नचिनिएका अमृत
स्वास्थ्य नै धन हो ।’, यो कथन जति सरल छ त्यति नै मार्मिक र अर्थपूर्ण पनि छ । ‘भौतिक धन’ जीवनभोगका लागि हो भने ‘स्वास्थ्य–धन’ स्वस्थ र सुखी जीवनयापनका लागि हो । ‘भौतिक धन’ र ‘स्वास्थ्य–धन’ बीच एक हदसम्म नाता रहे पनि स्वास्थ्य–धनको उचाइ भौतिक धनले प्राप्त गर्न सक्दैन । कोही दीर्घरोगी बनेर थलिनुपर्ने अवस्था आयो भने भौतिक धनले मात्र धेरै सुख दिँदैन । शरीर स्वस्थ रहे ‘भौतिक धन’ आर्जन गर्न सकिन्छ तर ‘भौतिक धन’ बाट ‘स्वास्थ्य–धन’ आर्जन हुन्छ भनेर किटान गर्न
कृत्रिम गर्भबाट बच्चा
कृत्रिम गर्भबाट बच्चा जन्माउने कुरा सुन्दा निकै रोचक र साइन्स फिक्सनमा देखाइने दृश्य जस्तै लाग्छ । यस्तै सोचाइमा आधारित रहेर सन् १९९९ मा बनेको एक हलिउड चलचित्र ‘म्याट्रिक्स’ मा मानिस कारखानामा उत्पादन भइरहेको दृश्य देखाइएको थियो । त्यतिबेला यस कुराले त्यस चलचित्र हेर्ने सबैलाई चकित पार्यो । यस्तो पनि हुन्छ र ? यो भयो भने त विज्ञानको ठूलो उपलब्धि र चमत्कार नै मान्नुपर्ने हुन्छ भन्ने एकातिर भए भने अर्कोतर्फ विज्ञानले मानव अस्तित्वमै खतरा निम्त्याउन लाग्यो भन्ने भए ।
दिगो विकासका लक्ष्य
पछिल्लो समय राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेको दिगो विकास लक्ष्यको चर्चा छ । सरकारी स्तरमा दिगो विकासका लक्ष्यबारे छलफल भए पनि जनस्तरमा यस बारेमा खासै जानकार छैनन् । जनस्तरमा यस विषयमाथि पर्याप्त छलफल भएको छैन । वर्तमान विश्वमा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि जस्ता नयाँ समस्या झेलिरहेको विश्वका हरेक मानिसले दिगो विकास लक्ष्यबारे जानकार हुनु जरुरी छ ।
दिमाग नष्ट गर्ने बानी
१. व्यायाम नगर्नु। व्यायाम गर्दा ‘ब्रेन–डराइभ्ड न्युरोट्रोफिक फ्याक्टर’ वृद्धि भएर स्मरण र सिकाइ शक्ति बढ्छ। २. भुँडे हुनु। पेटमा धेरै बोसो लागेमा ‘इन्फ्लामेसन’ हुन्छ। जसले गर्दा मस्तिष्क खुम्चिन्छ। शरीरमा धेरै बोसो भएको खण्डमा मस्तिष्कको ‘ग्रे म्याटर’ कम हुन जान्छ। ‘ग्रे म्याटर’ यस्तो तत्व हो जसले हाम्रो शारीरिक गति
गौरवशाली नेपाली मन्दिर
भारतमा विहारको हाजीपुर, कोनहाराघाट नजिकै रहेको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक महत्वको ‘नेपाली मन्दिर’ यतिखेर ज्यादै जीर्ण अवस्थामा छ । इतिहास, कला र संस्कृतिमा रुचि राख्ने जो कोहीका लागि उदाहरणीय बनेको यो मन्दिर प्रत्येक नेपालीका लागि विशेष गौरवको विषय हुनु अस्वाभाविक होइन ।
२८ वर्ष गुप्तवास
द्वितीय विश्वयुद्धमा लडेका एक जापानी सिपाहीले २८ वर्ष गुमनामीको जीवन व्यतीत गरे । उनी सबैको सम्झनाबाट समेत विलिन भइसकेका थिए तर एक दिन आफूले तयार पारेको विचित्रको गुप्त संसारबाट उनी यस संसारमा देखिए, पत्याउनै गाह्रो भयो । कुरा हो ५२ वर्ष पहिलेको । प्रशान्त महासागरमा अवस्थित गुआम टापुमा जनवरीको एक दिन सिकारको खोजीमा भौँतारिरहेका दुई जना सिकारीले दुर्गम जङ्गलको खोलामा हातले बनाइएको झिङ्गेमाछा मार्न जाल लगाउँदै गरेका जङ्गली जस्ता एक मानिस देखे । ती व्यक्तिले झुत्रे लुगा लगाएका थिए, चाउरिएका र दुर्बल देखिन्थे ।
बलिया वालुङ
ताप्लेजुङ जिल्लाको तमोर नदीको माथिल्लो भागमा पर्ने ओलाङ्चुङगोला मुख्य बसोबास क्षेत्र भएका वालुङलाई नेपाल सरकारले हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समूहमा सूचीकृत गरेको छ । स्थानीय भाषामा ओलाङ्चुङगोलालाई वालुङ भनिन्छ । ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लुङ्थुङ र लेलेपजस्ता ठूला पाँच गाउँ तथा अन्य ससाना केही गाउँको समूहलाई समग्रमा वालुङ भन्ने गरिन्छ । वालुङलाई होलुङ पनि भनिन्छ । यो उच्चारणको मात्र भिन्नता हो । सहजताका लागि यस क्षेत्रलाई गोला पनि भन्ने गरिएको छ । त्यहाँ बसोबास गर्ने मानिसलाई गोलाबारी पनि भनिन्छ ।
श्रमिकको दैनिक एक्स–रे गर्ने हीराखानी
दक्षिण अफ्रिकामा कुनै समय हीरा खानीमा काम गर्ने श्रमिकले हरेक दिन एक्स–रे गराउनु पर्दथ्यो । श्रमिकको स्वास्थ्यको अवस्था जान्न होइन शरीरमा हीरा लुकाएको त छैन भनी पक्कापक्की गर्न प्रत्येक दिन उनीहरूको एक्स–रे गरिन्थ्यो । सन् १९५४ मा दक्षिण अफ्रिकाको किम्बर्लेमा रहेको डी बियर्स हीरा खानीमा काम गर्ने श्रमिकले आफ्नो पालो सकाएर घर फर्कने बेला त्यहीँ रहेका रेडियोलोजिस्टले उनीहरूको एक्स–रे गर्दथे । सानो भन्दा सानो हीरा पनि झुक्याएर खानीबाट बाहिर लैजान नसकियोस् भनेर हरेक श्रमिकलाई एक्स–रेबाट गुज्रनु पर्दथ्यो ।
३३ वर्ष पुरानो चप्पल !
यो एक जोडी चप्पल ३३ वर्ष पुराना हुन् र यी इजिप्टका फारो तुतनखामुनको भएको बताइएको छ । काठले चप्पल बनाइएको छ र त्यसमा छालाको मोलम्मा चढाइएको छ । साथै सजाउनका लागि सुनको पत्र राखिएको देखिन्छ । चप्पलको बाह्य तलुवा प्लास्टरले बनाइएको तथा रुखका बोव्रmाले बनाइएको रेसाद्वारा सिलिएको छ ।