• २१ वैशाख २०८१, शुक्रबार

शब्दबिनाको स्पेनको राष्ट्रिय गान !

blog

तपाईंलाई अचम्म लाग्ला स्पेनको राष्ट्रिय गान आधिकारिक शब्दबिनाको छ । स्पेनसरह बोस्निया हर्जगोभिना, कोसोभो र सान मारिनोको राष्ट्रिय गानमा समेत शब्द छैन ।  स्पेनको राष्ट्रिय गानलाई ‘मर्चा रियाल’ भनिन्छ । यसको नामबाटै स्पष्ट हुन्छ यो चार/चार पटकको सैन्य मार्च (परेड) हो । ‘मर्चा रियाल’ दुई मिनेटको हुन्छ तर खेलकुद प्रतियोगितामा बजाइने ‘मर्चा रियाल’ करिब ४० सेकेन्डको मात्र हुन्छ । 

‘मर्चा रियाल’ कहिले सुरु गरियो भन्ने स्पष्ट तिथि छैन तर सन् १७६१ तिर म्यानुयल डी इस्पिनोसाले ‘ला मर्चा ग्रानाडेरा...’ नयाँ सैन्य मार्च सङ्गीतबद्ध गरेको इतिहासमा उल्लेख गरिएको छ । सन् १७७० मा कार्लोस तृतीयले आफू आउँदा ‘ला मर्चा ग्रानाडेरा...’ बजाइए आफूलाई खुसी हुने आदेश जारी गरेपछि यसलाई राष्ट्रिय गान बनाइयो । इसाबेला द्वितीयको शासनकाल सन् १८३३–६८, मा यसलाई औपचारिक रूपमा स्पेनको राष्ट्रिय गान बनाइएको थियो । 

– युवामञ्च