• १७ वैशाख २०८२, बुधबार

सक्षम र प्रदीप क्वार्टरफाइनलमा

blog

काठमाडौँ वैशाख १६ गते । सक्षमविक्रम शाह र प्रदिप खड्का ११औँ सिटिजन्स बैँक टेनिस प्रतियोगिताको पुरुष सिङ्गल्समा मङ्गलबार क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । 

सिटिजन्स बैँकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा सक्षमले अभिनय अछामीलाई ६–० र ६–० तथा प्रदीपले सोमज श्रेष्ठलाई ६–० र ६–० को सोझो सेटमा सहजै पराजित गर्नुभयो । 

पुरुष सिङ्गल्समै राजवीर प्रधानले निश्चल कायश्थलाई ६–० र ६–२, आरभसम्राट हाडाले सन्देश अधिकारीलाई ६–० र ६–०, प्रणव खनालले दर्शिल श्रेष्ठलाई ७–५ र ६–३, निसान श्रेष्ठले सर्वेश खनाललाई ६–० र ६–०, निहालजंग बहादुर थापाले बोरिस अधिकारीलाई ४–६, ६–१ र ६–२ तथा प्रीतम परियारले दावा सोनाम शेर्पालाई ६–३ र ६–४ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नुभयो  

भेट्रान ३५ वर्षमाथि पुरुष सिङ्गल्समा जितेन्द्र परियार, गगन महर्जन, सिमान्त गुरुङ, भीष्मजङ्ग गुरुङ, समिर गुरुङ, सोवित गौचन र सन्तोष खत्री आ–आफ्नो खेल जित्दै क्वार्टरफाइनलमा पु्ग्नुभयो । ६५ वर्षमाथि पुरुष सिङ्गल्समा वाल्टर स्मित, नाम्लाङ तेन्जिन, विदुर विष्ट र ध्रुवबहादुर गुरुङले सेमिफाइनल यात्रा तय गर्नुभयो ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्समा कमलबहादुर भण्डारी, देव क्षेत्री, म्याट ब्रोससार्ड, महेश श्रेष्ठ, छेवाङ लामा, मानबहादुर कटुवाल, मेगेन्द्रप्रकाश गिरी र रोहित सुनुवारले क्वार्टरफाइनलमा स्थान पक्का बनाउनुभयो । ५५ वर्षमाथि पुरुष सिङ्गल्समा प्रदीप शाह, राजु राई र चन्द्र शाही क्वार्टरफाइनलमा पुग्नुभएको छ ।