• २० मङ्सिर २०८२, शनिबार

यसरी हुँदैछ हेटौँडामा सडक विस्तार (फोटो फिचर)

blog

यसरी भत्काइदै छ हेटौँडाको मुख्य बजार क्षेत्रका अतिक्रमित घर तथा टहरा । तस्बिर : अनिल पराजुली

हेटौँडा, मङ्सिर २० गते । हेटौँडाको मुख्य बजार क्षेत्रका अतिक्रमित घर तथा टहरा भत्काउन सुरू गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानैदेखि सडक विस्तार थालेको हो । राजमार्गको दुबैतर्फ २५/२५ गज भित्र परेका अतिक्रमित स्थाई तथा अस्थाई संरचना भत्काउने काम धमाधम भइरहेको छ ।

डिभिजन कार्यलयका झण्डै ८ वटा डोजर र स्काभेटरको प्रयोग गरेर बुद्धचोकदेखि सुमार्गी कप्लेक्स क्षेत्रमा रहेका घरहरु भत्काएको छ । यससँगै बुद्धचोकदेखि चौकीटोल क्षेत्रमा पनि अतिक्रमित घर टहरा भत्काउने काम धमाधम भइरहेको छ ।


हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडकसीमा केन्द्र रेखादेखि २५/२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गर्दै अतिव्रmमित संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो ।