• १६ वैशाख २०८१, आइतबार

डिजिटल पदचिह्न

blog

हरेक दिन चाहेर होस् वा नचाहे हामीले अनलाइनमा आफ्नो छाप छाडिरहेका हुन्छौँ । यस्ता डिजिटल छाप अर्थात् पदचिह्नले तपाईंको अनलाइन गतिविधिलाई पछ्याउन मद्दत गर्दछ । प्रयोगकर्ताको अनलाइन लोकेसनदेखि उसको रुचि, अरुचि, सपिङ गर्ने बानी, उसले हेर्ने भिडियोको जानकारीलगायतका सबै जानकारी डिजिटल फुटप्रिन्टमा आउँछन् । 

डिजिटल पदचिह्न (फुटप्रिन्ट) विशेष गरी अनलाइन विज्ञापनदातालाई महìवपूर्ण हुने भएकाले उनीहरूलाई वेबसाइट कम्पनीहरूले आफ्ना प्रयोगकर्ताको डिजिटल पदचिह्न बेच्ने गर्छन् । त्यसैले के कुरा बुझ्नु जरुरी छ भने तपाईंले जुनसुकै गतिविधि अनलाइनमा गर्नुहुन्छ आफ्नो डिजिटल फुटप्रिन्टहरू पछाडि छोड्दै हुनुहुन्छ । 

यहाँ इन्टरनेटमा छोड्ने विभिन्न पदछापले हामीलाई के कस्ता लाभ वा हानि हुन्छ भन्ने बारेमा चर्चा गरिएको छ । जब तपाईं इन्टरनेटको प्रयोग गर्नुहुन्छ, “शून्य डिजिटल फुटप्रिन्टमा बस्छु” भन्ने कुरा सम्भव छैन तर तपाईंले चाहनु भयो भने आफूलाई असर गर्ने खालका डिजिटल फुटप्रिन्ट घटाउन भने सक्नुहुन्छ । इन्टरनेट समाजको फराकिलो अवधारणा अनुसार डिजिटल फुटप्रिन्टले इन्टरनेटको सामाजिक मूल्यलाई कमजोर बनाउँछ ।

डिजिटल पदचिह्न

डिजिटल पदचिह्न भनेको प्रयोगकर्ताका यस्ता ‘रेकर्ड’ र ‘ट्रेस’ हुन् जुन इन्टरनेट प्रयोग गर्दा हामीले छाड्ने गर्छौं । अर्को शब्दमा भन्नु पर्दा इन्टरनेट प्रयोग गर्दा तयार हुने डाटाको ‘ट्रेल’ अथवा बाटोलाई नै डिजिटल फुटप्रिन्ट भनिन्छ । सामाजिक सञ्जाल चलाउँदा होस् वा इमेल, म्यासेज वा वेबसाइट प्रयोग गर्दा प्रयोगकर्ताको ‘डिजिटल रेकर्ड’ रहन्छ । यस्तो ‘डिजिटल रेकर्ड’मा प्रयोगकर्ताको रुचि, अरुचि, खोजेका सामग्री, भिजिट गरेका पेजलगायतका विभिन्न डाटा छुटेका हुन्छन् । 

अनलाइन वृत्तका विभिन्न माध्यममा प्रयोगकर्ताका यस्ता ‘रेकर्ड’ले डिजिटल फुटप्रिन्ट बनाउन योगदान दिइरहेका हुन्छन् । ‘मेक युज अफ’ वेबसाइटका अनुसार अनलाइनमा एक व्यक्तिले प्रत्येक सेकेन्डमा लगभग १.७ मेगावाइट डेटा बराबरको डिजिटल फुटप्रिन्ट बनाएको हुन्छ । 

यसरी बन्ने डिजिटल फुटप्रिन्ट तपाईंका लागि फाइदा वा जोखिम हुन के हुन्छ ? यसको उत्तर सजिलो छ । जबसम्म तपाईंलाई यसले हानि गर्दैन तबसम्म यसबाट कुनै जोखिम छैन । तपाईंको अनलाइन फुटप्रिन्ट प्रयोगले अरूले पैसा कमाइरहेको हुन सक्छ । कसैले तपाईंको अनलाइन गतिविधि निगरानी गरिरहेको हुन सक्छ । तपाईंलाई के मन पर्छ÷के मन पर्दैन, कहाँ जानुहुन्छ, अर्को हप्ता कोसँग भेट्दै हुनुहुन्छ भनेर कुरा पत्ता लगाउन डिजिटल पदचिह्न उपयोगी हुन्छन् । 

अनलाइनमा विभिन्न सेवा प्रयोग गर्दा बारम्बार लगइन गर्न वा वेबसाइटहरूमा व्यक्तिगत विवरण पेस गर्नु पर्छ । सामाजिक सञ्जाल, इमेल, अडियो वा भिडियो कल गर्ने एपलगायतका विभिन्न वेबसाइट वा एप प्रयोग गर्दा हामीले चाहेर वा नचाहेर कतिपय जानकारी अनलाइनमा छाडेका हुन्छौँ । यस्ता डिजिटल फुटप्रिन्टहरू तपाईंसँग कुनै सम्बन्ध नभएका वा जोसँग तपाईंको कुनै स्वार्थ, द्वन्द्व वा तपाईंले नचिनेका व्यक्ति वा कम्पनीसँग रहन सक्छ । 

तपाईंले अनलाइनमा गर्ने गतिविधिका पूर्ण वा आंशिक विवरण यस्ता वेबसाइटले अन्य कम्पनीलाई बेच्न वा आफू अनुकूल प्रयोग गर्छन् । अहिले चाहिँ कतिपय मानिस इन्टरनेटमा आफ्नो बारेमा जानकारी साझा गर्दा सचेत बन्न थालेका छन् । 

डिजिटल फुटप्रिन्टको प्रयोगले तपाईं हामीले सामाजिक सञ्जाल, एप तथा विभिन्न वेबसाइट चलाउँदा आउने अनलाइन विज्ञापनमा आफ्नो रुचिका विज्ञापन देख्नुभएको हुन सक्छ । डिजिटल फुटप्रिन्टको प्रयोगको यो एक उदाहरण हो । अर्को उदाहरण लिऔँ तपाईंले युट्युबमा भिडियो हेर्दै गर्दा अर्को भिडियो सुरु हुन्छ जुन तपाईंकै रुचिको हुन्छ । यस्तो कसरी भयो, कहिले सोध्नु भएको छ ? अथवा त्यसमा देखिने विज्ञापनसमेत तपाईंको रुचिको हुने गर्छ । यो सबै कुरा तपाईंले विभिन्न अनलाइन माध्यममा छाड्नुभएको डिजिटल पदचिह्नका कारणले भएको हो । यस्ता कुराले तपाईंलाई सहयोग पनि गरेको हुन सक्छ वा कुनै बेला तपाईंलाई यसले जासुसी गरेको जस्तो लाग्यो भने डिजिटल पदचिह्न कम गर्न सक्नुहुन्छ । 

अझ भनौँ तपाईंले कुनै साथीसँग पहिलो भेट गर्नुभयो तर केही समयपछि तपाईंहरू आआफ्नै गन्तव्यमा लाग्नुभयो । जब तपाईं अनलाइन हुनुहुन्छ तपाईंले केही घण्टाअघि भेटेको साथीलाई सामाजिक सञ्जालमा यो व्यक्तिलाई चिनेको छस् वा यो साथी हो भनेर देखाउन थाल्छ । 

अर्को पाटो हेर्ने हो भने डिजिटल फुटप्रिन्ट अपराध अनुसन्धानमा समेत सहयोगी पनि बन्न सक्छ । इन्टरनेटको प्रयोग गरेपछि कुनै न कुनै तरिकाबाट प्रयोगकर्ताले डिजिटल फुटप्रिन्ट छोडेका हुन्छन् । यसलाई प्रमाण मानेर अपराधी पक्राउ परेका अनगन्ती उदाहरण छन् । नेपालमा समेत अनलाइनमार्फत गरिने अपराध वा ठगीका घटनामा प्रहरीले डिजिटल फुटप्रिन्टको प्रयोग गरेर अनुसन्धान गरी अपराधी पक्राउ गर्ने गरेका छन् । 

