• २४ वैशाख २०८१, सोमबार

खानाबाट पनि लाग्छ रोग

blog

क्याम्पाइलोब्याक्टरले बर्सेनि करोडौँ मान्छेलाई सङ्क्रमित पार्छ । गुलियनबारे सिन्ड्रोमसँग यसको सम्बन्ध हुन्छ । यस सिन्ड्रोमले न्युरोमस्क्युलर पारालाइसिस गराउँछ । यसले गर्दा कोही व्यक्ति सधैँका लागि थला पर्छन् ।

ई. कोली ‘०१५७:एच७’ ले खाना सङ्क्रमित भएर विशेष गरी बालबालिका बढी प्रभावित हुने गरेका छन् । यसले हेमोलेटिक युरेमिक सिन्ड्रम उत्पन्न गर्न सक्छ । यस सिन्ड्रमले मिर्गौला असफल पार्दछ । साथै मिर्गौलासम्बन्धी कहिल्यै निको नहुने समस्या, स्नायुको जटिलता र अन्य विकार बच्चामा देखिने सम्भावना रहन्छ ।

लिस्टेरिया मोनोसाइटोजिन्सले लाखौँ मान्छे मार्ने गरेको छ । यसले मस्तिष्क र स्पाइनल कर्डलाई सङ्क्रमित गरेर दीर्घकालीन स्नायु  विकार गर्नुका साथै आँखा नदेख्ने, कान नसुन्ने, बोल्न नसक्ने वा निल्न नसक्ने अवस्था उत्पन्न गर्न सक्छ । अधिकतर चार वर्षमुनिका बच्चा यसबाट बढी प्रभावित हुन्छन् । गर्भवती महिलालाई लिस्टेरियाले सङ्क्रमित पारेमा गर्भपतन हुने सम्भावना रहन्छ ।

सालमोनेला र खानाबाट सर्ने रोगले केही मानिसमा रिएक्टिव अर्थराइटिसको सुरुवात गराउन सक्छ । रिएक्टिव अर्थराइटिस भएमा जोर्नी सुन्निने र दुख्ने गर्छ । यस अतिरिक्त सालमोनेलाले थुप्रै अन्य समस्या पनि ल्याउँछ । सालमोनेलाबाट बालबालिका बढी प्रभावित हुने गर्छन् ।

टक्सोप्लाज्मा गोन्डाईले समेत ज्यान लिने गर्छ । यसको प्रभावबाट दृष्टि समस्याका साथै मस्तिष्क विकार सिर्जना हुन सक्छ । भ्रूण अवस्थामा वा शिशु अवस्थामा यसबाट सङ्क्रमित भएमा १७ वर्षको हुञ्जेलसम्म ८० प्रतिशतमा कमजोरी देखिन थाल्छ । 

–युवामञ्च