जमेको नदीमाथि उत्रियो विमान
रुसमा हालै पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीको भाग्य बलियो रहेछ । किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो । सो विमानमा ३० यात्रु र चार जना चालकदलका सदस्य थिए । यस घटनाले विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन ।
जापानको अनैतिक युनिट ७३१
सन् १९३९ देखि १९४५ सम्म विश्वले इतिहासको सबैभन्दा भयङ्कर यस्तो युद्ध देख्यो जसमा ३० भन्दा बढी देश आपसमा कटुता, कलह र रक्तपातको अवस्थामा पुग्दा मच्चिएको लडाइँले संसारभरि १० करोड मानिसको ज्यान गयो । इतिहास साक्षी छ युद्ध त्यस्ता कैयौँ उपकथाले भरिपूर्ण थियो जसका हरेक अध्यायले हाम्रो मानवताको साझा भावना खिल्ली उडाएको देखिन्छ । तर युद्धका सबै मोर्चामध्ये द्वितीय विश्वयुद्ध अवधिमा सबैभन्दा बढी शृङ्खलाबद्ध लडाइँ भएको प्रशान्त क्षेत्रमा भएका कारबाही सोचनीय छन् । इतिहासवेत्ताहरूले लेखेका छन् सन् १९३१ मा मन्चुरिया र सन् १९३७ मा चीनमाथि आक्रमण गरेर जापानले युद्ध थालनी गरेको थियो । यी हमलाले तत्काल यस्तो हलचल र उथलपुथल सुरु भयो जसले चीनको आधारशिला हल्लाइ
घातक हुन्छ मस्तिष्कको क्यान्सर
मानव शरीरको कुनै पनि भागमा अनियन्त्रित रूपमा कोषको वृद्धि हुनुलाई चिकित्सा भाषामा ट्युमर भनिन्छ । त्यसो भएर मस्तिष्कमा अनियन्त्रित रूपमा कोषिकाहरूको वृद्धि हुनुलाई ब्रेन ट्युमर भनिन्छ भने ‘मेलिग्नेन्ट’ खालको मस्तिष्कको ट्युमरचाहिँ मस्तिष्क क्यान्सर हो । कम हानिकारक ट्युमरलाई ‘बिनाइन’ र घातक खालको ट्युमरलाई ‘मेलिग्नेन्ट’ ट्युमरको कोटामा राखिन्छ । शरीरको अन्यत्र झैँ मस्तिष्कको हकमा पनि त्यही सिद्धान्त लागू हुन्छ । ‘बिनाइन’ छिट्टै नफैलिने खालको हुन्छ भने बिरलै मात्र क्यान्सरमा परिणत हुन्छ तर ‘मेलिग्नेट’ ट्युमर छिटो फैलिनुका साथै यसले अन्य गम्भीर समस्या पनि ल्याउँछ । मस्तिष्क कडा हड्डीभित्र सीमित ठाउँमा अवस्थित हुने भएकाले सानोभन्दा सानो ट्युमरले पनि अन्यत्रभन्दा जोखिम निम्त्याउँछ ।
खानाबाट पनि लाग्छ रोग
क्याम्पाइलोब्याक्टरले बर्सेनि करोडौँ मान्छेलाई सङ्क्रमित पार्छ । गुलियनबारे सिन्ड्रोमसँग यसको सम्बन्ध हुन्छ । यस सिन्ड्रोमले न्युरोमस्क्युलर पारालाइसिस गराउँछ । यसले गर्दा कोही व्यक्ति सधैँका लागि थला पर्छन् । ई. कोली ‘०१५७:एच७’ ले खाना सङ्क्रमित भएर विशेष गरी बालबालिका बढी प्रभावित हुने गरेका छन् । यसले हेमोलेटिक युरेमिक सिन्ड्रम उत्पन्न गर्न सक्छ । यस सिन्ड्रमले मिर्गौला
मोटोपना भएको कसरी थाहा पाउने ?
