• १२ साउन २०८१, शनिबार

आँखाले जोगिएको कार्ल

blog

सन् १९०४ मा स्विडेनका नाबिक कार्ल पिटर्सनको पानीजहाज पपुआ न्युगिनीको एउटा टापुको तटमा दुर्घटना भयो । उनी जसोतसो त्यस टापुमा पुगे । त्यस टापुमा त्यतिबेला नरभक्षण गर्ने मानिसको बसोबास रहेको थियो । कबिलाका मानिसले बेहोस पिटर्सनलाई लिएर आफ्नो राजाकहाँ लगे । त्यहाँकी राजकुमारी पिटर्सनलाई देखेर मोहित भइन् र उनलाई प्रेम गर्न थालिन् ।  

दुर्घटनाग्रस्त पानीजहाजसहित पिटर्सन नरभक्षी मानव बस्ने टापुमा पुगे । सुरुमा त उनीहरूले पिटर्सनलाई मारेर खाने तयारी गरे तर बेहोस भएका पिटर्सनलाई जब होस आयो र उनले आँखा खोले नरभक्षी मानिसहरू उनको आँखाको रङ देखेर चकित परे छन् । ती नरभक्षीले नीलो आँखा पहिले कहिल्यै देखेका थिएनन् । आँखाको रङले नै पिटर्सनको ज्यान बचायो । 

विगतमा आफूहरूले जे जस्तो गरेका थिए त्यसको विपरीत ती नरभक्षीले पिटर्सनलाई नमारेर राजाकहाँ लिएर गए । आँखा त नीलो छँदै थिए चतुर पिटर्सनले त्यस टापुका राजा र मानिसमा आफ्नो प्रभाव जमाउन धेरै समय लगाएनन् । त्यहाँकी राजकुमारी उनलाई प्रेम गर्न थालिन् । साथै पिटर्सनले नरिबल र सुनको व्यापार समेत गरे । स्थानीयमाझ लोकप्रिय भएका पिटर्सनसँग राजाले आफ्नो छोरीको विवाहसमेत गरिदिए । पछि राजाको शेषपछि पिटर्सन त्यस टापुको राजा भएका थिए । 

–युवामञ्च