गुगलमा केही कुरा जस्तै फोटो वा अन्य जानकारी खोज्नु भयो भने त्यहाँ तपाईंले आफ्नो डिजिटल फुटप्रिन्ट छाड्नुभयो । डिजिटल फुटप्रिन्ट एक यस्तो बाटो हो जसले तपाईंले इन्टरनेटमा के–के गर्नुभयो सबै कुरा देखाइदिन्छ । हामीले अनलाइनमार्फत कहाँ–कहाँ के–के अनलाइन सपिङ ग¥यौँ र हामीले के–के व्यक्तिगत काम ग र्‍य ाैं सबै कुरा डिजिटल फुटप्रिन्टका माध्यमबाट थाहा पाउन सकिन्छ ।

हाम्रा यस्ता डिजिटल फुटप्रिन्टमा कुन कम्पनीले हाम्रो कति सूचना भण्डारण गरेका छन् भन्ने प्रायः सबैलाई ख्यालसमेत हुँदैन ।

यस्ता डिजिटल पदचिह्न प्रहरी, विभिन्न सामग्री बिक्री गर्ने कम्पनी, अनलाइन विज्ञापन एजेन्सी तथा इन्टरनेटमा अन्य प्रयोगकर्तालाई दुःख दिने प्रवृत्ति भएका मानिसका लागि यस्ता डिजिटल फुटप्रिन्ट निकै उपयोगी हुन्छन् । उनीहरूले त्यही डिजिटल फुटप्रिन्टबाट हाम्रो बारेमा जानकारी पाउँछन् । 

यति भनिरहँदा तपाईंलाई यस्ता कुरा सकभर कम गर्नु पर्छ भन्ने लाग्यो भने तपाईंले यस्ता व्यक्तिगत जानकारीहरू गोप्य राख्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले इन्टरनेटमा आफ्नो डिजिटल फुटप्रिन्ट भरसक सानोभन्दा सानो पार्ने प्रयास गर्नु पर्छ । यस्तो गर्दा तपाईंले इन्टरनेटमा गरेका गतिविधि गोप्य रहन्छन् ।  

डिजिटल फुटप्रिन्ट कसरी कम गर्ने ?

१. कुनै पनि वेबसाइट लगइन गर्नुभन्दा पहिला सो वेबसाइटको गोपनीयता नीति पूरा पढ्नुहोस् । 

२. सामाजिक सञ्जालमा खाता बनाउनुभन्दा पहिला सो कम्पनीको गोपनीयता नीति जाँच गर्नुहोस् ।

३. कुनै पनि वेबसाइटमा आफ्नो विवरण साझा गर्नुअघि आफूले दिने विवरण कुन तहको हो बुझेर मात्र साझा गर्नुहोस् । 

४. गोप्य रूपमा कुनै वेबसाइट प्रयोग गर्नु परेमा भिपिएन (भर्चुअल निजी नेटवर्क) प्रयोग गर्नुहोस् । भिपिएनको प्रयोग गर्दा सकभर शुल्क तिरेर वा आधिकारिक भिपिएन मात्र प्रयोग गर्नुहोस् । 

५. सकभर आफ्नो अनलाइन गतिविधि लुकाउनुहोस् ।

६. बेनामी ब्राउजिङ प्रयोग गर्नुहोस् । 

७. सिधै वेब ब्राउजरबाट इन्टरनेट चलाउनुको सट्टा ‘इनकग्निटो’ मोडबाट इन्टरनेटमा रहेका कुरा खोज्ने वा वेबसाइट चलाउने गर्नुहोस् ।

८. कुनै पनि वेबसाइट चलाउँदा ‘प्राइभेसी पोलिसी’का साथै ‘कुकिज पोलिसी’ अनिवार्य हेर्नुहोस् ।