नागढुङ्गा–नौबिसे सडकखण्डमा एकतर्फी बाटो खुल्यो
धादिङ जिल्लाको अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्डमा एकतर्फी बाटो खुलेको छ। नागढुङ्गाबाट झण्डै दुई सय मिटर नौबिसेतर्फ पहिरो जाँदा दुईतर्फी आवत–जावत अवरुद्ध भएको थियो।
घाँसीकुवामा र मौरीबजारमा पहिरो जाँदा पृथ्वीराजमार्गमा अवरोध
पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बुधबार साँझ ५:०० बजे पहिरो खस्दा पृथ्वीराजमार्गमा अवरोध भएको छ ।
धितोपत्र बोर्ड नेतृत्वविहीन हुनुहुँदैन : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताउनुभएको छ।
मुख्यमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता
बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ। राजदूत सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो।
पूर्वाधारको सुनिश्चितता गरेर मात्र राष्ट्रिय खेलकुद : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि निर्धारित समयमा पूर्वाधार निर्माणको सुनिश्चितता गरेर मात्र मिति तोक्न सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ ।
शिक्षकमाथि आक्रमण
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा एक शिक्षकमाथि साङ्घातिक आक्रमण भएको छ। पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनस्थित जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक खेमनाथ घिमिरेमाथि आक्रमण भएको हो।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ।
ताप्लेजुङ गोल्डकप : सगरमाथा यूथ विजयी
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सगरमाथा यूथ क्लब मोरङ विजयी भएको छ । बुधबारका भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई १–० गोलअन्तरले हराउँदै मोरङ विजयी भएको हो ।
शान्तिश्री र विन्ती कुमारको ‘घुम्दै घुम्दै आको’ गीतको भिडियो सार्वजनिक
गायक बिन्तीकुमार गुरुङ र गायिका शान्तिश्री परियारको स्वर रहेको घुम्दै घुम्दै आको बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
किरात वाम्बुले राई जाति, भाषा र साहित्यबारे दुई पुस्तक सार्वजनिक
किरात वाम्बुले राई जाति, भाषा र साहित्यबारे दुई कृति सार्वजनिक भएको छ ।
घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छ : उपसभामुख राना
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ ।
अड्किएको फाइलको छिनोफानाे २४ घण्टामा गर्न मन्त्री पाण्डेको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ।
धरहरा खुला गर्ने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि छिट्टै धरहरा खुला गर्ने तयारी भइरहेको बताउनुभएको छ।
नेपालगन्ज रङ्गशालाको सेन्थेटिक ट्रयाक छानबिन गर्दै उपसमिति
नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ मा क्रयाक भएको विषयमा अध्ययन गर्न गठन गरिएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन गरिरहेको छ ।
आकाशबाट यस्तो देखियो कैलारीको डुबान
कैलालीको कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिका–५ को जनजीवन प्रभावित भएको छ।
डोग्मा ग्रुपलाई कर्पोरेट क्रिकेट लिग उपाधि
कर्पोरेट क्रिकेट टी–१० लिगको उपाधि उपाधि डोग्मा ग्रुपले जितेको छ । फाइनल खेलमा डोग्माले प्राइम बैङ्कलाई ६ विकेटले हरायो ।
लाखेको मुकुट चित्रण गर्ने मूर्ति अनावरण
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा १६३ वर्षअघि बनाइएको लाखेको मुकुट चित्रण गर्ने मूर्ति अनावरण गरिएको छ ।
नागरिकको गुनासो सुन्न 'मोबाइल एप्स'
गाउँपालिकाले नागरिकको गुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका नागरिकहरूको गुनासो सुन्न र गुनासोको आधारमा पालिकाबाट हुने सेवा प्रवाहमा सुधार गर्नका लागि थप टेवा पुग्ने पालिकाले विश्वास लिएको छ ।
प्रेस कार्डको दुरुपयोग गर्नेलाई कारबाही हुन्छ : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘प्रेस कार्ड’को दुरुपयोग गर्ने पत्रकारलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभएको छ।
भिजनले दक्षिण कोरियामा खेल्ने
दक्षिण कोरियाको सिओलमा आयोजना हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १४औँ संस्करणमामा नेपालका भिजन तामाङले प्रतिस्पर्धा गर्नुहुनेछ ।
गाउँपालिकामा पुस्तकालय स्थापना
अर्जुन चौपारी गाउँपालिकाको प्रशासकीय भवनभित्र पुस्तकालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको आर्थिक सहयोग र विश्व हिन्दु युवा सङ्घको समन्वयमा पालिकाभित्रै पुस्तकालय स्थापना गरिएको हो ।
दार्चुलामा जिप दुर्घटना : दुई जना घाइते
दार्चुलामा बोलेरो जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ धौकोट सडकमा बुधबार दिउँसो करिब साढे २ बजे तिर जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
‘काठमाडौँ यूथ कन्क्लेभ २०२४’ आयोजना हुने
युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि ‘काठमाडौँ यूथ कन्क्लेभ–२०२४’ शनिबार आयोजना हुने भएको छ । कन्क्लेभको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।