बडिमास इन्डेक्स (बिएमआई)द्वारा मानिस मोटो, दुब्लो वा ठिक्कको निक्र्योल गरिन्छ । कुनै मानिसको तौल (किलोग्राममा)लाई उसको उचाइ (मिटरमा)को वर्गले भाग गरी बिएमआई निकालिन्छ । यसको सूत्र हो– kg/m2 । बिएमआई २५ भन्दा बढी भएमा मोटो भएको मानिन्छ । बिएमआई ३० भन्दा बढी भएमा अति मोटो अर्थात् ‘ओबेज’ भनिन्छ । अफ्रिका र एसियामा बयस्क व्यक्तिको औसत बिएमआई २२–२
अन्तरिक्षमा कछुवा, मुसा र कीरा
इरानले कछुवा, मुसा र कीरा राखेर अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको छ । भविष्यमा अन्तरिक्षमा मानिस पठाउने तयारीस्वरूप उसले यी जीव राखेर अन्तरिक्षयान प्रक्षेपण गरेको हो। यो यानको नाम सलमान राखिएको छ। सलमान पृथ्वीबाट एक सय ३० किलोमिटरको उचाइमा रहेको कक्षसम्म गएको छ।
मध्यपूर्वको गहिरो सङ्कट
इजरायल र हमासबीचको जारी युद्धले मध्यपूर्वको शान्ति प्रक्रिया गम्भीर सङ्कटमा परेको छ । यो युद्ध लम्बिँदै जाँदा क्षेत्रीय युद्ध हुने खतरासमेत बढेको छ । प्यालेस्टिनी इस्लामिक समूह हमासका लडाकुको आक्रमणमा करिब १२ सय इजरायली मारिएपछि इजरायल हमास समाप्त पार्न युद्धमा होमिएको छ ।
नभई नहुने आयोडिन
आयोडिन’ भन्नेबित्तिकै मानव शरीरमा नभई नहुने लवण भन्ने बुझ्नु पर्छ । आयोडिनचाहिँ समुद्री नुनमा बढी पाइन्छ भने समुद्रमा पाइने माछाहरू माकारेल, स्न्यापर, सालमोन, ओइस्टर, कर्डफिस, सेलफिस, टुना आदिमा बढी मात्रामा आयोडिन पाइन्छ । पोषणविद्का अनुसार समुद्री लेउ र झ्याउमा पनि आयोडिन हुन्छ । त्यस्तै ब्रोकाउली, पालुङ्गो, बन्दागोभी, सलगम, रायो, चम्सुर आदिमा समेत धेरथोर मात्रामा आयोडिन पाइन्छ । अझ के भनिन्छ भने कुखुरा,
जब आकाशमै विमानको छत उड्यो
सन् १९८८ मा हवाईमाथिको आकाश उड्डयन इतिहासको एक अविश्वसनीय र विस्मयकारी घटनाको साक्षी बनेको थियो । अलोहा एयरलाइन्सको फ्लाइट–२४३ सँगको त्यो घटना चानचुने थिएन । उड्दाउड्दै त्यस विमानको संरचना नै ध्वस्त भएको थियो । चमत्कार नै मान्नु पर्छ विमानको छत नै उड्दा पनि चालकदलका सदस्यले विमानलाई सकुशल अवतरण गराए । मात्र एक जनाको त्यस घटनामा ज्यान गयो । अलोहा एयरलाइन्सको फ्लाइट–२४३ ले हवाई राज्यको एक टापु हाइलोबाट ओआहु टापुको होनोलुलु जान अन्तर्राष्ट्रिय उडानका लागि सन् १९८८ अप्रिल २८ अपराह्न प्रस्थान गरेको थियो । विमानमा चालकदलका पाँच जना र ९० यात्रु थिए ।
शक्ति राष्ट्रलाई थला पारेको आर्थिक महामन्दी
सन् १९३० को दशकमा विश्वले आधुनिक इतिहासकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नुपरेको थियो । ‘ग्रेट डिप्रेसन’ का नामले समेत चिनिने उक्त आर्थिक मन्दी सन् १९२९ देखि सन् १९३९ सम्म कायम रह्यो । महामन्दीले उपभोक्ताको मागमा कमी, ऋण वृद्धि, महँगीजस्ता समस्या सिर्जना गरेको थियो । औद्योगिक उत्पादनमा समेत कमी आयो ।
