• १९ वैशाख २०८१, बुधबार

फोक्सोमा रुख

blog

सन् २००९ मा खोक्दा खकारमा धेरै रगत आउन थालेपछि रुसका २८ वर्षीय अर्थियम सिडोर्किन चिकित्सककहाँ जाँच गराउन गएका थिए । सुरुमा त चिकित्सकले उनलाई क्यान्सर भएको आशङ्का गरे र निदान गरेको केही समयमै चिकित्सकले शल्यक्रिया गरी आशङ्कित ट्युमर बाहिर निकाले । ट्युमरमा क्यान्सरजन्य वृद्धि हटाएपछि चिकित्सक तीन छक्क परे । त्यसको कारण थियो सिकोर्डिनको फोक्सोमा क्यान्सर होइन कि एउटा रुखको बिरुवा उम्रिएको थियो । चिकित्सकले देवदार रुखको पाँच सेन्टिमिटरको बिरुवा फोक्सोमा देखे । वास्तवमा देवदारका साना चुच्चे पातले घोचेर सिकोर्डिनको फोक्सोमा रक्तस्राव भइरहेको रहेछ । त्यही रगत खकारमा आइरहेको थियो । 

–युवामञ्च