• १३ मंसिर २०८१, बिहिबार

‘काठमाडौँ यूथ कन्क्लेभ २०२४’ आयोजना हुने

blog

काठमाडौँ, भदौ ५ गते । युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि  ‘काठमाडौँ यूथ कन्क्लेभ–२०२४’ शनिबार आयोजना हुने भएको छ । कन्क्लेभको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ । 

युनिभर्सल कलेज र फोनेक्श कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा हुनेकन्क्लेभ युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिन लागिएको हो । यसले बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिनुभयो ।

विद्यार्थीलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रवर्द्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तनहरू ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालाहरूलाई फराकिलो युवा स्रोतहरूसँग जोड्ने यूथ कन्क्लेभको प्रमुख उद्देश्य रहेको छ ।

युवा विद्यार्थीहरूलाई उत्प्रेरित र प्रेरित गर्ने कार्यक्रम केवाइसी कन्क्लेभमा काठमाडौँ उपत्यकासहित देशका मुख्य सहरबाट पनि विद्यार्थीले सहभागिता जनाउने भएका छन् । २०७६ सालदेखि सुरु गरिएको कार्यक्रमको यो पाँचौँ संस्करण हो ।