आकाशमा धुवाँको अक्षर
लोकजीवनमा एउटा बहुश्रुत भनाइ छ, “बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।” समाज उतिविधि व्यापार–परस्त नभएको समयमै चलेको यो भनाइ अहिलेको व्यापारिक युगमा झनै सान्दर्भिक हुन गएको छ । अचेल त हुने–नहुने सबै कुराको विज्ञापन गरी ग्राहक तान्ने प्रतिस्पर्धा भइरहेको छ ।
स्कुलमा एलियन
सन् १९७३ मा दुई जना मानिसले प्रहरीकहाँ गएर आफूहरूलाई एलियन (अज्ञात प्राणी) ले अपहरण गरेर लगेको दाबी गरे । प्रहरीले ठान्यो यी दुवैजना ढाँट्दै छन् । यसै कारण प्रहरीले दुवै जनालाई एउटा कोठामा एक्लै राखिदिए तर कोठामा गोप्य रूपमा ‘रेकर्डिङ’ उपकरण जडान गरिएको थियो । प्रहरी त्यतिबेला छक्क परे जब ‘रेकर्डिङ’ उपकरणमा उनीहरूले एलियनकै बारेमा कुरा गरिरहेको सुने । एलियनले आफूहरूलाई अपहरण गरेर लगेको र आफूहरू धेरै नै डराएको कुराकानी उनीहरूले गरेको सुनियो ।
“डिप फेक” को भुमरी
के तपाईंले कुनै नेताले अन्य दलको नेतालाई खुलमखुला गाली गरेको भिडियो देख्नु भएको छ ?, कुनै नायिकाको अश्लील भिडियो (पोर्न) हेर्नु भएको छ ?, इन्टरनेटमा कुनै उच्च अधिकारीको पत्याउनै नसक्ने खालको भाषा, हाउभाउ र शैलीको भिडियो भेट्टाउनु भएको छ ? यदि यस्ता कुरासँग तपाईंको साक्षात्कार भएको छ भने बेलैमा सचेत बन्नुहोस् । यस्ता भिडियो वास्तविक नभएर प्रविधिको प्रयोगबाट पनि निर्माण भएका हुन सक्छन् । त्यसैले यस्ता सामग्री तत्काल सेयर गरेर सनसनी फैलाउनेतर्फ नलागेर यस्ता भिडियोको वास्तविकता पत्ता लगाउने प्रयास गर्नुहोस् ।
साहस र हिम्मतको प्रतीक ग्याब्रियला
अमेरिकाको लस एन्जल्समा सन् १९८४ अगस्त ५ मा एक अविस्मरणीय घटना भएको थियो । ओलम्पिकको इतिहासमा महिला ओलम्पिक म्याराथन दौड सुरु गरिएको दिन हो यो । ४४ राष्ट्रका महिला म्याराथन धाविकामध्ये एक ग्याब्रियला एन्डरसन स्ब्सिी पनि थिइन् । ओलम्पिकमा दौडन स्विट्जरल्यान्डबाट उनी लस एन्जल्स पुगेकी हुन् । उनी ३९ वर्षकी थिइन् । त्यतिखेर लस एन्जल्समा उखरमाउलो गर्मी थियो । २८ डिग्री सेल्सियस तापक्रममा ४४ राष्ट्रका धाविका ४२ किलोमिटर म्याराथन दौड पूरा गर्न तरतरी पसिना चुहाउँदै दौडिरहेका थिए । ग्याब्रियला पनि दौडिरहेकी थिइन् । उनीहरूलाई हौसला प्रदान गर्न बाटोको दुवैपट्टि उभिएका दर्शक ताली बजाइरहेका थिए ।
बर्फिलो मौसममा घरबाहिर मस्तसँग निदाएको तस्बिर
