भएका कारण तस्बिर दानेदार छ । क्यामराले तस्बिर खिच्न लाग्दा विकिरणका कारणले त्यसको रिल नै नष्ट हुन थालेको थियो । सो तस्बिर खिच्ने इगोर कोस्टिनले २० जति तस्बिर के खिचेका थिए क्यामराको मोटरमा नै विकिरणको प्रभाव पर्न थाल्यो । जब उनले रिलबाट तस्बिर तयार पार्न था
सन् २०२३ नोबेल पुरस्कार विजेता
वार्षिक रूपमा प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो नोबेल । यो पुरस्कार एक स्विडेनी आविष्कारक, इन्जिनियर तथा उद्योगपति अल्फ्रेड नोबेलको नाममा सन् १८९६ मा स्थापना गरिएको थियो । नोबेल पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, फिजियोलोजी वा मेडिसिन, साहित्य, शान्ति र आर्थिक विज्ञान विधामा प्रदान गरिन्छ । यी पुरस्कार हरेक वर्ष अल्फ्रेड नोबेलको मृत्यु भएको दिन डिसेम्बर १० मा स्टकहोमर ओस्लोमा आयोजित समारोहमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कार ओस्लोमा प्रदान गर्ने प्रचलन रहिआएको छ ।
मलमूत्रले उपचार !
मानिसलाई आफ्नो सरसफाइमा ध्यान दिन सर्वप्रथम आफ्नो मलमूत्रमा विशेष ध्यान दिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । मलमूत्र चलाएमा राम्ररी हातगोडा धुने र मलमूत्रको व्यवस्थित विसर्जन गरिनु पर्ने सर्वमान्यता पनि छ । अन्यथा रोग सर्ने र वातावरण दूषित हुने गर्छ । अन्य व्यक्तिको मल (दिसा) लाई आफ्नो शरीरमा प्रवेश गराई उपचारात्मक लाभ लिन सकिने अवधारणा विकास भएको थाहा पाउँदा अचम्म मान्नु हुन्छ होला तर दिसामा हुने ब्याक्टेरियालाई शरीरमा प्रत्यारोपण गरी आन्द्राका कतिपय समस्या समाधान गर्न सकिने देखिएको छ । आन्द्रामा रहेका हितकारी ब्याक्टेरियाले शरीरको प्रति
गर्भसँग जोडिएको क्यान्सर
कोरिओकार्सिनोमा जेस्टेसनल (गर्भसँग सम्बन्धित) ट्रोफोब्लास्टिक डिजिज (रोग) कै एक प्रकार हो । कोरिओकार्सिनोमा बिरलै हुने क्यान्सरमा गनिन्छ, जुन असामान्य गर्भका रूपमा विकसित हुन्छ । यस्तो असामान्य वृद्धि गर्भावस्थाको आरम्भिककालमा पाठेघरभित्रबाट सुरु हुन्छ । कोरिओकार्सिनोमालाई कोरियोब्लास्टोमा, कोरियोइपिथेलिओमा, जेस्टेसनल ट्रोफोब्लास्टिक, निओप्लासिया वा ट्रोफोब्लास्टिक ट्युमर पनि भनिन्छ । कोरिओकार्सिनोमा र मोलार गर्भबीच के भिन्नता छ भने कोरिओकार्सिनोमा गर्भ प्रक्रियाको
नेपाल दोस्रो पटक विश्वकपमा
नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छानिन सफल भएको छ । काठमाडौँमा भएको विश्वकप टी–२० को एसिया छनोट अन्तर्गत प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल दोस्रो पटक विश्वकपमा छानियो । नेपालले सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेटस (युएई) लाई आठ विकेटले हराएको थियो ।