नर्डिक क्षेत्रका केही देश नर्वे, फिनल्यान्ड, नर्वे र स्विडेनमा इस्वी संवत्को २० औँ शताब्दीको आरम्भदेखि एक यस्तो परम्परा चलिआएको छ, जसमा नवजात शिशुलाई चिसो मौसममा बाहिर सुताउने गरिन्छ । शिशुलाई स्वच्छ हावा, बरफ बन्ने तापक्रम नै किन नहोस्, मा सुताएमा तिनीहरूको प्रतिरक्षा प्रणाली बलियो हुने र समग्र स्वास्थ्य प्रवर्धन हुने विश्वासमा आधारित छ यो परम्परा । सन् १९५० को दशकमा सोभियत सङ्घमा केही अभिभावक र संस्थाले समेत यस अभ्यासलाई अपनाएका थिए ।
माघीको मेलमिलाप
थारूको सबैभन्दा ठूलो पर्व माघी थारूहरूले परापूर्वकालदेखि धूमधामसँग मनाउँदै आइरहेका छन् । थारू समुदायले स्थान विशेष अनुसार फरक फरक तरिकाले विशेष महत्व दिएर माघी मनाउने गर्छन् । यस पर्वलाई थारूले विशेष गरेर नयाँ वर्ष, उन्मुक्ति दिवस, सदभाव र मेलमिलापका रूपमा तथा चेलीबेटीलाई कोसेली उपहार दिने पर्वका रूपमा मनाउने चलन रहिआएको छ । यस पर्वमा धुमरु गीत गाउने, डफ, मादल बजाउने र मघौटा आदि नाच नाच्ने गरिन्छ ।
शीतयुद्धको उपज ‘आइरन कर्टेन’
आइरन कर्टेन’ एक यस्तो अवैध वैचारिक बाध थियो जसले एक समय युरोपलाई पुँजीवादी र वामपन्थी समूहमा विभाजित गरिदिएको थियो । द्वितीय विश्वयुद्धको समापनसँगै सन् १९४५ मा यसको उत्पत्ति भयो र शीतयुद्ध जारी रहुँञ्जेल सन् १९८९–१९९० सम्म यो अस्तित्वमा रह्यो । युनियन अफ सोभियत सोसिलिस्ट रिपब्लिक (युएसएसआर) ले आफूलाई पश्चिमा राष्ट्रहरू, तिनका सहयोगी तथा अन्य गैरवामपन्थी राष्ट्रसँग खुला सम्बन्ध स्थापित गरेर पराश्रित ‘स्याटेलाइट स्टेट’ अर्थात् अन्य देशको नियन्त्रण भएको राज्यका रूपमा नरहने गरी निरपेक्ष राख्ने विचार र प्रयासको प्रतीक हो यो पारिभाषिक शब्द ।
मुगुका मुगाली
कर्णाली अञ्चलको मुगु जिल्लाका केही स्थानमा बाक्लो बसोबास रहेकाले यिनीहरूलाई मुगाली भनिएको हुन सक्छ । जिल्लास्थित मुगुकरण/मुगुकरन भन्ने स्थानमा यिनीहरूको बाक्लो बसोबास रहेकाले पनि यिनीहरू मुगाली कहलाएका हुन सक्छन् । अर्कोतर मुगालीको बसोबास रहेको क्षेत्र मुगालबाट मुगुको नामकरण भएको पनि हुन सक्छ । नेपालमा कतिपय स्थानको नाम जाति, थर वा पद विशेषले रहेका छन् भने कतिपय जातिको नाम, थर, स्थान विशेषले रहेका अनेकौँ प्रमाण भेटिन्छन् । मुगालीलाई मुगाल वा मुगुम पनि भनिन्छ । उनीहरू आफूलाई मुकुम्पा वा मुकुम भन्छन् ।
महाफोहोरी हाजी
अधिकांश मानिसले आफ्नो जीवनमा यस्तो समय बिताएको हुनुपर्छ जुनबेला नुहाउनु भनेको सकभर प्राथमिकता थिएन । हुनसक्छ समयको अभावले, बिर्सेर वा नुहाउने सुविधा नपाएर त्यसो भएको होला । नुहाउनमा केही दिनको ढिलाइलाई कतै नराम्रो मान्नु भएन । जब तपाईंलाई नुहाउन हप्ता दिन वा त्यसभन्दा बढीको समयपछि जाँगर लाग्छ भने चिन्ता लिनुपर्ने हुन्छ र शरीर गनाउन थाल्छ ।तर वर्षौंसम्म ननुहाए वा ६७ वर्षसम्म नुहाइएन भने के होला ?
जुन्ताविरुद्ध सशस्त्र विद्रोह
म्यान्मारको सान राज्यमा सुरु भएको लडाइँ नियन्त्रण गर्न नसके देश टुक्रिने खतरा बढेको छ । सत्तारूढ सैनिक परिषद्ले गैरसैनिक लडाकुद्वारा भइरहेको आक्रमण र त्यसबाट सैन्य शक्तिमा भएको गम्भीर क्षतिबारे छलफल गर्न आयोजना गरेको आपत्कालीन बैठकमा सैनिक सरकारका राष्ट्रपति मिन्ट स्वेले मुलुक विखण्डनको सँघारमा पुगेको बताइसकेका छन् ।
८४ वर्षमा पढ्न थालेका विद्यार्थी
केन्याका किमानी मारुगेले ८४ वर्षको उमेरमा पढ्न थालेका हुन् । यी विद्यार्थी जसले अन्य धेरै जनालाई प्रेरणा दिएका छन् । उनले ८४ वर्षको उमेरमा पेन्सिल समाउन सिकेका थिए । सन् २००४ केन्याको कपकान्डुओ प्राथमिक विद्यालयमा भर्ना भएपछि मारुगे प्राथमिक विद्यालयमा भर्ना हुने सबैभन्दा पाका व्यक्ति बने । उनी पूर्वसैनिक हुन् । उनले माउ माउ स्वतन्त्रता आन्दोलनका क्रममा औपनिवेशिक शासनविरुद्ध लडेका थिए । बाल्यकालमा उनी विद्यालय जान पाएनन् । त्यसैले केन्याको सरकारले देशभर प्राथमिक विद्यालय शिक्षा निःशुल्क बनाउने निर्णय लिएसँगै उनले आफूले लेखपढ गर्ने अवसर पाउन लागेको निष्कर्ष निकाले । बाइबल पढ्ने उद्देश्यले उनले पढ्न थालेका हुन् । सन् २००३ को अक्टोबरमा नैरोबीभन्दा ३२० किलोमिटर टाढा रहेको एक विद्यालयकी प्रधा
रेडियोथेरापीका अनेक रुप
क्यान्सरको उपचारमा प्रयोग गरिने रेडियोथेरापीलाई नेपाली बोलीचालीमा बिजुलीले सेक्ने उपचार भनेर बुझिन्छ । खासमा यसमा बिजुलीको प्रयोग गर्ने नभई विकिरणको प्रयोग गरिन्छ । यो विकिरण थेरापीले क्यान्सर कोषलाई नष्ट वा यसको वृद्धिमा नियन्त्रण गर्दछ । रेडियोथेरापीको क्रममा प्रयोग गरिने विकिरणले क्यान्सरको डिएनएलाई नष्ट गरी कोषको विनाश गराउँछ । रेडियोथेरापी विधिमा क्यान्सर कोष वृद्धिलाई नियन्त्रणमा राख्ने क्षमता पनि हुने भएकाले क्यान्सर
चौतारी संस्कृति
नेपाली जनजीवनको चिरपरिचित सांस्कृतिक विम्ब हो, चौतारी । यसलाई चिनाइरहनुपर्ने खाँचो पनि खासै छैन । यद्यपि यसको शास्त्रीय परिभाषासँग पनि परिचित हुनु श्रेयस्कर होला । ‘बृहत् नेपाली शब्दकोश’ (२०५८) ले चौतारीलाई वरपीपल आदिका छाहारीमुनि चारैतिर ढुङ्गा इँटले वा बनेको अग्ला पेटीमा बस्ने व्यवस्था भएको ठाउँ भनी परिभाषित गरेको छ (पृ. ४०९) । चौतारीलाई ठाउँ अनुसार ‘चौतारो’ वा ‘चौतारा’ भन्ने गरिएको पाइन्छ । स्याङ्जालगायत कतिपय भूगोलमा यसलाई ‘चौपारी’ पनि भन्ने गरिन्छ ।
विश्व कूटनीतिका नायक किसिन्जर
अमेरिकी कूटनीतिज्ञ हेनरी अल्फ्रेड किसिन्जरको गत नोभेम्बर २९ मा सय वर्षको उमेरमा निधन भएको छ । सन् १९२३ मे २७ मा फर्थ, बाभेरिया, जर्मनीमा जन्मेका किसिन्जरका पिताको नाम लुइस किसिन्जर र आमाको नाम पाउला थियो र उनलाई बाल्यकालमा हेन्ज अल्फ्रेड किसिन्जर भनेर बोलाइन्थ्यो ।