लोप भयो समुद्री गाई
आमरूपमा समुद्री गाई भनिने एउटा जीव चीनबाट लोप भएको छ । सामुद्रिक स्तनधारी जीव डुगोङ्ग लोप भएको घोषणा वैज्ञानिकहरूले गरेका छन् । शताब्दीयौँदेखि रेकर्डमा रहेको यो जीव दुई दशकयता नदेखिएको वैज्ञानिकहरूको भनाइ छ । वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले हालै यस विषयमा अनुसन्धान गरेको थियो । चार वटा चिनियाँ प्रान्तमा स्थानीय माछा मार्ने समुदायमा सर्भेक्षण गरी हराएको डुगोङ्ग जीवका बारेमा सबुत खोज्ने प्रयास गरियो ।
राजाविरुद्ध बोल्न नपाइने देश
दक्षिणपूर्वी एसियाली मुलुक थाइल्यान्डमा राजाको विरोध र आलोचना गर्न पाइँदैन । त्यहाँ राजाको मात्र होइन राजपरिवारका सदस्यको समेत विरोध र आलोचनामाथि रोक लगाइएको छ । राजतन्त्रमा सुधारको माग गर्ने मानवाधिकारकर्मी वकिल आनोन नाम्पा अहिले जेलमा छन् । उनलाई चार वर्षको जेल सजाय तोकिएको छ । सन् २०२० को अक्टोबरमा भएको प्रदर्शनमा नाम्पाले गरेको टिप्पणीका कारण बैङ्ककको एक अदालतले उनलाई दोषी ठहर ग¥यो । त्यसै गरी आन्चन नाम गरेकी थाई महिलालाई ४३ वर्ष जेल सजाय गरिएको छ ।
फेरियो गाउँले शैली
काठमाडौँबाट पूर्व एक नम्बरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखासम्मका गाउँमा बनेका घिउ, नौनी, पनिर र छुर्पी विगतमा काठमाडौँ उपत्यकामा सहजै पाइन्थ्यो । अझ चाडपर्वमा दूध–दही छेलोखेलो हुन्थ्यो। एकाध परिवारको मात्र विशेष कारणले दूध–दही हुँदैनथ्यो । अहिले गाउँमा अवस्था उल्टिएको छ । एकाध परिवारमा मात्र दूध–दही भेटिन्छ । जसको घरमा पाखुरा दह्रो भएको मान्छे सहर र विदेश पसेको छैन उसका घरमा मात्रै दूध–दही दिने गाई–भैँसी देखिन्छन् ।
हिटलरलाई चिढ्याउने भर्साइलको सन्धि
मानव इतिहासमा पहिलो विश्व युद्धझै दोस्रो विश्वयुद्ध पनि उत्तिकै कलङ्कका रूपमा रहेको छ । दोस्रो विश्वयुद्धले सारा विश्वलाई तहसनहस पारेको थियो । युद्धका कारण ठूलो जनधनको क्षति भयो । युद्धले करोडौँ निहत्था मानिसको ज्यान लिएको थियो । लाखौँ मानिस अपाङ्ग, घाइते र घरबारविहीन बनेका थिए, लाखौँ बालबालिका टुहुरा भए ।
नचिनिएका अमृत
स्वास्थ्य नै धन हो ।’, यो कथन जति सरल छ त्यति नै मार्मिक र अर्थपूर्ण पनि छ । ‘भौतिक धन’ जीवनभोगका लागि हो भने ‘स्वास्थ्य–धन’ स्वस्थ र सुखी जीवनयापनका लागि हो । ‘भौतिक धन’ र ‘स्वास्थ्य–धन’ बीच एक हदसम्म नाता रहे पनि स्वास्थ्य–धनको उचाइ भौतिक धनले प्राप्त गर्न सक्दैन । कोही दीर्घरोगी बनेर थलिनुपर्ने अवस्था आयो भने भौतिक धनले मात्र धेरै सुख दिँदैन । शरीर स्वस्थ रहे ‘भौतिक धन’ आर्जन गर्न सकिन्छ तर ‘भौतिक धन’ बाट ‘स्वास्थ्य–धन’ आर्जन हुन्छ भनेर किटान गर्न